Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

छिटो फल लाग्ने महँगो स्याउ बोट

काठमाडौँ ।सोलुखुम्बु दूधकुण्ड नगरपालिका २ स्थित इविङमका आङनुरी शेर्पाले व्यावसायिक रूपमा स्याउ लगाउन थालेको ५ वर्ष भयो । सुरुमा रिच ए रेड र गोल्डेन डेलिसियस जातको स्याउ लगाए । यो स्याउ अझै फलेको छैन । फल्न अझै ६ वर्ष लाग्छ । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - सोलुखुम्बुको फाप्लुस्थित बागबानी केन्द्रमा परीक्षणका रूपमा लगाइएको उच्च घनत्व खेती प्रविधिमार्फत फलेको स्याउ देखाउँदै प्राविधिक । तस्बिर : विमल । कान्तिपुर तर, गत वर्ष उच्च घनत्व स्याउ खेती प्रविधिमार्फत लगाएको स्याउ एक वर्षमै फलेपछि उनी दंग छन् । अघिल्लो वर्ष १ सय ५० बोट बिरुवा लगाएका उनले यो वर्ष ५ सय १० बोट थपे । ‘सुरुमा कस्तो हुने हो भनेर थोरै बिरुवा लगाएँ,’ शेर्पाले भने, ‘तर, एकै वर्षमा राम्रो फल्यो, त्यही भएर यो वर्ष बिरुवा थपें ।’ पछि लगाएको स्याउमा पनि फल लागेको छ । तर, बिरुवा किनेर रोप्ने ठाउँसम्म ढुवानी गर्दा एउटै बोटको २ हजार पर्छ । ‘बिरुवा इटालीबाट आयात गरेको हो,’ उनले भने, ‘धेरै महँगो पर्ने हुँदा थप्ने चाहना हँदाहुँदै पनि सकिएको छैन ।’ गाउँमा अन्य किसानले पनि थोरै मात्रमा उच्च घनत्वको स्याउ लगाएका छन् । ‘यो ठाउँमा पर्यटक धेरै आउँछन्,’ उनले भने, ‘त्यसैले स्याउको माग पनि धेरै छ, गाउँघरमै यसको खपत बढी छ, बजारको समस्या छैन ।’ उनले उच्च घनत्व स्याउ खेती प्रविधिमार्फत गोल्डेन डेलिसियस, फुजी, गाला, रेड डेलिसियस जातका स्याउ लगाएका हुन् । बागबानी केन्द्र सोलुका प्रमुख चन्द्रमान श्रेष्ठका अनुसार जिल्लाभर उच्च घनत्वको स्याउ प्रविधिमा ४ हजार बोट स्याउ लगाइएको छ । ०७३/०७४ सालबाट बागबानी केन्द्रमा यो प्रविधिमा स्याउ लगाइएको हो । ‘अहिले यस केन्द्रमा गोल्डेन डेलिसियस र फुजी जातको स्याउ लगाइएको छ,’ उनले भने, ‘परीक्षणका रूपमा लगाएको हो, राम्रो फलेको छ ।’ उनका अनुसार उच्च घनत्वको स्याउ प्रविधिमा स्याउ लगाउने बिरुवा नेपालमा उत्पादन हुँदैन । इटालीबाट आयात गर्ने गरिएको छ । यो समस्या सोलुको मात्र होइन । स्याउ उत्पादनको पकेट क्षेत्रका रूपमा रहेका जिल्लामा यो स्याउ लगाइएको छ । लगाएको एक वर्षमै फल्ने प्रविधि रोजाइमा परे पनि बिरुवा महँगो पर्ने हुँदा किसानले चाहेर पनि ठूलो परिमाणमा लगाउन सकेका छैनन् । त्यस्तै यो यो प्रविधिमा स्याउ लगाएपछि तारबारको राम्रो प्रबन्ध मिलाउनुपर्ने हुन्छ । बढी लगानी हुने भएकाले खेती किसानमैत्री बन्न सकेको छैन । किसानको माग सरकारी सहयोगमा नेपालमै बिरुवा उत्पादन गरेर सस्तोमा उपलब्ध गराउनुपर्ने भन्ने छ । अहिले किसानको मागअनुसार बिरुवा एग्रो मनाङले उपलब्ध गराउँदै आएको छ । एग्रो मनाङका प्रबन्ध निर्देशक युवराज गुरुङका अनुसार उच्च घनत्वको स्याउ प्रविधिमा स्याउ रोप्ने किसानलाई फोनबाट भए पनि प्राविधिक सहयोग उपलब्ध गराउने गरिएको छ । ‘बिरुवा महँगो भएकाले माग गर्ने किसान कम छन्,’ उनले भने, ‘लगानी पनि बढी पर्ने भएकाले थोरै किसानले मात्र यो स्याउ लगाएका छन् ।’ सबैभन्दा बढी एग्रो मनाङले लगाएको छ । प्रबन्ध निर्देशक गुरुङका अनुसार एग्रोले मनाङको भ्राताङमा उच्च घनत्व स्याउ खेती प्रविधिमार्फत ५ सय ५० रोपनीमा ६८ हजार बिरुवा लगाएको छ । ‘सुरुमा इटाली र सर्बियाबाट बिरुवा ल्याएर रोपेका हौं,’ उनले भने, ‘स्याउ राम्रो फलेको छ, यो वर्ष ५ सय टन उत्पादन हुने अनुमान गरेका छौं ।’ बिरुवा ल्याएर लगाउनेदेखि काँटछाँट, कोल्ड स्टोर बनाउनसमेत गरेर अहिलेसम्म ३० करोड लगानी भएको उनले बताए । यति ठूलो परिणाममा उच्च घनत्व प्रविधिमा स्याउ लगाउने किसान कम छन् । गुरुङका अनुसार अन्य चारजना किसानले मनाङमा १५ रोपनी क्षेत्रफलमा लगाएका छन् । त्यस्तै सोलु, जुम्ला, हुम्ला, कालिकोट, गोरखा, रसुवामा थोरै मात्रामा उच्च घनत्व स्याउ प्रविधिमार्फत स्याउ लगाइएको छ । १० बोटदेखि ४ हजार बोटसम्म लगाउने किसान रहेको उनले बताए । ‘बिरुवा महँगो छ,’ उनले भने, ‘प्राविधिकको पनि समस्या छ ।’ उनका अनुसार एउटा बिरुवा १ हजार ३ सय ५० देखि १ हजार ४ सय रुपैयाँमा किसानलाई बाहिरबाट मगाएर उपलब्ध गराउने गरिएको छ । ‘यो ट्रायलजस्तै भएको छ,’ उनले भने, ‘सरकारले चासो दिएर नेपालमै बिरुवा उत्पादन गर्न सके किसानलाई सहुलियत हुने थियो, स्याउ लगाउने किसान बढ्ने थिए ।’ उता स्याउ सुपर जोन जुम्लाका बागबानी विकास अधिकृत जोगेन्द्र कान्दुका अनुसार उच्च घनत्व स्याउ प्रविधिमार्फत स्याउ लगाउने किसान कम छन् । ‘नेपालमा यसको बिरुवा तयार हुँदैन,’ उनले भने, ‘तर, गुणस्तर बनाउन टिसु कल्चर ल्याब भए बाहिरबाट प्राविधिक ल्याई उत्पादन गर्न सकिन्छ ।’ एक वर्षमै फलेर लाभ लिन सकिने भए पनि बिरुवा महँगो भएकै कारण किसानले उच्च घनत्व स्याउ खेती प्रविधिमार्फत स्याउ लगाउन नसकेको उनले बताए । उनका अनुसार प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले विज्ञापन गरेर १ लाख बिरुवाका लागि माग संकलन गरेको छ । कसरी लगाउने ? उच्च घनत्व स्याउ खेती भनेको प्रतिइकाई क्षेत्रफलमा धेरै बिरुवा लगाउने प्रविधि हो । अहिले खेती गर्दै आएको स्याउको बिरुवादेखि अर्को बिरुवासम्मको दूरी ६ मिटर र लाइनको दूरी ६ मिटर हुन्छ । तर उच्च घनत्व स्याउको बोटदेखि अर्को बोटसम्मको दूरी १ मिटर र लाइनको दूरी ३ मिटर हुन्छ । पहिला ३ सय बोट लगाउने बिरुवा लगाउने जग्गामा यो २ हजारसम्म लगाउन सकिन्छ । त्यही भएर यसलाई उच्च घनत्वको स्याउ भनिएको हो । अन्य स्याउभन्दा यो १० गुणा बढी लगाएर खेती गरिने हुँदा प्रशस्त मात्रामा यसलाई प्रांगारिक पदार्थ भएको दोमट माटो चाहिन्छ । खेती गर्ने प्रविधि मात्र फरक भए पनि अन्य सबै कुरा एउटै भएकाले व्यावसायिक रूपमा हुने सबै क्षेत्रमा उच्च घनत्व प्रविधिमा स्याउ लगाउन सकिन्छ । यो समुद्री सतहबाट २ हजारदेखि ३ हजार मिटरसम्मको हिमाली क्षेत्रमा बढी उपयुक्त हुन्छ । प्रतिरोपनी ५ हजार केजी उत्पादन हुने हुँदा यसलाई व्यावसायिक रूपमा लगाएर धेरै आम्दानी गर्न सकिन्छ । यो पुस–माघमा रोपिन्छ । कसरी चाँडै फल्यो ? कलमी गरेर बिरुवा बनाइएको हुन्छ । स्याउविज्ञ चुटराज गुरुङका अनुसार जुन करिब ९ फिटको हुन्छ । फल्ने हाँगा अर्कै जातको हुन्छ । बिरुवा अग्लो र फल्ने हाँगा रोप्ने भएकाले चाँडै फल्छ । नर्सरीमा बिरुवा तयार पार्दा फल्ने हाँगा तयार भएकाले एक वर्षमै फल्छ । एम नाइन (जराको नाम) रुट स्टकमा फल्ने विभिन्न जातको स्याउको हाँगा कलमी गरेर जोडी बिरुवा तयार पारिन्छ । रोप्ने बिरुवा तयार गर्न २ वर्ष लाग्छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies