Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

एप्पलको बजार मूल्य १० खर्ब डलर पुग्यो

\"\"न्यूयोर्क। आइपड, आइफोन र आइप्याडको उत्पादक कम्पनी एप्पलले बिहीबार अर्को कोशेढुंगा पार गरेको छ अर्थात् बजार मूल्य १० खर्ब अमेरिकी डलर पुग्ने यो निजी क्षेत्रको पहिलो कम्पनी भएको छ । बिहीबार वाल स्ट्रिटमा एप्पलको प्रति सेयर मूल्य २०७।३९ अमेरिकी डलर कायम भएको छ । अमेरिकाको क्यालिफोर्नियामा प्रधान कार्यालय रहेको भिमकाय प्रविधि कम्पनी एप्पलको पहिलो त्रैमासिकमा आम्दानी बढेको विवरण सार्वजनिक भएलगत्तै सेयर मूल्यले नयाँ उचाई छोएको हो । यो ऐतिहासिक सफलता खासगरी सन् २०११ यता प्रमुख कार्यकारीका रुपमा नियुक्त भएका टीम कूकका लागि विशेष महत्वको छ । एप्पलका संस्थापक स्टीभ जब्स गम्भीर बिरामी भएपछि प्रमुख कार्यकारीको पदमा नियुक्त उनीमाथि कम्पनीलाई प्रतिस्पर्धी बनाउन चौतर्फी दबाब थियो । एप्पलका संस्थापक जब्सको अक्टोबर २०११ मा निधन भएको थियो । स्टीभ जब्सको निधनपछि, विश्लेषकहरु र अरु उद्योग क्षेत्रका जानकारहरुले जब्सले झैं कूकले नयाँनयाँ र विशिष्ट प्रविधि भित्र्याउने कुरामा शंका व्यक्त गरेका थिए । तर कूकले ठोस वित्तीय नतिजासँगै विस्तारै लगानीकर्ताबाट स्याबासी बटुल्न सफल भए र एप्पलका उत्पादनहरु उनले चीन र अरु विदेशी बजारमा विस्तार गर्न सक्षम भए । यो स्तरमा पुग्ने एप्पल नै पहिलो निजी क्षेत्रको कम्पनी हो । सन् २००७ मा राज्य सञ्चालित कम्पनी पेट्रोचाइनाले मात्र १० खर्ब डलरको बजार मूल्यको सीमारेखा पार गरेको थियो, तर त्यसयता यसको बजार मूल्य लगातार खस्केको थियो । “हो, मलाई एप्पलको सफलताप्रति गर्व छ, तर अङ्क मात्र पनि केही होइन भन्ने बुझ्नु आवश्यक छ,” कम्पनीका सहसंस्थापक वज्नियाकले याहू फाइनान्सलाई बताएका छन् । अमेरिकी प्रविधि कम्पनीहरुले फैलिदो बजारमा आफ्नो प्रभावलाई राम्रैसँग स्थापित गरेका छन्, र अहिले सेयर मूल्यका आधारमा पाँच उत्कृष्ट कम्पनीमा पहिचान बनाएका छन् । एप्पलको पछिपछि एमेजोन, गुगल, माइक्रोसफ्ट र फेसबुक छन् । विश्व बैंकको सन् २०१६ को तथ्याङ्क अनुसार, १० खर्ब डलर भनेको इन्डोनेसियाको झण्डै वार्षिक कूल गार्हस्थ्य उत्पादन बराबर हो, र बेल्जियमको भन्दा दोब्बर हो । अमेरिकी सेयर बजारको मुख्य परिसूचक डाउले पनि पहिलोपटक २५,००० विन्दु पार गरेको छ । योसँगै एप्पलले पनि नयाँ उचाई छोएको हो । “१० खर्ब डलरको उचाई छुनु भनेको मनोवैज्ञानिक कुरा हो, र यसले बजारमा वृद्धि र आकार दुवैमा कम्पनीको प्रभाव बलियो रहेछ भन्ने सन्देश दिन्छ,” एस एन्ड पी डाउ जोन्सका वरिष्ट विश्लेषक होवार्ड सिल्भरब्लाटले बताए । सन् २००७ मा स्टीभ जब्सले आइफोनको पहिलो मोडेल सार्वजनिक गरेयता हालसम्म एप्पलले एक अर्बभन्दा बढी मोबाइल सेट बिक्री गरिसकेको छ । सेयर पुनः खरिद गर्न एप्पलले अर्बौं डलर खर्च गरेका कारण पनि एक खर्ब डलरको बजार मूल्य कायम गर्न मद्दत पुगेको बताइन्छ । कम्पनीले मोबाइलको हार्डवेयर र सफ्टवेयरमा नियन्त्रण गर्ने विशिष्ट प्रविधि अपनाएको छ, र मोबाइल प्रयोगकर्ताले एप स्टोरबाट आफूलाई चाहिएका एप्सहरु डाउनलोड गर्नु पर्दछ जसका कारण राजश्वमा थप वृद्धि भएको छ । पछिल्लो पटक अमेरिका–चीन व्यापार विवाद, बौद्धिक अधिकार तथा प्रविधिमा आएका नयाँनयाँ चुनौतीका कारण कम्पनीले सङ्घर्ष गर्नु परेको छ ।रासस र एएफपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies