Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

मापदण्डविपरीत एक्सरे सेवा सञ्चालन

बुटवल। बुटवलका अधिकांश एक्सरे सेवा मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले बुटवलमा गरेको अनुगमनका क्रममा विभिन्न अस्पताल, निजी क्लिनिक, पोलिक्लिनिकलगायतमा एक्सरे सेवा उपलब्ध गराउँदैआएको जनशक्तिले अनुभवका आधारमा मात्र काम गरिरहेको जनाएको छ । “मैले पाँच वर्षको अनुभवका आधारमा मात्र काम गरिरहेको छु,” बुटवलस्थित सन्तोष मेडिकलको एक्सरे सेवामा कार्यरत मीनबहादुर जिसीले भने । उनले एक्सरे गर्न जानेको व्यक्तिसँग सिकेका आधारमा सो काम गरेको बताए । बुटवलस्थित मंगलम पोलिक्लिनिकको एक्सरे सेवामा कार्यरत हार्दिककुमार श्रेष्ठले सिएमए पास गरेका छन् । उनले एक्सरे सेवामा नियमित काम गर्दै आएका छन् । सो पोलिक्लिनिक बिनादर्ता अवैधरूपमा सञ्चालनमा छ । सो पोलिक्लिनिकका कार्यकारी निर्देशक मनोज पन्तले दर्ता प्रक्रियामा रहेको बताए । परिषद्ले अनुगमन गरेका केही ठाउँबाहेक अधिकांश एक्सरे सेवा बन्द गरिएको छ । बुटवलको मेडिटेक इन्टरनेशनल अस्पताल प्रालि र बुटवल हस्पिटल प्रालिमा पनि दक्ष जनशक्ति छैन । दक्ष जनशक्ति नहुँँदा अनुभवका आधारमा एक्सरे सेवा प्रदान गरिँदै आएको छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्का निरीक्षणविज्ञ एवं नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्ष मुकेशकुमार झाले परिषद्मा दर्ता नभइ एक्सरे सेवा सञ्चालन गर्न नपाउने बताए । उनले बुटवलको एक्सरे सेवाको गुणस्तरीय नभएको बताए । बिरामीको स्वास्थ्यमा खेलवाड गरिएको उल्लेख गर्दै उहाँले बुटवलमा रेडियोग्राफरको संख्या पनि न्यून रहेको बताए । नेपाल स्वास्थ्य व्यवसायी परिषद्का निरीक्षणविज्ञ नारायण शर्माले बुटवलका एक्सरे सेवा कक्ष मापदण्डअनुसार सञ्चालन नभएको बताए । एक्सरे सेवा दिँदै आएका सञ्चालकले एक्सरे कक्षको क्षेत्रफल बढाउने, एक्सरे सेवामा रेडियोग्राफर राख्ने र एक्सरे सेवा दिँदा विकीरण (रेडिएसन)बाट बच्न सतर्कता अपनाउने आश्वासन दिएका छन् । परिषद्ले बुटवलको लुम्बिनी नर्सिङहोम, तिलोत्तमा अस्पताल, पुष्पा फार्म, लुम्विनी एक्सरे सेवा र आस्था एक्सरे सेवाको पनि अनुगमन गरेको थियो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies