/  Sat, February 23, 2019

स्वास्थ्य चौकीमा बच्चा जन्माउनेलाई भत्ता

मोरङ । कानेपोखरी गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई रु छ हजार ८०० भत्ता दिने निर्णय गरेको छ ।

कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई गाउँपालिकाले रु पाँच हजार र स्वास्थचौकीले रु एक हजार ८०० उपलब्ध गराउने भएको हो । आर्थिक वर्ष ०७५÷७६ को बजेटमा परेको उक्त रकम साउन महिनादेखि दिने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता सुशील बुढाथोकीले बताउए ।

यो सुविधा जुनसुकै स्थानबाट आएका नेपाली नागरिकलाई दिइने छ । प्रसूतिगृहमा प्रसूति गराउन ल्याएर स्वास्थ्य चौकीले अर्को अस्पतालमा सिफारिस गर्नुपरेमा त्यस्ता सुत्केरीलाई एम्बुलेन्सबापत रु दुई हजार भाडा समेत दिइने स्वास्थ्य चौकी सञ्चालन समितिका अध्यक्ष तथा वडा नं ४ का वडाध्यक्ष धनबहादुर राईले जानकारी दिए ।

स्वास्थ्य चौकीले प्रदान गर्ने रु एक हजार ८००को हकमा भने नियमित जाँच गराएको हुनुपर्ने स्वास्थ्य चौकीका प्रमुख कामेश्वर अधिकारीले बताए । उक्त स्वास्थ्य चौकीले २४ सै घण्टा प्रसूति सेवा दिइरहेको छ ।

साउन २४ गते, २०७५ - ०९:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतीय पक्षले बनाएको ड्यामले १३ सय घरधुरी डुबानमा पर्ने

भारतीय पक्षले बनाएको ड्यामले १३ सय घरधुरी डुबानमा पर्ने

कैलाली । सीमा नजिकै भारतीय पक्षले एकतर्फी रुपमा ड्याम निर्माण गर्न थालेको छ । भारतीय पक्षल सन्धिसम्झौताविपरीत...   
नेपालको स्याटालाइट अन्तरिक्षमा पठाउँदै

नेपालको स्याटालाइट अन्तरिक्षमा पठाउँदै

काठमाडौं । सन् १९५७ मा सोभियत संघले पहिलोपटक स्याटलाइट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको थियो...   

खानेपानीको मुहान खोज्दै जंगल पसे मेयर

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिकाका मेयर विपिन राई नेतृत्वको टोलीले गाग्रो बोकेर जंगल चहारेको...   

प्रधानमन्त्री ओलीको प्रस्तावले गर्दा नेकपाको शक्तिशाली कार्यदल भंग

काठमाडौं । पार्टी एकताको सांगठनिक कामको टुंगो लगाउन गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अधिकार...   

त्रिविको तयारी : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी वैशाखमा गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०७६ वैशाखमा सारिएको...   

१ सय ५० रोपनी सरकारी जग्गा हयात होटलको नाममा

काठमाडौं । तारागाउँ विकास समितिको गतल निर्णयका कारण सरकारी स्वामित्वको १ सय ५० रोपनी जग्गा हयात होटलका...   

कांग्रेसमा शेरबहादुर देउवा र कोइराला  वाक्‍‍‍युद्व

काठमाडौं । कांग्रेसमा सभापति शेरबहादुर देउवा र कोइराला परिवार नेताहरूबीच वाक्युद्ध चलेको छ। पार्टीको...   

आजको राशिफल

काठमाडाैं । वि.सं.२०७५ साल फाल्गुन ११ गते । शनिबार । ईश्वी सन् २०१९ फेब्रुवरी २३ तारिख । नेपाल संवत्...   

सरकार अब सहरभित्रका पेट्रोल पम्प हटाउँने तयारीमा

काठमाडौँ । सरकारले उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न समस्या परेपछि सहरभित्रका पेट्रोल पम्पले गर्दा...   

श्रीमतीको हत्या गरी काटिएको टाउको लिएर थाना पुगे श्रीमान्

बीबीसी । भारतको मध्यप्रदेशको मुरैना जिल्लामा एक व्यक्तिले श्रीमतीको हत्या गरेपछि काटिएको टाउको लिएर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top