Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

सडकको गुणस्तर मापन गर्न आधुनिक उपकरण ल्याउँदै सरकार

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकको गुणस्तर मापन गर्न आधुनिक उपकरण प्रयोगमा ल्याउने भएको छ । कालोपत्र भएको सडक छोटो समयमा नै उप्कन थालेपछि मन्त्रालयले चालू आर्थिक वर्षको अन्त्यसम्म गुणस्तर मापन गर्न उपकरण खरीद गरी प्रयोगमा ल्याउन लागेको हो । “कस्तो किसिमको उपकरण कहाँबाट ल्याउन लागेको हो” यसका बारेका मन्त्रालयले आफ्नो भनाइ सार्वजनिक गरेन । सडक विभागअन्तर्गत हाल १४ हजार किलोमिटर सडक निर्माण भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सङ्घीय संसद्, विकास तथा प्रविधि समितिको आजको बैठकमा सो जानकारी दिँदै बनेका सडकमध्ये स्थानीय तह, प्रदेश तथा सङ्घ कुनबाट सञ्चालन, मर्मत गर्ने भन्ने छिट्टै निर्णय हुने बताए । काठमाडौँ उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी कहिलेसम्म पुरिन्छ भन्ने सांसदको जिज्ञासामा मन्त्री महासेठले भदौ १२ गतेसम्म पुरिसक्ने जवाफ दिए । उनले पाँच वर्षभित्रमा सबै पालिकालाई राष्ट्रिय सडक सञ्जालले जोड्ने लक्ष्य रहेको जानकारी दिँदै कलङ्की–नागढुङ्गा, चाबहिल साँखु सडक उपलब्ध जमीनका आधारमा नै निर्माण अगाडि बढ्ने नीतिगत निर्णय भएको बताए । “सर्वोच्च अदालतबाट विशेष गरी ती दुई सडक विस्तारका क्रममा भएको आदेशलाई पुनरावलोन गर्न सरकारले महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिइसकेको छ,” मन्त्री महासेठले भने । मन्त्री महासेठले असार १ गतेदेखि मसान्तसम्म सडक निर्माण गर्न रोकिएको जानकारी दिँदै असारे सडक विकास अब रोकिने जानकारी दिए । सांसद बहादुरसिंह लामाले विस्तृत कार्ययोजना बनाएर मात्र सडक निर्माण कार्य शुरु गर्न सुझाव दिँदै पहुँचभन्दा आवश्यकताका आधारमा निर्माण गर्नुपर्छ भने । सांसद यज्ञराज सुुनुवारले डोजर चालक इञ्जिनीयर हुने र उपभोक्ता समितिका सदस्य निर्देशक भई ग्रामीण तहमा सडक खन्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ भने । सांसद गणेश पहाडीले सडक निर्माणमा दीर्घकालीन सोच र अवधारणा बनाउन आवश्यकता रहेको बताए । सांसद आशाकुमारी विकले पहिरोको कारण दुई महिनाको अवधिमा १८ को मृत्यु भइसकेको हुँदा अवरुद्ध चैनपुर खोर्पे सडक नियमित गर्न माग गरे । सांसद रङ्गकुमारी शाहीले रेलभन्दा मोटरबाटोको आवश्यकता रहेको चर्चा गर्दै सिमीकोट हिल्सा सडकको ट्रयाक खोल्ने काम कहिलेसम्म सम्पन्न हुन्छ भन्ने प्रश्न गरे । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले केरुङ काठमाडौँ रेल मार्ग, रक्सौल काठमाडौँ रेल मार्गका लागि मन्त्रालयले विभिन्न काम अगाडि बढाएको जानकरी दिए । सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले भदौ महिनाको अन्त्यसम्म काठमाडौँ उपत्यकाको सडकको स्वरुपमा परिवर्तन आउने दाबी गरे ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies