/  Fri, August 17, 2018

किसानलाई ६३ लाख अनुदान

कञ्चनपुर। कृष्णपुर नगरपालिकाका किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट क्षेत्र र ब्लक उत्पादन कार्यक्रमका लागि रु ६३ लाख अनुदान दिइएको छ ।

आर्थिक वर्ष २०७४÷७५ मा ती कार्यक्रम सञ्चालन गर्न किसानलाई अनुदान उपलब्ध गराइएको हो । किसानलाई ६ वटा धान पकेट कार्यक्रमका लागि रु १६ लाख ५० हजार उपलबध गराइएको छ । दुई पकेट क्षेत्रका लागि रु दुई लाख २५ हजारका दरले तथा चार पकेट क्षेत्रका लागि रु तीन लाखका दरले अनुदान प्रदान गरिएको नगरपालिकाका कृषि शाखाका प्रमुख बिन्दु कुँवरले जानकारी दिए ।

यस्तै तीन तरकारी पकेट क्षेत्रका लागि रु सात लाख ५० हजार अनुदान दिइएको छ । केरा पकेट क्षेत्रका लागि रु तीन लाख तथा तरकारी ब्लकका लागि रु ३३ लाख उपलब्ध गराइएको छ । सो अनुदान रकमबाट किसानले कृषि औजार, बीउबिजन, मलखाद, विषादीलगायत सामग्री खरिद गरेका छन् । “यसले धान, केरा र तरकारीको उत्पादनमा वृद्धि हुनाका सिाथै किसानक आत्मनिर्भर हुनेछन्,” कुँवरले भने । उक्त नगरपालिकामा आव २०७३/७४ देखि प्रधानमन्त्री आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट र ब्लक क्षेत्र कार्यक्रम सञ्चालन गरिएको हो ।

साउन २५ गते, २०७५ - १०:५२ मा प्रकाशित

प्रचण्ड भन्छन्- जनताले सोचे जस्तो सरकार नहुने पो हो कि !

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले अहिलेको सरकार जनताको सरकार भन्ने विश्वास...   

देवानी संहिता लागू नहुँदै विरोधका स्वर सुनिनु राम्रो संकेत होइनः कमल थापा

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले आजदेखि लागू भएको नयाँ देवानी संहिताका बारेमा लागू नहुँदै...   

रेडियो नेपाल अब मोबाइल एप्सबाटै सुन्न पाइने, तर कसरी ?

काठमाडौँ। रेडियो नेपाल अब मोबाइल एप्सबाट पनि विश्वभर सुन्न सकिने भएको छ । एण्ड्रोइड भर्सनको मोबाइलमा...   

खेतमा मल हाल्ने क्रममा बेहोस भएर मृत्यु

बारा। आफ्नै खेतमा मल हाल्ने क्रममा अचानक लडेर बेहोश भएर कलैयामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा...   

धारिलो हतियार प्रहार गरी सिखाको हत्या

मोरङ। बिराटनगर महानगरपालिका-१३ बस्ने २३ बर्षीया सिखा घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या भएको...   
परराष्ट्रमन्त्री ज्ञवाली र विदेशमन्त्री स्वराजबीच भेटवार्ता

परराष्ट्रमन्त्री ज्ञवाली र विदेशमन्त्री स्वराजबीच भेटवार्ता

काठमाडौँ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज अपराह्न आफ्ना भारतीय समकक्षी श्रीमती सुष्मा...   
आजबाट लागु भएको नयाँ कानूनबारे मुख्यमन्त्री भट्ट यसो भन्छन्

आजबाट लागु भएको नयाँ कानूनबारे मुख्यमन्त्री भट्ट यसो भन्छन्

धनगढी। आजबाट लागू भएको मुलुकी देवानी तथा फौजदारीसम्बन्धी संहिताको प्रभावकारी कार्यान्वयन हुन सकेमा...   
पाँच अर्बको हस्तकला सामग्री विदेशबाट

पाँच अर्बको हस्तकला सामग्री विदेशबाट

काठमाडौँ।आर्थिक वर्ष २०७४/७५ मा नेपालमा उत्पादित रु पाँच अर्ब २१ करोड २० लाख ३३ हजारको हस्तकला सामग्री...   

प्रतिनिधिसभाको शून्य समयः उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन माग

काठमाडौँ।  प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र, समसामयिक विषय र देशैभर...   
नेकपाको विद्यार्थी संगठनले नाम र केन्द्रीय समितिको टुङ्गो लगायो

नेकपाको विद्यार्थी संगठनले नाम र केन्द्रीय समितिको टुङ्गो लगायो

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीबीचको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top