Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

अझै पाउन सकिएन ‘स्मार्ट चालक अनुमतिपत्र’

सञ्चिता घिमिरे। ललितपुर, ३ भदौ ।  ग्वार्काे बस्दै आउनुभएका दीपक थापाले चालक अनुमतिपत्रका लागि लिइएको लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेको आठ महिना भयो । अझैसम्म उनको हातमा चालक अनुमतिपत्र पर्न सकेको छैन ।

उनले दैनिकजसो कार्यालयमा सम्पर्क गरेर अनुमतिपत्र आए वा नआएको बुझ्ने गरेका छन् । उनले सधैँ जवाफ नकारात्मक नै पाउँछन् । गत साता भने उहाँ कार्यालयमा नै आफ्नो अनुमतिपत्र कहिले आउँछ भन्ने बुझ्न आउनुभएको भेटिए । उनले भने, “अझै पनि कहिले आउँछ भन्ने टुङ्गो छैन भन्ने जवाफ पाएँ ।” यातायात व्यवस्था कार्यालय वाग्मती अञ्चल कार्यालयबाट चालक अनुमतिपत्रका लागि लिइएको परीक्षा उत्तीर्ण भएका थापाजस्ता झण्डै चार लाख जनाले अनुमतिपत्र पाएका छैनन् । नौ महिना पहिले परीक्षा पास गर्ने सेवाग्राहीसमेत चालक अनुमतिपत्रका लागि लिइएको परीक्षा पास भएर सरकारलाई तिरेको राजश्वको कागज लिएर हिँड्छन् । विभागमा छाप्ने उपकरण (मेशिन) कमीका कारण धेरै सेवाग्राहीले हैरानी बेहोरेका छन् । एकातिर उनीहरुले परीक्षा उत्तीर्ण भएको लामो समय बित्दासमेत अनुमतिपत्र पाएका छैनन् भने अर्कातिर ट्राफिक प्रहरीले सडकमा रसिदका भरमा चलाउँदा अनुमतिपत्र नै माग्ने गरेका छन् । सातदोबाटोकी मैना अर्यालले छ महिना पहिले नयाँ स्कुटर किने । सामान्य चलाउन जानेपछि उनले प्रशिक्षण केन्द्रमा गएर ‘ट्रायल’(चालक प्रयोगात्मक परीक्षा) का लागि सिकेका थिए । उनले पहिलो पटकमा नै परीक्षा पास पनि गरे । तर परीक्षा पास गरेको पाँच महिना बितिसक्दासमेत चालक अनुमतिपत्र पाउनुभएको छैन । उनी भन्छन्, “ परीक्षा उत्तीर्ण गरेर पनि ढुक्कसँग चलाउन पाएको छैन ।” चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेको रसिद बोकेर नै अर्यालले स्कुटर चलाउने गर्नुभएको थियो । एक पटक रसिद कपडा धुँदा च्यातिएर गयो । निवेदन दिएर बल्ल रसिदको प्रतिलिपि लिएको उनले बताए । उनी भन्छन्, “फेरि पनि च्यातिर जाने अवस्थामा पुगिसक्यो ।” उहाँले केही समय पहिले भने त्यही च्यातिन लागेको रसिद ‘लेमिनेसन’ गरेर बोक्न थालेका छन् । सेवाग्राहीलाई परेको समस्याका बारेमा जानकारी भएर पनि केही गर्न नसकिएको वाग्मती अञ्चल कार्यालयका सूचना अधिकारी भक्त विष्टले बताए । यहाँबाट लिइएको परीक्षा पास गरेको लामो समय बित्दासमेत सेवाग्राहीले प्रमाणपत्र पाएका छैनन् । उनी भन्छन्, “भएका उपकरण अपुग भए थपेर पनि सेवाग्राहीलाई चाँडो सेवा दिनुपर्छ ।” आफूले राजश्व तिरेको लामो समय हुँदासमेत चालक अनुमतिपत्र नपाएको भन्दै धेरै जना सेवाग्राही कार्यालय आउने गरेका छन् । कतिपयले नम्र भाषामा त कति सेवाग्राही त झगडा गर्ने उद्देश्यले आइपुग्ने सूचना अधिकारी विष्टले बताए । उनी भन्छन्, “समयमा दिन नसक्नु हाम्रै गल्ती हो । त्यसैले चुप लागेर बस्नुपर्ने अवस्था छ ।” पटक–पटक यहाँ आइरहेका सेवाग्राही बढी रिसाउने गरेका छन् । सेवाग्राहीलाई धेरै खालका समस्या परेको विष्टले बताए । कतिपय सेवाग्राही विदेश जानका लागि चालक अनुमतिपत्र बनाएका छन् । उनी भन्छन्, “प्रवेश आज्ञा आइसक्दासमेत चालक अनुमतिपत्र नआउँदा उहाँहरुलाई समस्या छ ।” सडकमा ट्राफिक प्रहरीले समय–समयमा कागजपत्र जाँच गर्छन् । चालक अनुमतिपत्रमा जस्तो फोटो नहुँदा आफ्नै हो भनेर विश्वास दिलाउन गाह्रो पर्ने सेवाग्राहीले कार्यालयका कर्मचारीलाई बताउने गरेका छन् । अनुतिपत्रजस्तो बलियो नहुँदा रसिद च्यातिने वा भएका कुरा मेटिँदा धेरै सेवाग्राहीले त्यसको प्रतिलिपि समेत लिएका छन् । उनी भन्छन्, “रसिदकै प्रतिलिपि लिनेसमेत गर्दा यहाँ सेवाग्राहीको चापसमेत बढ्छ ।” नेपाल सरकारले तीन वर्ष पहिले वाग्मती अञ्चल कार्यालयबाटै ‘स्मार्ट चालक अनुमतिपत्र’ वितरण थालेको थियो । अरु अञ्चल कार्यालयमा पुरानो खालको चालक अनुमतिपत्र वितरण गर्दा पहिले ‘स्मार्ट चालक अनुमतिपत्र’ लिनकै लागि कार्यालयमा भीड थियो । अघिल्लो वर्षसम्म अरु अञ्चल कार्यालयको सेवासमेत नियमित थिएन । उनी भन्छन्, “कहिले खुल्ने र कहिले बन्द हुने हुँदा धेरै सेवाग्राही यही आउने गरेका थिए ।” अघिल्लो आर्थिक वर्षबाट सबै अञ्चल कार्यालयले ‘स्मार्ट चालक अनुमतिपत्र’ वितरण गरिरहेको सूचना अधिकारी बिष्टले बताउनुभयो । ती कार्यालयले नियमित सेवा दिँदा यहाँको चाप कम हुँदै गएको छ । अझैसम्म अरु १३ वटा कार्यालयमा जत्तिकै यहाँको एउटा कार्यालयमा सेवाग्राहीको चाप रहेको उनी बताउँछन्। वाग्मति अञ्चल कार्यालयले अहिलेसम्म दुई लाखको हाराहारीमा चालक अनुमतिपत्र वितरण गरिसकेको जनाएको छ । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies