Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

टेलिकमद्वारा महत्वकांक्षी योजना सार्वजनिक, हाेलान पूरा ?

काठमाडौं । नेपाल टेलिकमले चालू आर्थिक वर्षमा पूरा गर्ने लक्ष्यसहित केही महत्वकांक्षी योजना सावृजनिक गरेको छ । टेलिकमले सेवा विस्तार र गुणस्तर सुदृढीकरणलाई प्राथमिकतामा राखेर आइतबार योजना घोषणा गरेको हो । टेलिकमले पूर्वाधार विकास, वायरलाइन सेवा, जीएसएम, बीटीएस टावर निर्माण लगायतका कार्ययोजना सार्वजनिक गरेको हो । आर्थिक वर्षको सुरुवातसँगै ती योजनाहरु कार्यान्वयनमा आउन थालिसकेको टेलिकमले जनाएको छ । प्रदेश १, २ र ३ को मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर तथा उच्च क्षमतायुक्त उपकरण बिस्तारका लागि पाँचवटा बोलपत्र आह्वान भइसकेको टेलिकमले जनाएको छ । जसअन्र्तगत पाचँथरको चियो भञ्ज्याङदेखि गोर्खा–धादिङको आरुघाटसम्म २ हजार १७९ किलोमिटर अप्टिकल फाइवर नेठवर्क बिस्तार गरीने कार्ययोजनामा उल्लेख छ । यस्तै चालू आर्थिक वर्षको पहिलो तीन महिनाभित्र पहाडी जिल्लाका सदरमुकामहरुमा एक हजार किलोमिटर अप्टिकल फाइबर बिस्तार गरीसक्ने टेलिकमले जनाएको छ । जीएसएम मोवाइल सेवामा पोष्टपेड तर्फ ५९ हजार र प्रिपेड तर्फ २५ लाख ५० हजार मोबाइल लाइन वितरण गर्ने लक्ष्य टेलिकमको छ । यस्तै सीडीएमए प्रविधिका ८१ हजार र ल्याण्ड लाइनतर्फ ४२ हजार लाइन टेलिफोन वितरण गर्ने योजना टेलकमको छ । डाटाको माग बढ्दै गएकाले मुलुकका मुख्य शहरमा तीन लाख क्षमताको नेटवर्क बिस्तार गरी १ लाख ग्राहकहरुलाई सेवा प्रदान गरिने पनि उल्लेख गरीएको छ । यसै वर्षभित्र ७७ वटै जिल्ला सदरमुकाम तथा प्रमुख ब्यापारिक केन्द्रहरुमा वाइफाई सेवा सञ्चालनमा ल्याइने महत्वकांक्षी योजना पनि टेलिकमको छ । यी सबै कार्यका लागि करीब २२ अर्ब खर्च लाग्ने अनुमान गरिएको छ । यसैबीच, गत आर्थिक वर्षमा टेलिकमले २ दशमलव १९ प्रतिशतले आम्दानी वृद्धि गर्दै ४५ अर्ब ५६ करोड ५८ लाख पुर्‍याएको छ । गत आर्थिक वर्षमा टेलिकमले १५ अर्ब ६६ करोड ७५ नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा १ दशमलव ९६ प्रतिशतले बढी हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies