Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

भूकम्प प्रभावित जिल्लाका ४ हजार घर पहिरोको जोखिममा, कहाँ कति ? (सूचीसहित)

[caption id=\"attachment_201955\" align=\"alignleft\" width=\"850\"]\"\" सिन्धुपाल्चोकमा गएको पहिरो ।[/caption]

काठमाडौं । भूकम्पप्रभावित जिल्लाका करीब चार हजार घर बाढीपहिरोको जोखिममा रहेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गरेको अध्ययनअनुसार विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले प्रभावित ३२ जिल्लाका तीन हजार ९७३ घर बाढी पहिरोको जोखिममा छन् । भूकम्प जाने वित्तिकै गृह मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा भूकम्पप्रभावित क्षेत्रका ४७५ बस्ती जोखिममा रहेको बताइएको थियो । तर, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पप्रभावित जिल्लामा गरेको ९९४ बस्तीको अध्ययनमध्ये ४६३ बस्ती सुरक्षित, २७० बस्ती सुरक्षा गर्न सकिने र २६१ आंशिक तथा पूर्णरुपमा असुरक्षित रहेको जनाएको छ ।

प्राधिकरणअन्तर्गतको जग्गा व्यवस्थापन तथा भौगर्भिक अध्ययन शाखाले गरेको अध्ययनमा गोरखा, चितवन, धादिङ, गुल्मी, काभ्रेपलाञ्चोक, ललितपुर, लमजुङ, नुवाकोट, ओखलढङ्गा, पर्वत, रामेछाप, रसुवा, सिन्धुली, सिन्धुपाल्चोक, सोलुखुम्बु, स्याङ्जा, दोलखा र मकवापुरको जोखिममा रहेका घर स्थानान्तरण गर्नुपर्ने भएको हो ।

जसमा गोरखाको लाप्राक, मुच्चोक, केरौँजा र सिर्दिवासलगायतका क्षेत्रमा एक हजार २७, चितवनको इच्छाकामना गाउँपालिका र राप्ती नगरपालिकामा १०२, धादिङको री, झार्लाङ, सेर्तुङ, लापामा २५९, गुल्मीको मदाने र धुर्कोटमा ५०, काभ्रेपलाञ्चोकमा ३३, ललितपुरको दक्षिण क्षेत्रमा २७ र लमजुङको भोजे, पसगाउँ, घेर्मुमा ४० र नुवाकोटको किम्ताङ, किस्पाङ, उर्लेनी, घ्याङफेदीलगायतका क्षेत्रमा ३७७ घर स्थानान्तरण गर्नुपर्नेछ ।

ओखलढुङ्गाको विलन्दु, रगनी, प्राप्चामा १८५, पर्वतको ठानामौवा २०, रामेछापको दुरागाउँ, खिम्ति, थर्पु, सालुमा १५०, रसुवाको हाकु, ठूलोगाउँ, डाँडागाउँ, यार्सालगायतका क्षेत्रमा ८३६, सिन्धुली पाँच, सिन्धुपाल्चोकको तातोपानी, लिस्टीकोट, फुल्पिङकट्टी, बाह्रबिसेलगायत क्षेत्रमा ६९४, सोलुखुम्बुको चौलाखर्क, पञ्चनमा १४, स्याङ्जाको अर्जुन चौपारीमा ३६, दोलखाको सुस्पा, क्षमावती ९९ र मकवापुरको काँकडा, राक्सीराङलगायत क्षेत्रमा १४ घर स्थान्तरण हुँदैछन् । भूगर्भविद् डा कृष्ण देवकोटा भूकम्पले बढी हल्लाएका जिल्लामा मनसुनी वर्षाका कारण बाढी, पहिरोको जोखिम बढी हुने गरेको बताउँछन् । “जमीन स्थिरजस्तो देखिए पनि भूकम्पले हल्लाएको ठाउँमा पानी बढी परेपछि बाढीपहिरोको जोखिम अत्यधिक हुने गरेको छ,”–उनी भन्छन् ।

भिरालो जमीन जहाँ विशेषगरी २७ देखि ३७ डिग्री प्राकृतिक भिर छन्, त्यस्तो ठाउँमा बाढीपहिरो जाने गरेको उनको भनाइ छ । बाढीपहिरोको उच्च जोखिम रहेको क्षेत्रमा प्राधिकरणअन्तर्गतको जग्गा व्यवस्थापन तथा भौगर्भिक अध्ययन शाखाको टोलीले अध्ययन गरेको प्रतिवेदन कार्यकारी समितिलाई बुझाएपछि समितिले अध्ययन गरेर जोखिममा भए नभएको पहिचान गर्ने गर्दछ । भौगर्भिक अध्ययन टोलीले जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति र स्थानीय तहसँगको सहकार्यमा उक्त तथ्याङ्क संकलन गर्छ । कार्यकारी समितिमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत संयोजक, सरकारले नियुक्त गरेका चार सदस्य, प्रधानमन्त्री कार्यालयका सचिव र पुननिर्माण प्राधिकरणका सचिव सदस्य रहने व्यवस्था छ ।

प्राधिकरणले बाढीपहिरोको उच्च जोखिमका वस्तीलाई जोखिम नभएको ठाँउमा स्थानान्तरण गर्न प्रतिपरिवार थप रु दुई लाख नगद उपलब्ध गराएको छ । केही घरका लागि सरकार आफैँले जग्गा उपलब्ध गराएको छ । भौगर्भिक अध्ययन शाखाका प्रमुख कमल घिमिरे नयाँ स्थानमा बस्ती स्थानान्तरण गर्न एक हजार १९९ घरपरिवारले रु दुई लाख रकम लिइसकेको बताउँछन् । “गोरखाका ६४८ घरपरिवारका लागि सरकार आफैँले जग्गा उपलब्ध गराएको छ,”–उनी भन्छन् । जसमध्ये चितवन ५२, धादिङ १६६, दोलखा ७८, गोरखा ४२, गुल्मी ५०, काभ्रेपलाञ्चोक ११, ललितपुर ९, मकवानपुर १०, नुवाकोट १९०, ओखलढुङ्गा ४८, पर्वत १५, रामेछाप ७७, रसुवा ३५७, सिन्धुली पाँच, सिन्धुपाल्चोक १५३ र स्याङ्जाका १४ घरपरिवारले घर बनाउन जग्गा किनिसकेका छन् ।

विसं २०७३ पुस २० गतेबाट जग्गा व्यवस्थापन तथा भौगर्भिक अध्ययन थालेको प्राधिकरणले चाँडै नै आफ्नो कामलाई सक्ने जनाएको छ । प्राधिकरणका अनुसार जग्गा किनेकामध्ये अधिकाशं परिवारले घर बनाउन शुरु गरेका छन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies