/  Sat, March 23, 2019

ओखलढुंगाका ६६ कांग्रेस नेता नेकपा प्रवेश

ओखलढुंगा । कांग्रेस ओखलढुंगाका प्रभावशाली ६६ जना नेता–कार्यकर्ता एकैपटक नेकपामा प्रवेश गरेका छन् । वर्तमान नेतृत्व बिपीको सिद्धान्त छाडेर स्वार्थमा लाग्दा कांग्रेस अस्तित्वविहीन भएको भन्दै उनीहरूले पार्टी परित्याग गरेका हुन् ।

अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ – नेकपामा प्रवेश गर्नेमा कांग्रेस ओखलढुंगाका पूर्वसचिव तथा पूर्वजिविस सदस्य रामबहादुर खत्री, वर्तमान जिल्ला कमिटी सदस्य सुरेश सुनुवार, खिजीकाती गाउँ कमिटी सभापति तथा पूर्वगाविस अध्यक्षहरू रेवतकुमार सुनुवार र लालप्रसाद नेपाल छन् ।

यस्तै, गाउँ पार्टी सभापति गजेन्द्रबहादुर बस्नेत, पूर्वगाउँ सभापति चकेन्द्र दास सुनुवार, उपाध्यक्षहरू होमबहादुर सुनुवार, अमरबहादुर खत्री, सचिवहरू केशरकुमार सुनुवार, चूडाप्रसाद पौडेल, कोषाध्यक्ष मञ्जुकुमारी विक, कांग्रेस श्रमिक संघ जिल्ला अध्यक्ष ताराधन सुनुवारलगायत छन् ।

नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई पार्टीमा स्वागत गरे । नेकपा ओखलढुंगाका नेता कमल न्यौपानेका अनुसार कांग्रेस त्यागेर नेकपामा प्रवेश गर्नेमा खिजीदेम्बा गाउँपालिकाका बढी छन् ।

पार्टीको नेतृत्व गरिरहेका र स्थानीय निर्वाचनमा उमेदवार भएका खिजीदेम्बाका प्रभावशाली नेताहरू नेकपामा प्रवेश गरेका हुन् । जनताको चाहनाअनुसार कांग्रेसले काम गर्न नसकेकाले पार्टी परित्याग गरेको नेता रामबहादुर खत्रीले बताए ।

‘कांग्रेस कांग्रेस जस्तो रहेन, लामो समय रगत पसिना बगाइयो त्यसको कुनै अर्थ भएन, त्यसैले विकल्प खोजियो,’ उनले भने, ‘केन्द्र र प्रदेशमा कांग्रेसको साइज सानो भए पनि हाम्रो गाउँपालिकामा कांग्रेस बलियो छ । तर, कांग्रेसबाट जितेका जनप्रतिनिधिले जनताको कामभन्दा आफू मोटाउने काम गरेकाले अन्ततः पार्टी नै छाडियो ।’

भदौ १ गते, २०७५ - ०८:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विज्ञ केन्द्र : चितवनका कुखुरामा बर्डफ्लु देखिएको छैन

चितवन । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले हालसम्म जिल्लामा बर्डफ्लु नदेखिएको...   
कञ्चनपुर स्थित  ब्रह्मदेव क्षेत्रकाे सडकमा भारतीय अवरोध

कञ्चनपुर स्थित ब्रह्मदेव क्षेत्रकाे सडकमा भारतीय अवरोध

महेन्द्रनगर । कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा नेपालले आफ्नो भूमिमा निर्माण गर्न लागेको सडकमा एसएसबीले...   

बेलायतका पाँचै मस्जिदमा समान प्रकृतिको हिंस्रक हमला

काठमाडाैं । बेलायतको बर्मिंघम शहरमा पाँच मस्जिदमा हिंस्रक आक्रमण भएको बताइएको छ । बुधबार रातिदेखि...   

आफ्नो वर्चस्व बढाउने होडमा नेकपा एकता हुने प्रकिया ढिलाई

काठमाडौं । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले शुक्रबार भैरहवा पुगेर पार्टीको स्थानीय...   

बूढानीलकण्ठ नगरपालिकाको न्यायिक समितिमा ४९ उजुरी दर्ता

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाको न्यायिक समितिमा चालू आर्थिक वर्ष २०७५/७६ मा ४९ उजुरी दर्ता भएको...   
प्रतिबन्धित विप्लव समूहका नेता हेमन्त प्रकाशसहित आठ जना पक्राउ

प्रतिबन्धित विप्लव समूहका नेता हेमन्त प्रकाशसहित आठ जना पक्राउ

काठमाडाैं । प्रतिबन्धित विप्लव समूहका नेता हेमन्त प्रकाश ओलीसहित आठ जना पक्राउ परेका छन् । प्रहरीको...   
७० वर्ष पुगेका वृद्धवृद्धाको बिमा सरकार गर्ने

७० वर्ष पुगेका वृद्धवृद्धाको बिमा सरकार गर्ने

काठमाडौं । सरकारले स्वास्थ्य बिमाप्रति नागरिकको आकर्षण बढाउन ७० वर्ष पुगेपछि थप एक लाख रुपैयाँको...   

समायोजनमा जाने प्रहरीलाई दोहोरो सुविधाको प्रस्ताव

काठमाडौं । सरकारले तयार पारेको प्रहरी समायोजन विधेयकमा प्रहरीले खाई पाई आएको तलबमा २ ग्रेड वृद्धि...   

खुल्ला दिसामुक्त गाउँ, कुकुरको दिसामुक्त हुन नसकेको काठमाडौं

काठमाडौं । मुलुकका सुगम र कतिपय दुर्गम जिल्ला तथा स्थानीय तह मानव दिसामुक्त क्षेत्र घोषणा छन् तर काठमाडौं...   

प्रतिबन्धित समूहका महासचिव विप्लव पक्राउ परे जन्मकैद सजाय हुने

काठमाडौं । प्रतिबन्धित नेपला कम्युनिस्ट पार्टी ९नेकपा० का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पक्राउ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top