Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

बोल्टको म्यान्चेस्टर युनाइटेड सपना साकार होला ?

अस्ट्रेलिया । विश्वकै सर्वाधिक तिब्र गतिका धाबक उसैन बोल्टको म्यान्चेस्टर युनाइटेडबाट फूटबल खेल्ने सपना पूरा होलाजस्तो छ । यी प्रतिभाशाली धाबक बोल्ट अस्ट्रेलियाको सेन्ट्रल कोस्ट म्यारिनर्स क्बलमा आबद्ध भई पहिलो पटक तालिममा सहभागी भएका छन् । हिउँदको हल्का चिसो मौसम भएपनि ग्लोब र ट्राकसुटमा सजिएका यी जमैकाली खेलाडीले मैदानमा पहिलो अभ्यास गरेका छन् । अस्ट्रेलियाको ए–लीगमा रहेको म्यारिनर्स टीमले बोल्टलाई अनुबन्ध गरेको छ । उनको बल नियन्त्रण कला राम्रै देखियो, र उनले देब्रे खुट्टा बढी चलाएको पाइयो । “यो एथ्लेटिक्सको ट्राक एन्ड फिल्डजस्तै हो –पहिलो दिनको तालिम जोसुकैलाई कडा नै हुने गर्दछ । कति मिहेनत गर्नुपर्ला भन्ने त बिस्तारै थाहा हुन्छ । थाहा छ, मलाई ठीकै लाग्यो,” ४५ मिनेटको अभ्यासपछि बोल्टले भने । मङ्गलबार मात्र ३२औं जन्मदिन मनाएका यी सुपरस्टार एथ्लेटिक्स खेलाडीलाई म्यारिनर्सले अवसर दिएको थियो । बोल्टले यसअघि गत वर्ष नै जर्मनी, नर्बे र दक्षिण अफ्रिकी टीममा रहेर फूटबल खेल्ने अभिरुची देखाएका थिए र सम्भव भएको थिएन । अक्टोबरको अन्त्यतिर शुरु हुने २०१८–१९ को सिजनमा ए–लीगको एक खेलाडीका रुपमा बोल्टले सहभागिता जनाउनेछन् । उनी आफूले चाहँदासम्म क्लबमै रहन सक्नेछन् । सिड्नीबाट ७५ किलोमिटर उत्तरमा रहेको गोस्फोर्ड सहरसम्म ७० भन्दा बढी पत्रकारहरुको टोली बोल्टको तालिम र नयाँ जीवनको रिपोर्टिङ गर्न पुगेको थियो । आठ पटकका ओलम्पिक च्याम्पियन र पृथ्वीकै सबैभन्दा तिब्र गतिका धावक बोल्टले आफूले केही नौलो गरेर देखाउने बताए र भने, “ममाथि शङ्का गर्नेलाई गलत प्रमाणित गरिदिन्छु । मैले अहिल्यै कुनै लक्ष्य तोकेको छैन, र मेरो ध्यान केबल फूटबलमा छ ।” बोल्टले सन् २००८ को बेइजिङ ओलम्पिकमा पहिलोपटक दुईवटा स्वर्ण पदक जितेका थिए । त्यसपछि उनले छ वटा ओलम्पिक स्वर्ण पदक जिते र ११ वटा अन्तर्राष्ट्रिय उपाधि जिते । त्यसपछि एथ्लेटिक्सबाट सन्यास लिए र फूटबल खेल्ने इच्छा देखाए । उनको फूटबलप्रतिको मोह स्कुल पढ्दादेखिकै हो, र त्यतिखेर उनी गोलरक्षक हुन्थे । पछि उनी स्ट्राइकरको भूमिकामा पनि देखिन थाले । म्यारिनर्समा पनि उनी अगाडिको पंक्तिबाटै खेल्न चाहन्छन् । बिजुली चम्केझैं दौडिन सक्ने बोल्टलाई प्रशिक्षकले मैदानको कुन क्षेत्रबाट खेलाउने हुन् त्यो भने उनलाई पनि थाहा छैन । “मलाई त मैदानको दायाँबायाँ ठीक लाग्छ,” प्रशिक्षक माइक मल्भीसँगै रहेका बोल्टले बताए । प्रशिक्षक मल्भीले बोल्ट केही आत्तिएको बताउँदै भने, “यो त उनको पहिलो दिन हो । उनी विश्वकै राम्रा एथ्लेटिक्स खेलाडी हुन् र उनी यहाँ आउँदा हामी औधी खुशी छौं ।” सबैको चाहना राम्रो फूटबल खेलाडी हुने, र ओल्ड ट्राफोर्ड (म्यान्चेस्टर युनाइटेड) मा खेल्ने हुन्छ । “मैले पनि ठूलै कुरा प्राप्त गर्ने सपना बुनिरहेको हुन्छ,” उनले बताए । “मेरो एउटा सबैभन्दा ठूलो सपना नै म्यान्चेस्टर युनाइटेडबाट खेल्नु हो, चाहे त्यो पाँच होस् वा एक खेल किनभने म म्यान्यूको ठूलो समर्थक (फ्यान) हुँ ।” एएफपी

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies