श्रावण २५ गते, २०७५ शुक्रवार 10th August, 2018 Fri१८:१३:०२ मा प्रकाशित
काठमाडौं । युरोपको बिभिन्न देश तथा शहरमा आयोजना भइरहेको ‘४६ औं अन्तराष्ट्रिय सांस्कृतिक मेला २०१८’मा नेपालले पनि सहभागीता जनाएको छ । जुलाई १३ देखि अगष्ट २७ सम्म आयोजना हुने मेलाका लागि २० जना कलाकारहरुको एक जम्बो टोली अहिले फ्रान्स पुगेको छ ।
‘नेपाल लोक तथा साँस्कृतिक प्रतिस्ठानको’ नेतृत्वमा कलाकार टोली फ्रान्स पुगेको हो । यो टोलीले फ्रान्सको मोन्तुवा, लुप्युभिले, पेल्तान लगायतका केही स्थानमा कार्यक्रम सम्पन्न गरिसकेका छन् । विश्वब्यापी कार्यक्रम अन्तर्गत यूरोप पुगेको यो टोलीले फ्रान्स पछि टर्की, बेल्जियमलगायतका देशको बिभिन्न शहरमा कार्यक्रम गर्नेछ ।
लोप हुन लागेका कला, संस्कृति, भेषभुषा, परम्परा, लोक गीत, लोक बाजा आदिको जगेर्ना गर्ने उदेश्यले कार्यक्रम लिएर कलाकारसहित युरोप पुगेको कार्यक्रम संयोजक तथा नेपाल लोक तथा साँस्कृतिक प्रतिस्ठान’का अध्यक्ष जोगेन्द्र केसीले बताए ।
विश्वका २२ देशका कलाकार सहभागी यो फेष्टिभल फ्रान्स, बेल्जियम, टर्किका बिभिन्न शहरमा आयोजना हुनेछ । नेपालबाट सहभागी कलाकार टोलीका संयोजक जोगेन्द्र केसी, कार्यक्रमको सल्लाहकार तथा संगीतकार सुरेश अधिकारी, कार्यक्रमका प्रमुख गायक शिवराज पौडेल रहेका छन् ।
अन्य कलाकार नृत्य निर्देशक भूवनदास श्रेष्ठ, निरिपध्वज खत्री, सरस्वती शर्मा, नृत्य निर्देशक छेडुप लामा, गायक तथा मोडल पिएन सापकोटा, मोडल पुर्णिमा श्रेष्ठ, माधव प्रसाद त्रिपाठी, ‘लेट मी डान्स् सिजन–२’की विजेता खिमा काउचा मगर, न्हुछेराजा मुनिकार, दिपक श्रेष्ठ, सृर्जना आले मगर, सुनिता परियार, सन्तोष कुमार कार्की, दावा स्याङ्वो लामा तामाङ, धावा वाङ्देल, शर्मिला तामाङ, गोमा सुवेदी रहेका छन् ।
कार्यक्रममा पुर्वको हापारे, अरुण उपत्यकाको गीत संगीत, मध्यमाञ्चलको घासे भाका, नेवारी, काठे भाका, पश्चिमाञ्चलको सालैजो, कौरा, मध्यपश्चिमाञ्चलको टप्पा, ठाडो भाका, मारुनी, सुदुर पश्चिमाञ्चलको देउडा, ठाडी भाकाको साथमा थारु, धिमे, लाखे, सेलो, कुमारी, मन्जु श्री, झाँक्रीलगायतका गीत तथा नृत्य प्रस्तुत गरिने कार्यक्रमका संयोजक केसीले जानकारी दिए ।
‘नेपाली कलासंस्कृती प्रदर्शन गरेर युरोपेलीको मन जित्ने उदेश्य हो ’ केसीले भने ‘आगामी दिनमा अन्य देशमा पनि कार्यक्रम लिएर जाने संस्थाको योजना रहेको छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: