Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

युभेन्टसमा रोनाल्डोको डेब्यु खेल, गोल गरे तर मान्यता पाएन

काठमाडौं । पोर्जुगिज स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले इटालीको क्लब युभेन्टसको पहिलो खेलमा जितसहित यात्रा सुरु गरेका छन् । रियल मड्रिडबाट गएको जुलाईमा ११२ मिलियन युरोमा युभेन्टस आवद्ध भएका रोनाल्डोले शनिबार राति भएको खेलमा इटालियन सिरी ए फुटबलमा डेब्यु गरे । पहिलो खेलमा इटालियन च्याम्पियन युभेन्टसले किएभोलाई ३-२ ले हरायो । इन्जुरी समयको गोलबाट युभेन्टसले नाटकीय जित निकाल्दै नयाँ सिजनको सुरुवात गरेको हो । तेस्रो मिनेटमा नै सामी खिदिराले गोल गर्दै युभेन्टसलाई सुरुवाति अग्रता दिलाए । तर ३८ औँ मिनेटमा मारिउस्ज स्टेपिन्स्कीले किएभोका लागि बराबरी गोल फर्काए । ५६ औँ मिनेटमा पाएको पेनाल्टीमा इमानुएल जाकिरीले गोल गर्दै किएभोलाई अग्रता दिलाए । किएभोका मातिया बानीले ७५ औँ मिनेटमा आत्मघाती गोल गरेपछि खेलमा २-२ को बराबरी भयो । इन्जुरी समयको तेस्रो मिनेटमा फेडेरिको बर्नार्डेस्कीले गोल गर्दै युभेन्टसलाई जित दिलाए । ९ वर्षको रियल मड्रिड बसाईपछि युभेन्टस पाएका पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोले सिरी ए मा डेब्यु गरेको खेलमा गोल गरे । तर उनको गोलले मान्यता पाएन । इन्जुरी समयमा फेडेरिकोले गोल गर्नु केही अघि मात्रै रोनाल्डोले मारिओ मान्जुकीको प्रहारमा गोल गरेका थिए । तर रेफ्रीले भिडियो एसिस्टेन्ट रेफ्री, भिएआरको सहायतामा रिभ्यु गरे र रोनाल्डोको गोललाई मान्यता दिएनन् । रेफ्री फब्रिजिओ पास्क्वाले रोनाल्डोको गोललाई मान्यता नदिएका हुन् । -एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies