Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

स्थानीय तहमा उठेन लक्ष्यअनुसार राजस्व

तौलिहवा । कपिलवस्तुका ६ नगरपालिकामध्ये कृष्णनगरले मात्र लक्ष्यअनुरूप राजस्व उठाउन सकेको छ। वाणगंगा, बुद्धभूमि, शिवराज, महाराजगञ्ज र कपिलवस्तु नगरपालिका लक्ष्यअनुरूप राजस्व उठाउन असफल भएका हुन्। गत आव ०७४/७५ मा १ करोड ७७ लाख राजस्व उठाउने लक्ष्य राखेको कृष्णनगर नगरपालिकाले २ करोड ५ लाख राजस्व संकलन गरेको छ। लक्ष्यभन्दा बढी २८ लाख राजस्व संकलन गरेको कृष्णनगरले जनाएको छ। सीमा क्षेत्रको नगरपालिका भएकाले लक्ष्यभन्दा धेरै उठेको प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए। कृष्णनगरले चालु आव ०७५/७६ मा ३ करोड आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। ६ वटा नगरपालिकामध्ये सबैभन्दा बढी ५ करोड आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको वाणगंगा नगरपालिकाले गत आवमा २ करोड २६ लाख मात्र राजस्व संकलन गरेको छ। जसमध्ये मालपोत तथा भूमि करबाट २४ लाख ८९ हजार, घरजग्गा करबाट २६ लाख ३८ हजार, बहाल बिटौरी करबाट ५ लाख ५० हजार, व्यवसाय करबाट २ लाख ३३ हजार, बहाल करबाट १ लाख ८५ हजार रुपैयाँ उठेको लेखा अधिकृत गोविन्द आचार्यले जानकारी दिए। चालु आवमा वाणगंगा नगरपालिकाले पुनः ५ करोड ७० लाख राजस्व उठाउने लक्ष्य राखेको छ। वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले करको दर कम हुनु, कर तिर्नुपर्छ भन्ने अभियान प्रभावकारी नहुनु र नयाँ नयाँ नगरपालिकालाई कर व्यवस्थापनमा ज्ञान नहुँदा लक्ष्यअनुसार राजस्व उठाउन नसकिएको बताए। सबैभन्दा पुरानो कपिलवस्तु नगरपालिका पनि लक्ष्यअनुरूप राजस्व उठाउन असफल भएको छ। बुद्धभूमि नगरपालिकाले ३ करोड आन्तरिक राजस्व उठाउने लक्ष्य राखे पनि लक्ष्यअनुसार राजस्व उठाउन सकेको छैन। उसले ३ करोडको लक्ष्यमध्ये गत आवमा ५० प्रतिशत मात्र राजस्व उठाउन सकेको छ। बुद्धभूमिले चालु आवमा २ करोड ७६ लाख राजस्व उठाउने लक्ष्य राखेको राजस्वका रामवृक्ष चौधरीले जानकारी दिए। त्यस्तै शिवराज नगरपालिकाले पनि लक्ष्यअनुसार राजस्व उठाउन सकेन। गत आवमा ३ करोड राजस्व उठाउने लक्ष्य राखे पनि १ करोड ७६ लाख २० हजार मात्र राजस्व उठाएको छ। चालु आवमा पनि नगरपालिकाले ३ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। महाराजगन्ज नगरपालिकाले पनि लक्ष्यअनुरुप राजस्व संकलनमा असफल भएको छ। नगरपालिकाले गत आवमा ९९ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। तर लक्ष्यभन्दा आधा पनि राजस्व उठाउन नसकेको पाइएको छ। महारागन्ज नगरपालिकाले जम्मा २७ लाख मात्रै राजस्व संकलन गरेको लेखा अधिकृत होमनाथ पौड्यालले जानकारी दिए। चालु आवमा वर्ष ७५÷७६ मा १ करोड १० लाख उठाउने लक्ष्य राखेको छ। जिल्लाको सबैभन्दा पुरानो कपिलवस्तु नगरपालिका पनि लक्ष्यअनुरूप राजस्व उठाउन असफल भएको छ। गत आवमा राखेको १ करोड ९३ लाख आन्तरिक राजस्व उठाउने लक्ष्यमध्ये यो नगरपालिकाले १ करोड ६३ लाख उठाएको छ। चालु आवमा ३ करोड ३२ लाख १० हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको लेखा अधिकृत बलराम न्यौपानेले जानकारी दिए। लक्ष्यअनुरूपको आन्तरिक राजस्व संकलन गर्न नसक्दा विकास निर्माणमा कामसमेत प्रभावित भएका छन्। यसले जनप्रतिनिधिको क्षमतामाथि पनि प्रश्न खडा भएको सरोकारवाला बताउँछन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies