/  Sat, February 23, 2019

फ्रीमा पाइने पञ्जासमेत बिरामीले किन्नुपर्ने

धादिङ। जिल्ला अस्पतालमा औषधिको अभाव भएपछि बिरामी आफैँले औषधि खरिद गर्नुपर्ने अवस्था आएको छ । डाक्टरले प्रयोग गर्ने पञ्जा, निःशुल्क वितरण गर्ने औषधि तथा अन्य सामग्री नभएपछि सेवाग्राहीले नै खरिद गरेर जिल्ला अस्पतालमा उपचार गराउनुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन् ।

जिल्ला अस्पतालमा उपचारका लागि पुगेकी पार्वती लम्सालले यसअघि अस्पतालले नै खरिद गर्ने गरेको आइभि सेट, सूई र डाक्टरले प्रयोग गर्ने पञ्जासमेत बिरामीले खरिद गर्नुपर्ने अवस्था आएको बताए ।

बिरामी लिएर जिल्ला अस्पताल जाँदा अस्पतालका डाक्टरले आफैँले उपचार सामग्री र औषधि खरिद गर्नुपर्ने बताउने गरेको राजन श्रेष्ठको भनाइ छ । सरकारले जिल्ला अस्पतालबाट ७० किसिमका औषधि निःशुल्क वितरण गर्ने जनाएपनि अत्यावश्यक औषधिसमेत सकिएपछि अन्यौलमा परेको अस्पतालका सूचना अधिकारी कृष्णलाल उप्रेतीले बताए ।

नेपाल सरकारले निःशुल्क औषधि खरिद गर्नका लागि दिँदै आएको रु आठदेखि १० लाख रकम नपुग हुँदा निःशुल्क सेवा प्रभावकारी हुन सकेको छैन । जिल्ला अस्पतालमा दैनिक आउने करीब २०० बिरामीको परीक्षण गर्दा चिकित्सकले प्रयोग गर्ने सामग्री र र निःशुल्क औषधिका लागि करिब रु ७० लाख आवश्यक पर्ने भए पनि सरकारले उपलब्ध नगराउँदा निःशुल्क स्वास्थ्य सेवा प्रभावित हुने गरेको हो ।

साउन २५ गते, २०७५ - १३:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ऊर्जा क्षेत्रमा सात महीनाको अवधिमा ७० अर्ब लगानी हुँदै

काठमाडौँ। चालू आर्थिक वर्षको सात महीनाको अवधिमा रु ६९ अर्ब ३२ करोड ५१ लाख ५६ हजार ४०४ बराबरको लगानी...   

सामाजिक सञ्जालले जिउँदैलाई मारेको छ, यो मजाकको विषय होइन – मन्त्री बाँस्कोटा

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले “सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने...   

केही दिनयता परेको अविरल वर्षाबाट २८ को मृत्यु

इस्लामाबाद। पाकिस्तानमा केही दिनयता परेको अविरल वर्षाको कारण देशका विभिन्न भूभागमा गरी कम्तीमा पनि...   

नेकपाद्वारा दुःख व्यक्त

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनप्रति दुःख व्यक्त...   

पुनः टेण्टर आह्वान गरेर मेलम्चीको पानी ल्याइने– मन्त्री मगर

काठमाडौं । खानेपानीमन्त्री विना मगरले पुन टेण्टर आह्वान गरेर मेलम्चीको पानी काठमाडौं ल्याइने बताएकि...   

आज दशैभरको मौसम बदलीः यी स्थानहरूमा वर्षाको सम्भावना

काठमाडौँ। पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिक बदली हुनाका साथै केही स्थानमा...   
राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक...   

स्व वलीको स्मरणमा प्रदेश सचिवालय बन्द

रुपन्देही। प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनले अपूरणीय...   
गोरखा सैनिकका मागबारे अध्यक्ष प्रचण्डको चासो, बेलायतले के भन्यो ?

गोरखा सैनिकका मागबारे अध्यक्ष प्रचण्डको चासो, बेलायतले के भन्यो ?

ललितपुर । नेपाल भ्रमणमा रहेका बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकष्टरले नेपाल कम्युनिष्ट...   

एक हजार घुस दिन खोज्दा शिवनाथ पटेल प्रहरीको फन्दामा

काठमाडौं। नागार्जुन नगरपालिका-४ स्युचाटारमा प्रहरीलाई १ हजार रूपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top