Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

एकदिवसीय अन्तर्राष्ट्रिय: पहिलो जित

एमस्ट्राडम  । नेपालले अन्तिम बलसम्म पुगेको खेलमा नेदरल्यान्ड्सलाई एक रनले पराजित गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो जित हात पारेको छ । एमस्टलभिनस्थित भीआरए मैदानमा शुक्रबार दोस्रो खेलमा जित दर्ता गरेसँगै दुई खेलको शृंखला १–१ को बराबरीमा टुंगिएको छ । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शुक्रबार रन बटुल्दै नेपालका कप्तान पारस खड्का । नेपालले अन्तिम बलमा एक रनको सनसनीपूर्ण विजय नतिजा निकालेको थियो । ५१ रन बनाएका पारसले अन्तिम बलमा फ्रेड क्लासेनलाई रनआउट गर्दै ऐतिहासिक जित रचेका थिए । पहिलो ब्याटिङ गरेको नेपालले ४९ औं ओभरमा अलआउट हुनुअघि २ सय १६ रन जोडेका कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतक बनाएका थिए । नेदरल्यान्ड्सलाई ४३.३ ओभरमा १८५–९ को स्थिति राखे पनि अन्तिम विकेटको साझेदारी नेपालका लागि टाउको दुखाइ बनेको थियो । डच टोलीका फ्रेड क्लासेन र पल भान मिकेरेनले अन्तिम बलसम्म जितको आशा कायम राखेका थिए । अन्तिम ओभरमा ६ रन चाहिएको स्थितिमा कप्तान पारसले पहिलो बलमा एक रन दिए । दोस्रो बलमा डट फ्याँकेका उनले तेस्रो बलमा १ रन खर्चे । चौथो बलमा २ रन दिएपछि घरेलु टोलीलाई अन्तिम २ बलमा २ रन चाहिएको थियो । पाँचौं बलमा कुनै रन नदिएका पारसले अन्तिम बलमा रनआउट गर्न सफल रहे । पारसको अन्तिम बल सिधा प्रहार गरेका क्लासेनको प्रहार सिधै नन–स्ट्राइकरको विकेटमा लागेपछि पारसले फर्केको बल टिप्दै स्टम्प उखालेर नेपालको जित पक्का गरे । प्रतिस्पर्धात्मक लक्ष्य बचाउने क्रममा सोमपालले नेपालका लागि उत्कृष्ट सुरुआत दिलाए । उनले ओपनर स्टेफन माइबर्गलाई दोस्रो बलमा बोल्ड गरेका थिए । तीव्र गतिका बलर ललितसिंह भण्डारीले आफ्नो पहिलो एकदिवसीय विकेट लिने क्रममा १९ रन जोडेका बेन कुपरलाई पेभेलियन फर्काए । तेस्रो विकेटमा बरेसी र ओपनर ड्यानियल टर ब्राकले ८४ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सलाई बलियो स्थितिमा पुर्‍याएका थिए । तर लेग स्पिनर सन्दीप लामिछानेले ब्राक र बास डे लिड (शून्य) लाई एउटै ओभरमा आउट गर्दै नेपाललाई खेलमा फर्काए । वसन्त रेग्मीले पहिलो खेलको म्यान अफ द म्याच माइकल रिप्पोनलाई ३ रनमा आउट गरे । दीपेन्द्रसिंह ऐरीले बरेसीलाई पेभेलियन फर्काउँदै नेदरल्यान्ड्सलाई १४३–६ को स्थितिमा पुर्‍याए । उनले ८९ बलमा ८ चौका मद्दतले ७१ रन बनाए । ललितले स्कट एडवार्ड्सलाई ९ तथा कप्तान पारसले सिलारलाई २१ रनमा आउट गर्दै नेपाललाई खेलमा बलियो बनाए । सन्दीपले स्नेटरलाई १२ रनमा आउट गर्दै १८५–९ को स्थितमा ल्याए । अन्तिम विकेटमा ३० रनको साझेदारी गरे पनि क्लासेन र मिकरेनले जित दिलाउन सकेनन् । त्यसअघि नेपालले सुवास खकुरेल, रोहितकुमार पौडेल र ललितसिंह भण्डारीलाई एकदिवसीयमा डेब्यु दिएको थियो । ज्ञानेन्द्र मल्लले आउट हुनुअघि सुवाससँग पहिलो विकेटमा २९ रनको साझेदारी गरे । क्लासेनले मल्लसँगै अनिल साह (४) र सुवास (१९) लाई पनि आफ्नो सिकार बनाए । एकसमय ११.१ ओभरमा ४७–३ को स्थितिमा थियो । पारस र दीपेन्द्रले राम्रो साझेदारी गरेको अवस्थामा दीपेन्द्र १९ रनमा रनआउट भएपछि नेपाल समस्यामा परेको थियो । डेब्यु गरिरहेका रोहित रिप्पोनको बलमा आउट हुँदा नेपाल ८८–५ को कमजोर स्थितिमा पुग्यो । आरिफ शेख र पारसले छैटौं विकेटमा ४७ रन जोडेर इनिङ्सलाई बढाए । ६५ बलमा अर्धशतक पूरा गरेका पारस त्यसै ओभरको अन्तिम बलमा क्याचआउट भए । उनले ६९ बलमा ६ चौका र २ छक्का प्रहार गरे । आरिफ र वसन्तलाई छोटो अवधिमा गुमाए पनि सोमपालले नेपालको इनिङ्स सम्हाले । उनले नवौं विकेटमा कुनै रन नजोडेका सन्दीपसँग ४१ रनको साझेदारी गरे । ३८ बलमा अर्धशतक पूरा गरेका सोमपालले ६१ रन जोडे । उनले त्यसक्रममा ५ चौका र ३ छक्का प्रहार गरेका थिए । क्लासेनले शीर्ष ३ ब्याट्सम्यानलाई आउट गर्दा रिप्पोन र सिलारले २–२ विकेट हात पारे । \"\" नेदरल्यान्ड्सविरुद्ध शुक्रबार दोस्रो वान–डे अन्तर्राष्ट्रियमा ब्याटिङ गर्दै नेपालका सोमपाल कामी ।\"\" \"\"  

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies