Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

बालविवाहमुक्त वडामा घरैपिच्छे किशोरीआमा, पुस्तक हुनुपर्ने हातमा लालाबाला

मुगु । खत्याड गाउँपालिका–५ बालविवाहमुक्त क्षेत्र हो । सरकारले खत्याड (साविकको खमाले गाविस) को वडा नम्बर ५ लाई १० मंसिर ०७२ मा बालविवाहमुक्त घोषणा गरेको थियो । तर, बालविवाहमुक्त घोषणा गरेदेखि नै यहाँ २० वर्ष नपुग्दै आमा बन्नेको संख्या बढ्दै गएको छ । आजको नयाँ पत्रिका दैनिकमा याे खबर छ - महिला अथवा पुरुष दुवै २० वर्ष पूरा नभई गरिएको विवाह कानुनी रूपले बालविवाह ठहरिने जिल्ला अदालत मुगुका प्रमुख जवाहरप्रसाद सिंहले बताए । कानुनी रूपले कोही कसैले २० वर्ष पूरा नभई विवाह गरेमा विवाह दर्ता नहुने, श्रीमानके नाममा महिलालाई नेपाली नागरिकताको प्रमाणपत्र बनाउन नमिल्ने ऐनमा उल्लेख भएको उनको भनाइ छ । तर, कानुनविपरीत यहाँ विवाह गर्नेको संख्या बढिरहेको छ । पुस्तक हुनुपर्ने हातमा लालाबाला स्यान खत्याड ५ लमेरा गाउँकी १७ वर्षीया कल्पना बुढा आमाबुबाको काखमा रमाउने र कापीकिताब च्यापेर विद्यालय जाने वेला वैवाहिक बन्धनमा बाँधिएर बालबालिका स्याहार्न बाध्य छिन् । उनको काखमा नौ महिनाको छोरा छ । बिहे गरेको वर्ष दिनमै छोरा जन्मेको उनले बताइन् । ‘अघिल्लो सालको एसइईमा २ विषयमा फेल भएँ, यो वर्ष सानो छोरो हँुदा परीक्षा दिन पाइन,’ बुढाले भनिन्, ‘दुःख त लाग्छ, पढाइ छुट्यो, केही थाहा नभएर बिहे गरियो । बच्चा जन्मियो । विद्यालय जाने मन अझै छ ।’ कल्पनाजस्तै कोटिल्ला–५ की २१ वर्षीया इन्दिरा बुढाले ६ वर्षअघि भागेर विवाह गरेकी थिइन् । अहिले उनका ३ वर्षीकी छोरी र ९ महिनाको छोरो छ । यतिवेला घरको काम र छोराछोरीको स्याहारमा जुटेकी छिन् । ‘१३ वर्षको कलिलो उम्मेरमा भागेर बिहे गरियो, आमाबुबाको काखमा रमाउने वेला अर्काको घरको झमेलामा डुबियो,’ उनले भनिन् । कल्पना र इन्दिरा मात्रै होइनन्, मुगुका गाउँमा यस्ता पीडा भएका किशोरीआमा प्रशस्तै भेटिन्छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies