Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

विद्यालयमा मोबाइल लान पुर्णरुपमा निषेध

दार्चुला।  नेपालभरि इन्टर्नेटको विस्तार भएसँगै मोबाइल फोनमार्फत् इन्टर्नेट चलाउनेहरूको सङ्ख्या पनि बढिरहेको छ। त्यसरी मोबाइल चलाउनेमा विद्यालयका विद्यार्थीदेखि जागिरेसम्म छन् । सजिलै उपलब्ध हुने सस्तो खालका स्मार्टफोनबाट पनि इन्टर्नेट चलाउन सहज हुन थालेपछि विद्यार्थीहरूलाई समेत मोबाइल चलाउने लत लागेको भन्दै चिन्ता व्यक्त हुने गरेको छ । विद्यार्थीले मोबाइल धेरै हेर्न थालेको भन्दै दार्चुलास्थित महेन्द्र नमुना माध्यामिक विद्यालयले मोबाइलको फोन प्रयोगमाथि प्रतिबन्ध लगाएको छ । विद्यालय सञ्चालन भइरहँदा पनि विद्यार्थीहरू फोनमै व्यस्त हुन थालेको भन्दै उक्त विद्यालयले आफ्नो परिसरभित्र मोबाइल फोनको प्रयोगलाई निषेध गरेको हो । शिशु कक्षादेखि १२ कक्षासम्म १८ सय विद्यार्थी रहेको उक्त विद्यालय परिसरमा सम्पूर्ण विद्यार्थीहरूलाई मोबाइल फोन निषेध गरिएको छ। त्यस्तो प्रतिबन्ध विद्यार्थीलाई मात्रै नभई शिक्षकहरूलाई समेत लगाइएको उक्त विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले बताए। उनले भने, \'शिक्षकहरूले पढाउँदै गरेको बेला विद्यार्थीहरूले कक्षा कोठामा होहल्ला गर्ने, फोन चलाउँदै बस्ने जस्ता गतिविधिहरू गरेपछि त्यसले नतिजा पनि अपेक्षाकृत नआउने जस्तो देखियो ।\' हातहातमा अहिले मोबाइल फोन देखिन थालेको छ। मोबाइलमा इन्टर्नेट समेत उपलब्ध हुन थालेकोले अहिले विश्वका खबरहरू हत्केलामै हेर्न, पढ्न र सुन्न सकिन्छ । तर विद्यार्थीले फोनलाई खालि फोटो खिच्ने र सामाजिक सञ्जाल चलाउन प्रयोग गर्ने गरेको पाइएपछि मोबाइलको प्रयोग निषेध गरिएको विद्यालयले जनाएको छ । कक्षा १० मा अध्ययनरत छात्र शङ्कर सिंह बोहोराले विद्यालयमा मोबाइल फोनको गलत प्रयोग भएको पाइएपछि शिक्षक र विद्यार्थी दुवैलाई विद्यालय परिसरमा मोबाइलको प्रयोगमाथि प्रतिबन्ध लगाइएको बताए । सञ्चारको प्रयोगले कामकाजलाई छिटोछरितो तथा प्रभावकारी बनाउने भए पनि पछिल्लो समय भने धेरै मानिसलाई मोबाइल हेरिरहने लत लागेको छ। त्यसबाट कलिला विद्यार्थीहरू अछुतो छैनन् । कक्षा १० मै अध्ययनरत छात्रा माया जोशीले भनिन्, \'अहिले मोबाइल फोनमा प्रतिबन्ध लगाइएपछि कक्षामा धेरै होहल्ला हुँदैन र हामी विद्यार्थीले पनि ध्यान पढाइमा केन्द्रित गर्ने गरेका छौँ।\' केही समयपहिले विद्यालयले विद्यार्थीको पढाइमा सहज होस् र विद्यार्थी पनि केही सिकून् भन्ने सोचका साथ निस्शुल्क इन्टर्नेट जडान गरेको थियो। तर विद्यार्थीहरूले इन्टर्नेटमार्फत् ज्ञान आर्जनभन्दा पनि सामाजिक सञ्जाल प्रयोग गरेर मनोरञ्जन गर्न थाले। त्यसपछि विद्यालयले मोबाइल फोनको प्रयोगमा बन्देज लगाइदिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत जेठ महिनासम्म देशभरि जीएसम र सीडीएमए गरेर तीन करोड ८० लाखभन्दा बढी मोबाइल फोन सेवा प्रदान गरिएको छ। तिनमध्ये झन्डै डेढ करोड फोनबाट इन्टर्नेट प्रयोग हुने गरेको तथ्याङ्कले देखाउँछ। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies