Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

२ हजार ७ सय शिक्षकका लागि पौने तीन लाख आवेदन

काठमाडौं । शिक्षक सेवा आयोगले विद्यालय तहमा खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न आह्वान गरेको १२ हजार सात सय ३९ शिक्षक पदमा दुई लाख ८० हजार आवेदन परेका छन्। खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न आह्वान भएको परीक्षामा यति ठूलो संख्यामा प्रतियोगी सहभागी हुन खोज्नुले शिक्षामा शैक्षिक बेरोजगारीको दर उच्च रहेको संकेत गर्छ। आयोगले गत जेठमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका लागि क्रमशः ९ हजार ९ सय ९६, एक हजार ६ सय ३५ र १ हजार १ सय आठ दरबन्दीमा शिक्षक छनोट गर्न आवेदन मागेको थियो। अाजकाे अन्नपुर्ण पाेष्ट दैनिकमा याे खबर छ - दरबन्दीमध्ये प्राथमिक तहका लागि एक लाख ६० हजार आवेदन परेको आयोगका प्रशासकीय अधिकृत सहसचिव डा. तुलसीप्रसाद थपलियाले जानकारी दिए। निमावि तहका लागि ८० हजार र माविका लागि ४० हजार आवेदन परेको छ। उपत्यकाबाहिरका जिल्लाबाट संकलन गरेर केन्द्रमा आएका आवेदकको फारम र अन्य आवश्यक कागजात रुजु गर्ने काम भइरहेको उनले बताए। एक जनाले तीनै तहमा परीक्षा फारम भरेका कारण पनि आवेदकको संख्या बढेको हुन सक्ने आयोगको अनुमान छ। ‘जे भए पनि शिक्षामा बेरोजगार दर उच्च रहेको यो गतिलो प्रमाण हो’, थपलियाले भने। तीनै तहका शिक्षकको परीक्षा असोज ११, १२ र १३ गते सञ्चालन हुँदै छ। आयोग स्थापनापछि तीन पटक मात्र खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गरिएको छ। यसअघि २०७३ सालमा खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट भएका थिए। यस्तो प्रतिस्पर्धाबाट हालसम्म अठार हजार ३९ जना शिक्षक मात्र नियुक्त भएका छन्। आयोग स्थापना हुनुअघि जिल्ला र क्षेत्रीय रूपमा शिक्षक नियुक्त हुन्थे। उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन २०५५ को सुझावपछि शिक्षा ऐनको छैटौं संशोधन गरेर आयोग स्थापना भएको हो। २०५६ सालमा आयोग स्थापना गरेर खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्त गर्न थालिएको हो। प्रतिस्पर्धामा भाग लिन आयोगबाट शिक्षण अनुमतिपत्र (लाइसेन्स) लिएको हुनुपर्छ। अहिलेसम्म सात लाख लाइसेन्स वितरण गरिसकिएको छ। अहिले सार्वजनिक विद्यालयमा शिक्षकको दरबन्दी एक लाख सात हजार छ। यसमध्ये करिब ७० हजार शिक्षक मात्र दरबन्दीमा कार्यरत छन्। अन्य शिक्षक अस्थायी दरबन्दीमा कार्यरत छन्। अस्थायी दरबन्दी कायम रहेको २२ हजार ७९ पदमा पनि आन्तरिक प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न परीक्षा सम्पन्न भइसकेको छ। परीक्षामा प्राथमिक तहमा १६ हजार ५ सय ३२, निम्न माध्यमिक तहका लागि तीन हजार दुई सय ३४ र माध्यमिक तहका लागि दुई हजार तीन सय १० पदमा प्रतिस्पर्धा भएको थपलियाले जानकारी दिए। आन्तरिक र खुला प्रतिस्पर्धाको परीक्षा सञ्चालन गरेर नतिजा सार्वजनिक भएपछि नियमित प्रक्रियाबाट अवकाश पाएर रिक्त स्थानबाहेक अन्यमा अस्थायी शिक्षक नरहने आयोगको भनाइ छ। तर राहत कोटामा कार्यरत करिब ४० हजार शिक्षक व्यवस्थापन सरकारलाई अर्को चुनौती बनेको छ। परीक्षामा होम सेन्टर नहुने यस वर्ष शिक्षक छनोट परीक्षामा होम सेन्टर नहुने भएको छ। यसअघि प्राथमिक तहका शिक्षकको परीक्षा मात्रै होम सेन्टरबाटै हुने गरेको थियो। सम्बन्धित आवेदकले फारम भरेको जिल्ला (होम सेन्टर)बाटै परीक्षा दिने व्यवस्था हुँदा परीक्षाको मर्यादा बिग्रने गरेका गुनासा आएपछि होम सेन्टरको व्यवस्था हटाउन लागिएको आयोगले जानकारी दिएको छ। अधिकतम ३५ जिल्लामा मात्र परीक्षा केन्द्र कायम गर्ने गरी परीक्षा तयारी भइरहेको आयोगको भनाइ छ। तर हुम्ला, जुम्लालगायत जिल्लामा होम सेन्टर कामय नगरिँदा परीक्षार्थीलाई अर्को जिल्लामा जाँदा समस्या आउने दाबी गर्दै ती जिल्लाका सांसदले होम सेन्टर नै कायम गर्न माग गरेका छन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies