Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

खोप दरबन्दी कटौती गर्दै स्वास्थ्य मन्त्रालय, कटौती नर्गन स्वास्थ्यकर्मीकाे आग्रह

काठमाडौँ। आमा र शिशु स्वास्थ्यसित प्रत्यक्षरुपमा जोडिएको अति संवेदनशील क्षेत्र खोपसम्बन्धी दरबन्दी कटौती नगर्न स्वयं स्वास्थ्यकर्मीले माग गरेका छन् । संघीय संरचनाअनुसार हालै स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ कर्मचारी संरचनामा खोप कार्यक्रमसित सम्बन्धित दरबन्दी कटौती गरेको थियो । बाल स्वास्थ्य र आपूर्ति महाशाखाअन्तर्गतका खोप सुपर अधिकृत, खोप सुपरभाइजर, कोल्डचेन अधिकृत, मेकानिकल इञ्जिनियरलगायत चार जना दरबन्दी रहने व्यवस्था रहिआएको थियो । मन्त्रालयले ती पद कटौती गरेपछि स्वास्थ्यकर्मीले त्यसो नगर्न माग गरेका हुन् । खोप सुपरभाइजर अधिकृत ओम उपाध्यायले आमा र शिशुको स्वास्थ्यसित जोडिएका दरबन्दी कटौती गर्ने निर्णयमा पुनरावलोकन गर्न आग्रह गरे । विसं २०३५ को दरबन्दीलाई विसं २०४८ मा पुनरावलोकन गरी वृद्धि गरिएको थियो । नेपालमा विसं २०२४ मा पहिलो पटक विफर उन्मूलन कार्यक्रम लागू भएको थियो । यसको १० वर्षपछि विसं २०३४ मा विफर उन्मूलन भएपछि विसं २०३५ मा विस्तारित खोप कार्यक्रम अगाडि बढेको थियो । तीन वटा खोपबाट शुरु भएको खोप कार्यक्रम हालसम्म आइपुग्दा ११ प्रकारका खोप बालबालिकालाई लगाइन्छ । स्वास्थ्यकर्मीको एक प्रतिनिधिले उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई भेट गरी खोपसित सम्बन्धित दरबन्दी कटौती नगर्न माग गरेको खोप सुपरभाइजर अधिकृत उपाध्यायले जानकारी गराए । स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठन र युनिसेफको मापदण्डअनुसार खोप भण्डारण तथा व्यवस्थापन गर्ने गर्दछ । खोप कार्यक्रमलाई प्रभावकारी बनाउन खोप ऐन तथा नियमावली कार्यान्वयनमा रहेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies