Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

जनप्रतिनिधि श्रमदानमा

बागलुङ । झरीको पर्वाह नगरी ताराखोला गाउँपालिकाका जनप्रतिनिधि शनिबार कोदालो, बेल्चा र डोको बोकेर सडक मर्मतमा निस्किए । जनप्रतिनिधिलाई कर्मचारी, शिक्षक, गाउँका अगुवा र सर्वसाधारणले साथ दिए । महिनामा एक दिन श्रमदान गर्नुपर्ने गाउँसभाको नीति कार्यान्वयन गर्न गाउँपालिका अध्यक्षदेखि स्थानीयवासी श्रममा खटिएका हुन् । गाउँपालिका केन्द्रदेखि वडा नंं दुईको कमेरे डाँडासम्मको करीब चार किमी सडक मर्मतसुधार गरिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । शहीद मार्गमा पर्ने उक्त सडकमा सम्याउने, नाली काट्ने, खाल्डाखुल्डी पुर्नेलगायका काम गरिएको छ । “दिनभर एक सय जनाभन्दा बढी श्रममा खटिए,’ अध्यक्ष घर्तीले भने “विकास, निर्माणको काममा जनसहभागिता जुटाउन श्रमदानको नीति ल्याएका हौँ ।” सडक मर्मतमा मजुदुर र उपकरण प्रयोग गर्दा हुने खर्चसमेत जोगिएको उनको भनाइ छ । वर्षायाममा बिग्रेको सडक मर्मतपछि सवारीसाधन सञ्चालनमा आएका छन् । श्रमदानमा जनप्रतिनिधि, कर्मचारी र शिक्षकले अगुवाइ गरेपछि सर्वसाधारण उत्साहित भएका छन् । विकासका काममा जनसहभागिता जुटाइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोपलाल भुषालले बताए । “आवश्यकता किटान गरी योजनाबद्ध रुपमा श्रमदान जुटाउँछौं,” उनले भने । गाउँपालिकाले चालू आव २०७५/७६ को नीति तथा कार्यक्रममा महिनामा एक दिन विकास कार्यमा जनप्रतिनिधि र कर्मचारीको अगुवाइमा जनसहभागिता जुटाइने उल्लेख छ । अबदेखि वडागत रुपमा श्रमदान जुटाइने भएको छ । विकास निर्माणका काममा गाउँले खटिने गरेका छन् । दिगो विकासमा जनसहभागिता महत्वपूर्ण हुने हुँदा नीतिगत रुपमै श्रमदान गर्नुपर्ने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष घर्ती बताउँछन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies