/  Fri, October 19, 2018

सहकारीबाट ४९ लाख चोरी

चितवन। जिल्लामा सहकारी संस्थामा चोरीको घटना बढ्दै गएको छ ।

विगत ६ महिनामा जिल्लका नौ सहकारी संस्थामा चोरी भएको छ । प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार ती सहकारीबाट रु ४९ लाख ३८ हजार बराबरको चोरी भएको छ । एउटा सहकारीबाट रु १० हजारदेखि रु ३५ लाखसम्म चोरी भएको छ ।

सवैभन्दा बढी सर्वोदय बहुउद्देश्यीय सहकारी भरतपुरबाट रु ३५ लाख ८० हजार चोरी भएको छ । गीतानगर साना किसान गरिबी निवारण कृषि सहकारी संस्थाबाट रु १० हजार, भरतपुरस्थित इन्द्रग्राम पुनर्मिलन सहकारीबाट रु ५० हजार, माडीको सहनशील महिला सहकारीबाट रु एक लाख ११ हजार, बछ्यौलीको साना किसान कृषि सहकारीबाट रु ३६ हजार तथा बछ्यौलीकै वछ्यौली नारी चेतना सहकारीबाट रु एक लाख १५ हजार चोरी भएको छ ।

यस्तै रत्ननगरको एकीकृत कृषक बचत तथा ऋण सहकारीबाट रु एक लाख ९९ हजार, भरतपुरको अभ्युदय बहुउद्धेश्यीय सहकारीबाट रु तीन लाख १७ हजार र भरतपुरकै प्रभा दिदी बहिनी सहकारीबाट रु छ लाख ५३ हजार चोरी भएको जिल्ला प्रहरी कार्यालयको दर्ता उजुरीमा उल्लेख छ । चोरीमा सम्बन्धित कार्यालयकै कर्मचारी तथा सो विषयबारे जानकार व्यक्तिको संलग्नता रहेको पाइएको ढकालले बताए। घटनाको अनुसन्धान गर्न टोली गठन गरी परिचालन गरिएको छ । सहकारीमा चोरी गर्ने गिरोहले सिसी क्यामेरा नष्ट गरेर चोरी गर्ने गरेको पाइएको छ । शृङ्खलावद्ध रूपमा सहकारी संस्थामा चोरी हुन थालेपछि सहकारीकर्मी चिन्तित बनेका छन् ।

साउन २५ गते, २०७५ - १०:३८ मा प्रकाशित

जोखिममा राउटे बालबालिका

दैलेख। गत साउन अन्तिम साता दैलेखको गुराँस गाउँपालिका–८ अन्तर्गत गर्चामा रहेको पातलेखोला किनारमा...   

भक्तपुरमा अनुगमनः गुणस्तरहीन मासु बिक्री

भक्तपुर। सूर्यविनायक नगरपालिका क्षेत्रका अधिकांश मासु पसलमा झिङ्गा भन्केका, गनाउने र गुणस्तरहीन...   

६४ वर्षमा नागरिकता पाउदा…

दमौली। हालसम्म पनि नागरिकता नबनाएका तनहुँको घिरिङ गाउँपालिका–१ निवासी ६४ वर्षीया तारामाया थापाले...   

अपराधलाई निस्तेज पार्न समन्वय जरुरी छः गृहमन्त्री

काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्य हुने...   

शेयर बजारः दोहोरो अङ्कले वृद्धि

काठमाडौँ। धितोपत्र बजारले नेपालीको महत्वपूर्ण पर्व दशैंँलाई हरियो झण्डा देखाएर स्वागत गर्ने सङ्केत...   

प्रहरीकाे ‘समुदाय-प्रहरी साझेदारी’ नयाँ कार्यक्रम, यस्ताे छ कार्यक्रमका प्राथमिकता

काठमाडौँ। नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय- प्रहरी साझेदारी’...   
लाभग्राही सूचीमा नपर्नेका उजुरीको फैसला कात्तिकमा मात्रै

लाभग्राही सूचीमा नपर्नेका उजुरीको फैसला कात्तिकमा मात्रै

काठमाडौँ। पुनः निर्माणबारेमा परेका दुई लाख पाँच हजार ५८४ गुनासो फछ्र्यौट भएको छ ।  निजी अवास पुनः निर्माण...   

सिकागोमा ट्रम्प विरुद्ध हजारौंको र्याली

सिकागो। अमेरिकाको सिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौंले प्रदर्शन गरेका छन् । आउदो...   

पश्चिमी क्षेत्रमा ट्रक दुर्घटना, १९ जनाको मृत्यु, ११ जना घाइते

इस्तानबुल। टर्कीको आधिकारिक समाचार एजेन्सी अनादोलले सडक दुर्घटनामा कम्तीमा १९ जना आप्रवासीको मृत्यु...   
एउटा नगरपालिकाको ५९ दरबन्दीमा नौ कर्मचारी

एउटा नगरपालिकाको ५९ दरबन्दीमा नौ कर्मचारी

। माई नगरपालिकामा कर्मचारी अभाव भएपछि सेवाग्राही मर्कामा पर्न थालेका छन् । नगरमा दरबन्दीको एक तिहाइ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top