Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

म्याग्दी र मुस्ताङका दुई जलविद्युत् आयोजना बन्द, यस्ताे छ कारण

\"\"म्याग्दी। बाढीले बाँधमा क्षति पु¥याएपछि म्याग्दी र मुस्ताङका दुई जलविद्युत् आयोजना बन्द भएका छन् । बाढीले असर पु¥याउँदा मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेस्थित १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापस्थित दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत आयोजना बन्द भएको हो । टुकुचे हिमालको फेदीमा रहेको थापाखोलाको बाँधमा बाढीले क्षति पु¥याएपछि मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेस्थित थापाखोला जलविद्युत् आयोजना बन्द हुँदा मुस्ताङमा विद्युत् आपूर्ति प्रभावित बनेको प्रजिअ शिशिर पौडेलले बताए । उनका अनुसार डोजर र मजदुर परिचालन गरेर मर्मतको काम शुरु गरिए पनि विद्युत् आपूर्ति सहज बनाउन अझै केही दिन लाग्ने अनुमान गरिएको छ । माउन्ट कैलाश इनर्जी प्रालिले निर्माण गरेको सो आयोजनाले एक वर्ष अघिदेखि उत्पादन शुरु गरेको थियो । केन्द्रीय प्रसारण लाइनमा समस्या आएका बखत मुस्ताङमा थापाखोलाबाट उत्पादित विद्युत् आपूर्ति हुँदै आएको थियो । सो आयोजना बन्द हुँदा मुस्ताङका होटल, पर्यटन, उद्योग व्यवसायका साथै र सार्वजनिक सेवा प्रवाहमा असर परेको छ । यस्तै नारच्याङको मिस्त्री, घलेम्दी र निलगिरि खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाले फालेको मकिङ (सुरुङबाट निस्किएको गेगर र माटो) बाँधमा थुप्रिएपछि तातोपानी साना जलविद्युत् आयोजना बन्द भएको छ । गेगर, माटो, तार बगाएर ल्याई बाँधमा थुपारेपछि आयोजना बन्द भएको प्राविधिक खिम पुनले बताए । बयालिस मेगावाट क्षमताको मिस्त्रीखोला, पाँच मेगावाटको घलेम्दीखोलाको सुरुङको मकिङ र निलगिरि खोलाको पहुँचमार्ग निर्माणका क्रममा निस्किएको माटो बाँधमा आएर थुप्रिने गरेको छ । निर्माणाधीन आयोजना र विद्युत् प्राधिकरणका कर्मचारीलाई मकिङको व्यवस्थापन तथा आयोजना मर्मतका लागि स्थानीयवासीले सचेत बनाए पनि सुनुवाइ नभएको गुनासो छ । पहिरो पीडितलाई सारिने अन्नपूर्ण गाउँपालिका–३ दानाको गुइँठे र काभ्रेका पहिरो पीडितलाई सुरक्षित स्थानमा सारिने भएको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, उपाध्यक्ष केशमाया मगर, वडाध्यक्ष नरसीङ पुर्जा, बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रतिनिधि र पीडितबीच भएको छलफलपछि उच्च जोखिममा रहेका १० घरपरिवारलाई अस्थायी रूपमा सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउने निर्णय भएको हो । बेनी–जोमसोम सडक विस्तारको क्रममा पाखो भत्किएर पहिरो खस्न थालेपछि गुइठेका कृष्ण बस्याल, उदयबहादुर सार्की, गणेश कटुवाल, राजु बिक, देउमाया सार्की, कर्णबहादुर नेपाली, सोमबहादुर मिजार, गोविन्द केसी र दीर्घबहादुर थापाको परिवार विस्थापित भएका हुन् । यसैगरी काभ्रेका भक्तबहादुर पाइजा, भूमिराज पाइजा र होमबहादुर पाइजाको परिवारलाई पनि सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाउने निर्णय भएको वडाध्यक्ष पुर्जाले बताए । पहिरो पीडितलाई बेनी–जोमसोम–कोरला सडक आयोजनाले जस्तापाता र खानेपानीको पाइप उपलब्ध गराउने भएको छ । गुइठेका पहिरो पीडितलाई आयोजनाले २५ एमएमको २५० मिटर पाइप उपलब्ध गराइसकेको स्थानीय सुरत केसीले जानकारी दिए । गाउँपालिकाको बुधबार बसेको बैठकले रु ५० हजार विनियोजन गरेको छ । सडक आयोजनाले जस्तापाता उपलब्ध गराएपछि केही समय बस्नका लागि अस्थायी टहरा निर्माण गर्ने तयारी भएको छ । पहिरोपीडित हाल छिमेकी र आफन्तकोमा आश्रयमा छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies