Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

चोरबाट बचाउन मूर्तिको बाँस घरमै

पाल्पा। रम्भा गाउँपालिका–५, ताहुँमा प्रशिद्ध रम्भादेवी मन्दिरमा रहेको मूर्ति गाउँलेको घरमा रात बिताउन निस्कन थालेको करीब ४० वर्ष हुन थाल्यो । मन्दिरको मूर्ति पटकपटक चोरी हुन थालेपछि ताहुँको बजार क्षेत्रमा बिहान र साँझमा स्थानीय बासिन्दाको घरमा ल्याउने गर्दछन् । चालिस वर्षदेखि ताहुँ प्रहरी नजिकै स्थानीय बासिन्दाको घरमा राख्न थालेसँगै मन्दिरको मूर्ति चोरिनबाट जोगिएको रम्भादेवी पर्यटक विकास प्रतिष्ठानका अध्यक्ष विनोद श्रेष्ठले बताए । मन्दिरबाट हराएको मूर्ति पाल्पाको आर्यभन्ज्याङबाट बाजा बजाएर मन्दिरमा ल्याएपछि स्थानीय बासिन्दाका घरमा सुरक्षाका लागि रातमा राख्न थालेको श्रेष्ठले बताए । श्रेष्ठका अनुसार मन्दिरमा पुजारी र सुरक्षाकर्मीका लागि आवास व्यवस्थापन गर्ने लक्ष्यका साथ गुरुयोजना तयार गरे पनि बजेटका अभावमा भौतिक पूर्वाधारको विकास गर्न हुन सकेको छैन । आवासको व्यवस्थापन गर्न सकेको अवस्थामा मन्दिरको मूर्ति रातमा अन्यत्र राख्ने समस्या समाधान हुने लक्ष्य गुरुयोजनाले लिएको छ । स्थानीयस्तरमा बनाएको गुरुयोजनामा बजेटको अभावले काम भने हुन सकेको छैन । पुजारीले बोकेर बिहान मन्दिरमा पूजा गर्न र साँझ सुरक्षाका लागि स्थानीय बासिन्दाको घरमा ताहुँको बजार क्षेत्रमा ल्याउन गदाँ झन्झटिलो हुने गरेको मन्दिरका पुजारी प्रेमनारायण पाण्डेयले बताए । पटक पटक मन्दिरका मूर्ति चोरिने समस्या बढेपछि सुरक्षाका लागि स्थानीय बासिन्दाको घरमा राख्न बाध्य भएको हो । वनको बीचमा मन्दिर रहेको र बहुमूल्य मूर्ति चोरी हुनबाट रोक्नका लागि साँझमा मन्दिर बाहिर लैजान थालेको हो । जिल्लाको सदरमुकाम तानसेनदेखि ३१ किलोमिटर पूर्वमा ताहुँको घना जङ्गलभित्र शान्त र रमणीयस्थलमा मन्दिर रहेको छ । प्रशिद्ध रम्भादेवी मन्दिर धार्मिक एवं सांस्कृतिक महत्वले भरिपूर्ण रहेकाले पनि आन्तरिक पर्यटकका लागि गन्तव्य स्थल बनाउन सकिने स्थानीय बासिन्दा बताउँछन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies