/  Fri, October 19, 2018

पहिरोबाट जोगाउन यस्तो कार्ययोजना बनाउदै सरकार

जाजरकोट। जाजरकोटमा दर्जनौँ बस्ती पहिरोको जोखिममा रहेको भन्दै सर्तक रहन आग्रह गरिएको छ ।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको निर्देशनमा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृतद्वय महेन्द्रकुमार मण्डल र महेश कुमाईको टोलीले स्थलगत अध्ययन र स्थानीय सरोकारवालासँगको छलफलका आधारमा उक्त निष्कर्ष निकालेको हो ।

टोलीले सदरमुकामस्थित पहिरो प्रभावित विभिन्न स्थानको स्थलगत अवलोकन गरेको छ । सदरमुकामका शान्तिचौतारा, ठाँटी, थाप्ले, बाहुनवाडा, पिपलडाँडा, स्याला, रिसाङ, बोहरा, दार, पोखरा, तिमिले, छिपे्रना, भेरे, गंगटीयालगायत स्थानका हजार बढी घर पहिरोको जोखिममा रहेकाले सचेतना अपनाउन र सुरक्षित रहन अध्ययन टोलीले सुझाएको छ ।

जतिखेर पनि घर भत्कन सक्ने वा माथिबाट पहिरो आउन सक्ने अवस्थामा रहेको भन्दै पहिरोको प्रकृति कस्तो खालको छ । कुन क्षेत्र बढी प्रभावित छ रु के कारण पहिरो गयो लगायतका विभिन्न पक्षमा दीर्घकालीनरुपमा समस्या समाधान गर्न सुझाव र लागत अनुमान तयार गर्ने गरी आफूहरू मन्त्री बस्नेतको निर्देशनमा आएको अधिकृत मण्डलले बताए ।

भिरालो जमीनमा घर निर्माण, सडकको पानी र नालाको व्यवस्थापन हुन नसक्दा पहिरोको जोखिम बढेको उनको भनाइ छ । मन्त्री बस्नेतले सदरमुकाम खलङ्गामा देखिएको पहिरोको जोखिम निराकरण गर्न टोली तत्काल जान निर्देशन दिएलगत्तै जाजरकोट पुगेर अध्ययन गरिएको हो । सदरमुकाम खलंगाको पहिरो रोकथामका लागि करीब रु २० करोड तत्काल खर्च गर्नुपर्ने अध्ययन टोलीको निष्कर्ष छ ।

साउन २३ गते, २०७५ - १२:२४ मा प्रकाशित

जोखिममा राउटे बालबालिका

दैलेख। गत साउन अन्तिम साता दैलेखको गुराँस गाउँपालिका–८ अन्तर्गत गर्चामा रहेको पातलेखोला किनारमा...   

भक्तपुरमा अनुगमनः गुणस्तरहीन मासु बिक्री

भक्तपुर। सूर्यविनायक नगरपालिका क्षेत्रका अधिकांश मासु पसलमा झिङ्गा भन्केका, गनाउने र गुणस्तरहीन...   

६४ वर्षमा नागरिकता पाउदा…

दमौली। हालसम्म पनि नागरिकता नबनाएका तनहुँको घिरिङ गाउँपालिका–१ निवासी ६४ वर्षीया तारामाया थापाले...   

अपराधलाई निस्तेज पार्न समन्वय जरुरी छः गृहमन्त्री

काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्य हुने...   

शेयर बजारः दोहोरो अङ्कले वृद्धि

काठमाडौँ। धितोपत्र बजारले नेपालीको महत्वपूर्ण पर्व दशैंँलाई हरियो झण्डा देखाएर स्वागत गर्ने सङ्केत...   

प्रहरीकाे ‘समुदाय-प्रहरी साझेदारी’ नयाँ कार्यक्रम, यस्ताे छ कार्यक्रमका प्राथमिकता

काठमाडौँ। नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय- प्रहरी साझेदारी’...   
लाभग्राही सूचीमा नपर्नेका उजुरीको फैसला कात्तिकमा मात्रै

लाभग्राही सूचीमा नपर्नेका उजुरीको फैसला कात्तिकमा मात्रै

काठमाडौँ। पुनः निर्माणबारेमा परेका दुई लाख पाँच हजार ५८४ गुनासो फछ्र्यौट भएको छ ।  निजी अवास पुनः निर्माण...   

सिकागोमा ट्रम्प विरुद्ध हजारौंको र्याली

सिकागो। अमेरिकाको सिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौंले प्रदर्शन गरेका छन् । आउदो...   

पश्चिमी क्षेत्रमा ट्रक दुर्घटना, १९ जनाको मृत्यु, ११ जना घाइते

इस्तानबुल। टर्कीको आधिकारिक समाचार एजेन्सी अनादोलले सडक दुर्घटनामा कम्तीमा १९ जना आप्रवासीको मृत्यु...   
एउटा नगरपालिकाको ५९ दरबन्दीमा नौ कर्मचारी

एउटा नगरपालिकाको ५९ दरबन्दीमा नौ कर्मचारी

। माई नगरपालिकामा कर्मचारी अभाव भएपछि सेवाग्राही मर्कामा पर्न थालेका छन् । नगरमा दरबन्दीको एक तिहाइ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top