Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

बस र ट्रक एकआपसमा ठोकिँदा ४ को मृत्यु, १७ घाइते

चितवन । पूर्व–पश्चिम महेन्द्र राजमार्गको रत्ननगर नगरपालिका–१० भानुचोकमा मंगलबार राति ११ बजे बस र ट्रक एकआपसमा ठोकिँदा चारजनाको ज्यान गएको छ भने घटनामा १७ जना घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । अाजकाे अन्नपुर्ण पाेष्ट दैनिकमा याे खबर छ - जिल्ला प्रहरीका प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालका अनुसार काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको ना ६ ख १७४१ नम्बरको मकालु यातायातको यात्रु बस र नारायणगढ तर्फबाट आउँदै गरेको ना ५ ख ५९४१ नम्बरको ट्रक एक आसपसमा ठक्कर खाएका थिए । घटनास्थलमा २१ जना घाइते भएपछि उपचारका लागि भरतपुरको पुरानो र नयाँ मेडिकल कलेजको शिक्षण अस्पतालमा ल्याइएको थियो । डिएसपी ढकालले नयाँ मेडिकल कलेजमा उपचार हुँदै गर्दा तीनजनाको निधन भएको छ । त्यसै गरी पुरानो मेडिकल कलेजमा उपचार गराइ रहेकामध्ये एकजनाको निधन भएको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट प्राप्त विवरणमा ट्रकका चालक रौतहट चपुर–२ का ३४ वर्षीय मोहन घिसिङ र सहचालक चपुरकै ३० वर्षीय बुद्धिमान लामाको को निधन भएको छ । त्यसै गरी ताप्लेजुङकी ४२ वर्षीया तारा बरालको पनि निधन भएको रत्ननगर प्रहरीले जनाएको छ । प्रहरीको अनुसार काठमाडौं थानकोट–३ का विष्णुप्रसाद थापाको पनि उपचारको क्रममा ज्यान गएको छ । घटनाको कारणका बारेमा अनुशन्धान भइरहेको डिएपी ढकालले जानकारी दिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies