Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

रियल म्याड्रिडलाई हराउँदै एट्लेटिकोले जित्यो सुपर कपको उपाधि

तलिन । यूईएफए सुपर कप फुटबलको उपाधि एट्लेटिको मड्रिडले जितेको छ । इस्टोनियाको तलिनमा बुधबार राति भएको खेलमा एट्लेटिको चर्चित द्वन्द्वी एवं साविक विजेता रियल म्याड्रिडलाई ४-२ गोलले हरायो । टोलीका प्रभावशाली स्ट्राइकर क्रिस्टियानो रोनाल्डो युभेन्ट्स गएपछि अहिल रियललाई रोनाल्डोको अभाव खड्किएको छ । एउटै सहरका दुई टोलीबीचको प्रतिस्पर्धात्मक भिडन्तमा निर्धारित ९० मिनेटमा दुवै टोली २-२ गोलको बराबरीमा रोकिएका थिए । त्यसपछि अतिरिक्त समयमा धकेलिएको खेलमा एट्लेटिकोले दुई गोल थप्दै उपाधिमा कब्जा जमायो । एट्लेटिको मड्रिडलाई उपाधि जिताउन डिएगो कोस्टाले दुई तथा साउल निग्वेज र कोकीले एक एक गोल गरे । रियल म्याड्रिडका लागि करिम बेन्जेमा र सर्जियो रामोसले एक एक गोल गरे पनि टोलीलाई उपाधि दिलाउन सकेनन् । खेल सुरु भएको पहिलो मिनेटमै एट्लेटिकोका कोस्टाले उत्कृष्ट गोल गरेका थिए । एट्लेटिकोको गोलपछि आक्रामक देखिएको रियलले २७औं मिनेटमा बराबरी गोल फर्कायो । बेन्जेमाले गोल गर्दै खेललाई १-१ को अवस्थामा पु¥याए । पहिलो हाफ बराबरीमा सकिएको खेलमा रियलले ६३औं मिनेटमा पेनाल्टीमार्फत २-१ को अग्रता बनायो । उक्त पेनाल्टीको रामेसले सदुपयोग गरे । रियलको अग्रतापछि जोसिएको एट्लेटिकोले ७९औं मिनेटमा बराबरी गोल फर्कायो । कोस्टाले व्यक्तिगत दुई गोल गर्दै खेललाई बराबरीमा ल्याए । निर्धारित समयमा २-२ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा एट्लेटिको हावी देखिएको थियो । ९९औं मिनेटमा निग्वेज र १०४औं मिनेटमा कोकीले गोल गर्दै एट्लेटिकोलाई सहज जित दिलाएका थिए । एट्लेटिकोले योसहित यूईएफए सुपर कप उपाधि जितेको तेस्रोपटक हो । यसअघि एट्लेटिकोले सन् २०१० र २०१२ मा उपाधि जितेको थियो । रियलले भने चारपटक यस उपाधि जितेको छ । रियल सन् २००२, २०१४, २०१६ र २०१७ मा च्याम्पियन बनेको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies