Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

प्रचण्ड भन्छन्- जनताले सोचे जस्तो सरकार नहुने पो हो कि !

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले अहिलेको सरकार जनताको सरकार भन्ने विश्वास दिलाउने गरी जनमुखी काम गर्नु पर्ने बताएका छन् । शुक्रबार राजधानीमा अयोजित नेपाल मण्डल पर्यटन महोत्सव २०७४–७५ ‘टिष्टा–काँगडा नेपाल एकीकरण, वीर योद्धाहरुको सम्झना र सम्मान’ विषयक राष्ट्रिय चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, निर्वाचनपछि सरकार गठन भएको झण्डै ६ महिना हन लाग्यो, कता कता जनताले सोचे जस्तो नहुने पो हो कि ? महंगी बढेको कुरा, कर बढेको कुरा र सरकारका कामकारबाहीहरु जनताले सोचे जस्तो भएनन् भन्ने गुनासो आएको छ । जनतालाई के विश्वास दिलाउन जरुरी छ भने यो जनताकै सरकार हो र जनताकै निम्ति समर्पीत छ भन्ने विश्वास दिलाउने एतिहासिक दायित्व हाम्रो काँधमा छ ।’ ‘मैले हिजोमात्रै प्रधानमन्त्रीजीसँग यी विषयमा हामीले समीक्ष गर्न जरुरी छ भनेको छु । हाम्रो सरकारका, हाम्रा मन्त्रालयका कामहरु, हाम्रो बजेटसँग सम्बन्धित कामहरुमा केही करेक्सन गर्नुपर्नै छ भने करेक्सन गर्न आँट पाि गर्नुपर्छ,’ प्रचण्डले भने । सरकार जनताका गुनासा र आकांक्षा पूरा गर्न प्रतिबद्ध रहेको बताउँदै प्रचण्डले भने, ‘अहिले हामी त्यो समीक्षाको प्रक्रियामा पनि छौं र जनआवाजलाई गम्भीरतापूर्वक विचार गर्नै प्रकियामा पनि छौं ।’ गौरबपूण एतिहासिक क्षणहरु जसले नेपाललाई विश्वसामु स्थापित गरेर एउटा स्वतन्त्र आत्म सम्मानसहितको राष्ट्रको रुपमा नेपाललाई राखे र हामी नेपालीहरुलाई वीरविरङ्गाको देशको रुपमा हाम्रो पहिचान बनाए उनीहरुलाई एउटा संक्षिप्त कार्यक्रममार्फत सम्झीने र सम्मान गर्ने आयोजककालाई प्रचण्डले धन्यवाद दिए । उनले भने, ‘आफ्नो मौलिक, संस्कृति पहिचानसहितको जातीय विविधता, क्षेत्रीय विविधता र ती विविधताभित्र एउटा नयाँ राष्ट्रिय एकतासहितको नपाल बनाउन जुन जुन कालखण्डमा जुन जुन पात्रहरुले भूमिका खेले तिनीहरुलाई कलामार्फत जसरी यहाँ प्रदर्शित गरिएको छ र अहिलेको नयाँ संघीय गणतन्त्र नोललाई प्रतिकात्मक रुपले प्रस्तुत गर्ने दंगले नेपाल मण्डल पर्यटन नगरी भनेर जे परिकल्पना गरिएको छ त्यो आफैमा एउटा मौलिक परिकल्पना भएको मलाई महशुश भएको छ ।’ प्रचण्डले राजनीतिक परिवर्तन विशेष गरी राजतन्त्र फालेर गणतन्त्र ल्याउन सबैभन्दा ठूलो संघर्ष, त्याग र तपश्य गर्ने व्यक्तिहरुलाई पहिलो राष्ट्रपति र उपराष्ट्रपति बनाउन नसकेकाले जनताले परितर्वन अनभुत गर्न नपाएको बताए । प्रचण्डले भने, ‘अहिले हामी जे अप्ठ्याराहरु र जे उतारचढावहरु देखिरहेका छौं । यति ठूलो संघर्ष र यति डूलो बलिदानपछि आएको परिवर्तन जनताले राम्रोसँग आफ्नो जीवनमा अनभूत गनैृ गरी महशुश गर्न किन गाह्रो भइरहेको छ भनेर हेर्यो भने यो परिवर्तनका लागि बसैभन्दा बढी संघर्ष गर्नै व्यक्तिलाई किन गणतन्त्र नेपालको पहिलो राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित गर्न सकेनौ भन्नेबाट शुरु हुन्छ ।’ कार्यक्रममा संस्कृतिविद एवं युग पुरुष सत्यमोहन जोशी, पत्रकार भैरव रिसाल, नेत्री शान्त श्रेष्ठ, गायक जीवन शर्मा, जेबी टुहुरे, कलाकार नवल खड्का, संगीतकार बिबि अनुरागी लगायतका आफ्नो क्षेत्रमा राष्ट्रका लागि योगदान पुर्याउने व्यक्तित्वहरुलाई प्रचण्डले सम्मानपत्र प्रधान गरेका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies