Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

इमरानको घोषणाः सरकारी निवासमा नबस्ने, प्रधानमन्त्रीको गाडी लिलामी गर्ने

पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री इमरान खान सरकारी निवासमा नबस्ने भएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै खानले राज्यको खर्च कम गर्न आफ्ना सेवासुविधामा कटौती गर्न लागेको बताए । आफूले बानिगालास्थित आफ्नै घरमा बस्न चाहेको भए पनि सुरक्षा अधिकारीहरुले खतरा देखाएकाले सैनिक सुरक्षा भएको घरमा बस्नुपरेको उनले बताएका छन् । उनी अब इस्लामवादको तीन बेडरूम भएको एउटा घरमा बस्नेछन् । अहिलेको प्रधानमन्त्री निवासमा ५ सय २४ कामदार र ८० बुलेटप्रुफ कार छन् । इमरानले आफूले २ जनामात्र कामदार राख्ने र कारहरू लिलामीमा बेच्ने घोषणा गरेका छन् । ‘प्रधानमन्त्रीसँग ३३ बुलेटप्रुफ कार छन्, उड्नलाई हेलिकप्टर र जहाज छन् । हाम्रा गभर्नरका आलिसान निवास छन् । एकातिर हामीसँग जनताका लागि खर्च गर्ने पैसा छैन। अर्कातिर एउटा वर्ग छ जो हामीमाथि उपनिवेश जमाउनेहरू जसरी बस्थे त्यसैगरी बसिरहेका छन्,’ इमरानले भने । उनले प्रधानमन्त्रीसहित उच्चपदस्थको विदेश भ्रमणमा अनावश्यक खर्च भइरहेको बताएका छन् । ‘प्रधानमन्त्रीको विदेश भ्रमणमा कति पैसा खर्च हुन्छ ? ६५ करोड पाकिस्तानी रूपैयाँ कहाँ खर्च हुन्छ? सभामुखलाई छुट्याइएको १६ करोड रुपैयाँ उनी केमा खर्च गर्छन्? के उनीहरू राज्यविस्तार गर्न विदेश जान्छन् ?’ इमरानको प्रश्न छ । खानले दुइटा गाडीबाहेक सबै लिलामी हुने भएकाले व्यापारीलाई ती किन्न निमन्त्रणा गरेका छन् । उनले सबै गभर्नर निवाससहित सरकारी भवनलाई जति सकिन्छ सामान्य बनाउने बताए । इमरानले प्रधानमन्त्री निवासको जग्गा र सम्पत्तिमा अनुसन्धान विश्वविद्यालय बनाउने आफ्नो चाहना रहेको उल्लेख गरे । उनले नयाँ पाकिस्तान बनाउन नयाँ सोच आवश्यक रहेको पनि उल्लेख गरे । यसअघि चुनावका बेला इमरानले वंशवाद र भ्रष्टाचारलाई मुख्य मुद्दा बनाएका थिए । \"\" इमरानको उदय पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान इमरान खानले केही वर्ष पहिले एक अन्तर्वार्ता भनेका थिए- तिम्रा सपनाका लागि सम्झौता गर तर तिम्रा सपनासँग कहिल्यै सम्झौता नगर । सन् १९९२ मा पाकिस्तानले विश्वकप क्रिकेटको उपाधि उचाल्दा उनी कप्तान थिए । ६५ वर्षिय इमरान आज पाकिस्तानको राजनीतिक कप्तानी सम्हाल्ने आफ्नो अर्को सपना पूरा भएको छ । यसपालिको आमचुनावबाट उनको पार्टी पाकिस्तान तेहरीक-ए-इन्साफ (पिटिआई) सबैभन्दा ठूलो दल बनेको छ । सन् १९९६ मा इमरानले नयाँ पार्टी खोले- पाकिस्तान तेहरीक-ए-इन्साफ अर्थात् न्यायका लागि आन्दोलन । पार्टी खोलेसँगै इमरानले आफ्नो खानपान र लवाइखवाइ पनि बदले । धेरैजसो समय इंग्ल्याण्डमै बस्ने इमरानले पार्टी खोलेपछि नै हो पश्चिमा सम्भ्रान्तले लगाउने लुगा फुकालेर सेतो सुरुवाल र कमिज लगाउन थालेको । सेतो सुरूवाल र कमिज आमपाकिस्तानीको लुगा हो । सुरूदेखि नै उनले राजनीतिमा भ्रष्टाचार र वंशवादको मुद्दा उठाए । यो उनको रणनैतिक छनौट थियो। उनले उठाएको वंशवाद बेनजिर भुट्टो र भ्रष्टाचारको मुद्दा व्यापारी हुँदै राजनीतिमा आएका नवाज सरिफविरूद्ध लक्षित थियो । १९६७ मा जुल्फिकर अली भुट्टोले स्थापना गरेको पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) ले सन् १९७० को चुनावपछि सत्ता सम्हाल्यो । जुल्फिकर प्रधानमन्त्री बने । पिपिपीले अर्को चुनाव सन् १९८८ मा जित्यो । भुट्टोकी छोरी बेनजिर प्रधानमन्त्री भइन् । १९९३ को चुनाव पनि पिपिपीले जित्यो । बेनजिर फेरि प्रधानमन्त्री बनिन् । सन् २००८ को चुनावबाट पिपिपीका युसुफ राजा गिलानी प्रधानमन्त्री बने । बेनजिरका श्रीमान् असिफ अलि जर्दारी राष्ट्रपति भए । यसपालि पिपिपीबाट बेनजिरका छोरा बिलवाल भुट्टो जर्दारी प्रधानमन्त्रीका उम्मेद्वार थिए । स्थापनाकाल देखि नै पाकिस्तानको सत्ता सम्हाल्दै आएको मुस्लिम लिग ८० को दशकमा विभाजित भयो । नवाज सरिफले आफ्नो नेतृत्वमा पाकिस्तान मुस्लिम लिग(नवाज) बनाए । उनको पार्टीले पहिलो पटक सन् १९८८ को चुनाव लड्यो । यो पार्टीले तीन पटक सत्ता सम्हाल्यो । तीनै चोटी नवाज सरिफ प्रधानमन्त्री बने । पछिल्लो पटक स्पष्ट बहुमत ल्याएर सन् २०१३ मा प्रधानमन्त्री बनेका सरिफलाई गत वर्ष अदालतले भ्रष्टाचारमा दोषी ठहर्‍याउँदै प्रधानमन्त्री हुन अयोग्य घोषणा गर्‍यो। गत महिना उनलाई १० वर्षका लागि जेल हालियो । पिपिपीको वंशवाद र सरिफ शासनकालको भ्रष्टाचारबाट दिक्क पाकिस्तानीमाझ इमरानले आफूलाई उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरे । इमरानलाई पाकिस्तान मतदाताले पहिलो पटक नै अनुमोदन गरेका भने होइनन् । २२ वर्षसम्म उनले धेरै पसिना बगाएका छन् । सन् २००२ मा चुनाव लड्दा इमरानबाहेक उनको पार्टीका सबै उम्मेदवार पराजित भए । २००८ को चुनाव उनले बहिष्कार गरे । सन् २०१३ को चुनावमा उनको पार्टीले केन्द्रीय संसदमा ३२ सिट पायो भने उत्तर पश्चिमी खाइबर पाख्तुन्ख्वा प्रान्तमा सरकार बनायो । ‘पाकिस्तानको मुख्य मुद्दा भ्रष्टाचार र सुशासन हो । मलाई विश्वास छ चुनावी अभियानमार्फत् मतदाताको ठूलो अनिर्णित समूह पिटिआईतिर आकर्षित हुनेछन्,’ चुनावअघि इमरानले बिबिसीसँग भनेका थिए । उनले पार्टी अभियानलाई युवालक्षित बनाए । इमरानका ‘नयाँ पाकिस्तान’ र ‘भ्रष्टाचाररहित पाकिस्तान’ को नारामा आकर्षित आजको युवा पुस्ताले उनले क्रिकेट खेलेको युट्युबमा मात्र हेरेका छन् । पाकिस्तानको ७० प्रतिशत जनसंख्या ३० वर्षमूनिकाको छन् । तिनै युवालाई आकर्षित गर्न उनी चुनावी र्‍यालीमा गितारिस्ट र डिजे पनि सँगै लैजान्थे । चुनावमा उनले क्रिकेटका बिम्ब (मेटाफर) पनि प्रयोग गरे । विपक्षी पार्टीका नेताले चोर औंला उठाएर केही भने उनी त्यसलाई अम्पाएरको औंला भन्थे । कोही विपक्षी उनको पार्टीमा प्रवेश गरे टिभीले हेडलाइन बनाउँथे-अर्को विकेट झर्‍यो । इमरानको पार्टीमा मानिसहरू थपिँदै गए । उनीसँग जमिन्दार, सामन्तलगायत सबैखालका मानिस थिए । पिटिआईका धेरै उम्मेद्वार व्यक्तिगत भोट ब्यांक भएका व्यावसायिक राजनीतिज्ञ थिए । जो चुनाव जित्ने सबै तरिका जान्दथे । सुरूमा उदारवादको वकालत गर्ने इमरान पछिल्लो समय विस्तारै कट्टरपन्थी सोचतर्फ मोडिएका छन् । कतिपयले उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तुलना गरेर इमरान ट्रम्प र डोनाल्ड खान पनि भन्ने गरेका छन् । ट्रम्पजस्तै खानपनि पाकिस्तानी समाज गहिरो ध्रुविकरण भइरहेका बेला सत्तामा आइपुगेका छन् । योसँगै लामो समयको सहयोगी अमेरिका र दुई छिमेकी भारत र अफगानिस्तानसँगको सम्बन्ध कटूतापूर्ण भएका बेला उनी सत्ताको बागडोर सम्हालेका छन् । को हुन् इमरान ? १९५२मा लाहोरको उच्च मध्यम वर्गिय परिवारमा जन्मिएका इमरान सन् १९७१ मा पाकिस्तानको राष्ट्रिय टिममा डेब्यू गरे । अर्को वर्ष उनी अक्सफोर्ड पढ्न गए। अक्सफोर्ड विश्वविद्यालयबाट दर्शन,राजनीति र अर्थशास्त्रमा स्नातक गरे । १९७७ को सिड्नी टेस्टमा उनले १२ विकेट लिएर सनसनी मच्चाए । अष्ट्रेलियाको केरी प्याकर्स वर्ल्ड क्रिकेट सिरिजबाट उनी अन्तर्राष्ट्रिय स्टार बने । १९८२ मा उनले एक वर्षमा ६२ विकेट लिए। त्यही वर्ष उनी पाकिस्तानको कप्तान बने । उनी क्रिकेट इतिहासमै सबैभन्दा उत्कृष्ट केही अलराउन्डरमध्ये दरिए । राष्ट्रिय टोलीबाट १७ वर्ष खेलेपछि सन् १९८८मा उनले क्रिकेटबाट सन्यास घोषणा गरे। राष्ट्रपतिले नै अनुरोध गरेपछि उनी फेरि क्रिकेट मैदानमा छिरे । सन् १९९२ मा उनको कप्तानीमा पाकिस्तानले विश्वकप उचाल्यो । पाकिस्तानले अहिलेसम्म जितेको विश्वकप त्यही हो । त्यही वर्ष इमरानले क्रिकेट सधैँका लागि छोडे र समाजसेवामा लागे । १९९४ मा उनले क्यान्सर अस्पताल बनाउन २ करोड ५० लाख डलर उठाए । लाहोरमा उनले आफ्नी आमाको नाममा खोलेको उक्त अस्पताल पाकिस्तानकै उत्कृष्ट क्यान्सर अस्पताल हो । उनका विरोधीले उनको विवाह र सम्बन्धलाई देखाउँदै उनको चरित्र र आस्थामाथि प्रश्न उठाउँछन् । जवानीमा उनी प्लेब्योइका रूपमा पनि चर्चामा थिए। सुन्दरी र मोडलहरूसँग उनको सम्बन्ध सधैँ अखबारमा हेडलाइन बन्थे । सन् १९९५ मा उनले धनाढ्यकी छोरी जेमिमा गोल्डस्मिथसँग बिहे गरे । २००४ मा उनीहरूको सम्बन्धविच्छेद भयो । २०१५ मा उनले रेहम खानसँग दोस्रो विवाह गरे। त्यो एक वर्ष पनि टिकेन । यही वर्ष उनले बुसरा मनिकासँग तेस्रो विवाह गरेका छन् । तर यस्ता कुराले कुनै पुरूष राजनीतिज्ञलाई पाकिस्तानमा असर पारेको इतिहास छैन । इमरानका लागि सबैभन्दा ठूलो चुनौती पाकिस्तानी सेनासँगको सम्बन्ध हुने देखिन्छ । अझ महत्वपूर्ण कुरा त उनको यो परीक्षण हुन बाँकी छ कि पाकिस्तानको शक्ति इमरान छिटै जान लागेको इस्लामावादको कन्स्टिच्यसन एभिन्यूमा रहेको प्रधानमन्त्री निवासमा होइन निवासमा होइन रावलपिण्डीको सैनिक मुख्यालयमा छ । यही शक्तिका आडमा पाकिस्तानी सेनाले बेलाबेला जननिर्वाचित सरकारलाई अपदस्त गर्दै आएको छ । उनीमाथि चुनावी जितका लागि सेनासँग मिलेको आरोप छ । यद्यपी सेना र इमरान दुबैले यो आरोप अस्वीकार गर्दै आएका छन् । नयाँ पाकिस्तानको नारा दिएर इमरान राजनीतिको केन्द्रमा आएका छन् । त्यो नारा व्यवहारमा लागू गर्न नसके अर्को चुनावमा जनताले उनलाई हटाइहाल्छन् । धेरैको आशा छ- इमरानको चुनावी अभियानमा ‘मुछिएको’ को सेनाले अर्को चुनाव आउनुअघि नै अरू धेरै प्रधानमन्त्रीलाई झैं उनलाई पनि ‘आउट’ पार्न ‘बाउन्सर’ फाल्ने छैन । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies