Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

यस कारण बढ्दैछ सूचनाप्रविधि शिक्षामा महिलाको आकर्षण

अध्ययनपछि सहजै आकर्षक कमाइ हुने जागिर पाइने र घरमै बसिबसी काम गर्न समेत सकिने भएकाले सूचना तथा प्रविधि (आईटी) शिक्षातर्फ महिलाहरूको आकर्षण बढेको प्रविधि क्षेत्रमा कार्यरत महिलाहरूले बताएका छन्। विशेष रूपमा युवा पुस्ताका महिलामा सूचना प्रविधि शिक्षाप्रति आकर्षण बढेको उनीहरूको अनुभव छ। यसले प्राविधिक क्षेत्रमा महिलाको पहुँचलाई थप विस्तार गर्ने र आत्मनिर्भर बनाउने उनीहरू बताउँछन्। कमाइ र जागिरका हिसाबले अन्य क्षेत्रको तुलनामा बढी अवसर पाइने भएकाले पुरुष र महिला दुवैखाले युवा पुस्ताको आकर्षण निक्कै बढेको बताइन्छ। सूचना प्रविधि क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाका आँकडालाई मान्ने हो भने नेपालमा हाल सूचनाप्रविधि क्षेत्रमा वार्षिक तीनदेखि पाँच हजार जनासम्म दक्ष जनशक्ति उत्पादन भइरहेको छ। दशक अघिसम्म यस्तो जनशक्तिमा महिलाको सङ्ख्या एकदमै कम हुने गरेकामा अहिले भने उल्लेख्य वृद्धि भएको ती संस्थाहरूले जनाएका छन्। सूचनाप्रविधि क्षेत्रको दक्ष जनशक्तिमध्येमा महिलाको सङ्ख्या कति छ भन्ने यकिन तथ्याङ्क भने न सरकारी निकायसँग छ, न त अन्य कुनै सङ्घसंस्थासँग। तर प्राविधिक शिक्षालयहरूमा बढेको महिलाको उपस्थितिले सूचनाप्रविधि क्षेत्रमा महिलाको आकर्षण बढेको पुष्टि गर्ने कम्प्युटर एसोसिएशन अफ नेपाल महासंघ ९क्यान० की उपाध्यक्ष सुनैना घिमिरे पाण्डे बताउँछिन्। \'पहिले भन्दा सूचनाप्रविधिमा महिलाको आकर्षण अलि बढेको देखिन्छ। यो ज्ञानमा आधारित उद्योग भएको र जुनसुकै ठाँउबाट पनि काम गर्न मिल्ने भएकाले पढाइमा र व्यापार व्यवसायमा पनि विस्तारै महिलाको सङ्ख्या बढ्न थालेको हो,\'उनले भनिन्। यसले प्राविधिक शिक्षामा महिलाको पहुँचलाई थप विस्तार गर्ने उनको तर्क छ। सूचना तथा प्रविधिसम्बन्धी संस्थाहरूका अनुसार नेपालमा उत्पादित दक्ष जनशक्तिमध्ये ३० देखि ४० प्रतिशत विदेशिने गरेका छन्। नेपालमै रहेर काम गर्न चाहनेले भने मासिक ५० हजारदेखि तीन-चार लाख रुपैयाँसम्म आम्दानी गर्नसक्ने जानकारहरू बताउँछन्। तर कतिपय महिला भने सूचना तथा प्रविधि शिक्षा लिए पनि सहज रूपमा रोजगारी पाउन सकिने अवस्था भने नभएको बताउँछन्। तत्कालै जागिर पाइने तथा राम्रो आम्दानी हुने भएकाले सूचनाप्रविधि क्षेत्रलाई रोजेपनि आकर्षक जागिर पाउन भने सहज नभएको काठमाण्डूस्थित एक कलेजमा कम्प्युटर विषयमा स्नातकोत्तर गर्दै गरेकी छात्रा निशु सिंहले बताइन्। उनले भनिन्, \'पढेर मात्र त भएन सहजै जागिर पाउने वातावरण भएचाहिँ महिलाको आकर्षण अझै बढ्छ।\' विज्ञान तथा प्रविधि क्षेत्रमा काम गर्ने नेपाली महिलाको सङ्ख्या न्यून रहेको एशियाली प्राज्ञिक तथा विज्ञान समाज सङ्घ नामक एक संस्थाले तीन वर्षअघि गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ। सो अध्ययन अनुसार नेपालको विज्ञान तथा प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिमध्ये १६ प्रतिशत मात्र महिला छन्। नेपाली वैज्ञानिक महिलाहरूको सञ्जाल ुविज्ञान प्रविधिमा महिलाु की उपाध्यक्ष सन्ध्या कर्माचार्य सूचनाप्रविधिसहित अन्य प्राविधिक क्षेत्रमा महिला सहभागिता बढाउन सरकारले थप काम गर्न आवश्यक रहेको बताउँछिन्। उनी भन्छिन्, \'कुन-कुन क्षेत्रमा महिलाको कमी छ भन्ने हेरेर त्यसमा महिला सहभागी भए यस्तो फाइदा छ भनेर प्रचारप्रसार भएदेखि हुन्छ।\' सरकारी अधिकारीहरू भने पछिल्ला वर्षहरूमा अन्यका साथै प्राविधिक शिक्षामा पनि महिलालाई प्रोत्साहन गर्ने नीति लिइएको बताउँछन्। प्राविधिक जनशक्तिका लागि पनि सरकारी जागिरमा महिलाका लागि आरक्षण दिइएकाले रोजगारीको चिन्ता गर्नुपर्ने अवस्था नरहेको सरकारी अधिकारीहरूको दाबी रहने गरेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies