Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

रिसाएकी प्रेमिकालाई मनाउन रातभरी ३ सय होर्डिङ बोर्ड लगाएपछि…

काठमाडाैं । महाराष्ट्र, महाराष्ट्रको पुणेस्थित पिम्परी चिन्चवाडका एकजना युवाले आफ्नी प्रेमिकालाई मनाउन ३ सय होर्डिङ बोर्ड लगाएका छन् । ‘शिबाडे आइएम सरी’ लेखिएका होर्डिङ बोर्ड सहरभरी देखिएपछि ती युवा अहिले चर्चाको शिखरमा छन् । प्रेमिकालाई मनाउने अनेक बहाना हामीले सुन्दै आएपनि यी युवकले गरेको कार्य ठीक हो या बेठीक हो भन्नेमा अधिकारीहरु नै अन्यौलमा छन् । निलेश खेडेकर नाम गरेका ती युवाले उक्त क्षेत्रका पिम्पले सौदागर, वाकड र राहतानी क्षेत्रमा रातभरी ३ सय बोर्ड लगाएका थिए । शुरुमा यी बोर्ड देखेपछि अचम्ममा परेका प्रहरीले अनुसन्धान गर्दै जाँदा निलेशलाई पक्राउ गरेका छन् । सहरका सबै प्रिन्टिङ प्रेसमा सोधपुछ गर्दै जाँदा निलेशले आफ्नो साथीको सहयोगमा पोष्टर बनाएको पत्ता लागेको थियो । प्रहरीसँग बयान दिँदै निलेशले प्रेमिका केही कारणवश रिसाएकाले यो पोष्टर लगाउन परेको बताएका छन् । मराठी अखबार पधारीमा यसबारेमा पहिलो रिपोर्ट प्रकाशित भएको थियो । २५ वर्षीय निलेशले गत शुक्रबार राती यी पोष्टर लगाएका थिए । उनीमाथि नगरपालिकाको सार्वजनिक सम्पत्ति बिगारेको आरोपमा मुद्दा चल्न सक्छ । उनकी प्रेमिका को हुन र यी पोष्टरहरुको उनीमाथि के प्रभाव पर्यो भन्ने कुरा खुल्न सकेको छैन । प्रहरीले युवकविरुद्द अदालतमा मुद्दा दर्ता गर्ने बताएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies