Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

किन घट्दै छ स्तनपान गराउनेको संख्या ?

काठमाडौँ। स्वास्थ्य सेवा विभाग परिसरमा स्तनपान कक्ष स्थापना भएको छ । दुईजना महिलासम्मले सो कक्षमा आफ्ना शिशुलाई स्तनपान गराई सुताउनसक्ने छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र राष्ट्र संघीय बालबालिका कोष ९युनिसेफ०का प्रतिनिधि टोमो होजुमीले आज संयुक्त रुपमा सो कक्षको शुभारम्भ गरे । स्तनपानका लागि स्वास्थ्य निकायमा छुट्टै कक्ष स्थापना भएको यो पहिलो पटक हो । मन्त्रालय मातहतका स्वास्थ्य सस्था, अस्पतालले समेत छुट्टै स्तनपान कक्ष नरहेका बताइएको छ । अर्कोतर्फ, हालसम्म पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न मन्त्रालयमा कार्यरत महिला कर्मचारीका लागि स्तनपान कक्ष छैन । कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले भने– “स्तनपानका लागि कार्यालयमा छुट्टै कार्यकक्ष स्थापना भएको छैन ।” साथै नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा भवन तथा सिहदरबारस्थित सचिवालयको भवनमासमेत स्तनपान कक्ष छैन । पहिलो र दोस्रो संविधानसभा बैठकका समयमा भने महिला सांसदका लागि छुट्टै कोठाको व्यवस्था मिलाइको थियो । सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले भने, “संघीय संसद् भवन र सचिवालयमा स्तनपानका लागि छुट्टै कक्ष रहेको छैन ।” उसो त त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल तथा आन्तरिक विमानस्थलमा ‘स्तनपान कर्नर’ रहेका छ । तर सबै यात्रुले देख्नसक्ने ठाउँमा सो कर्नर नरहेको बताइएको छ । पछिल्लो जनसाङ्ख्यीक सर्वेक्षण २०१६ का अनुसार नेपालमा पूर्णस्तनपान गराउनेको संख्या ६६ प्रतिशत मात्र रहेको छ । पूर्णस्तनपान भन्नाले शिशुको जन्म भएपछि एक घण्टाभित्रदेखि पाँचवर्षसम्मको स्तनपानलाई जनाउछ । अर्कोतर्फ शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत मात्र रहेको छ । सर्वेक्षणले स्तनपान गराउनु अघि दसजनामध्ये तीनजना शिशुलाई ध्यू,मह ,चिनी चटाउने गरेको देखाएको थियो । शल्यक्र्रिया गरेर जन्माइएका शिशुलाई भने आमाको दूघलाई प्रतिस्थापना गर्ने अन्य खुवाइने गरेको देखिएको छ । अर्कोतर्फ आमाको दूधलाई प्रतिस्थापना गर्ने बस्तु बिक्री वितरण गर्न सरकारले प्रतिबन्ध लगाएको छ । सो सम्बन्धी ऐन २०४९ र नियमावली २०५१ जारी भएको थियो । काठमाडौँ उपत्यकामा नै स्तनपानको अवस्था दयनीय स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले गरेको एक अध्ययनका अनुसार काठमाडाँै उपत्यकाभित्र रहेका अस्पतालमा नै स्तनपान अवस्था गतिलो छैन । अध्ययनका अनुसार जन्मेको एकघण्टाभित्र स्तनपानको दर केवल ४१ प्रतिशत मात्र रहेको छ । यसैगरी शिशु जन्मने वित्तिकै आमाको नाङ्गो छातिमा टसाएर राख्ने दर केवल नौ प्रतिशत छ । शिशु र आमाबीचको भावनात्मक सम्बन्धलाई बढाउन, शिशुको स्वास्थ्य प्रवद्र्धन गर्न यसले सहयोग गर्ने स्वास्थ्य विज्ञ अतुल उपाध्याय बताउछन् । उनी भन्छन्, “स्तनपान सबैभन्दा पुरानो र पहिलो खोप हो, जन्मेको एक घण्टाभित्रदेखि छ महिनासम्म स्तनपान मात्र, दुई वर्षदेखि स्तनपानका साथमा अन्य खानेकुरा खुवाउनाले आमा र शिशुको स्वास्थ्य राम्रो हुन्छ । ” स्तनपानका फाइदा स्तनपानले आमलाई गर्भ निरोधकको रुपमा काम गर्छ । शिशुलाई स्वास्थ्य वृद्धि विकास, सम्पूर्ण आहारा, पानीको स्रोत हो । आमाको दूधमा पाइने तत्वले शिशुलाई रोगसँग लड्ने क्षमता हुन्छ । शिशुलाई जन्मनासाथ छातिमा टासेर राख्दा पाठेघर खुम्चिने प्रक्रियालाई उत्तेजित पार्छ । यसले सालनाल निक्लन र रक्तश्रावसमेत बन्द हुने र आमाको तनावसमेत कम हुने महाशाखाका अधिकृत मुकुन्दराज गौतम बताउनुहुन्छ । आमाको दूधमा रोगाणुनाशक तत्व हुन्छन् । आमाको दूधमा लेक्टोफोर्मिन नामको पोषक तत्व हुन्छ, जसले शिशुहरूको शरीरमा फलामतत्व दिन्छ । आमाको दूधबाट आएका साधारण जीवाणुले शिशुको शरीरमा उब्जने विभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्दछन् । बाहिरी वातावरणबाट आमाको शरीरमा पुगेका रोगका जीवाणु, शरीरमा रहेको विशेष भागको सम्पर्कमा आउछन् र शरीरले ती विशेष रोगाणुको विरुद्ध प्रतिरोधात्मक तत्वहरू बनाउछ । यो तत्व थोरासिक डक्ट भनिने एक विशेष नलीबाट सिधँै आमाको स्तनसम्म पुग्छ र दूधबाट बच्चाको पेटमा पुग्दछ । यसरी शिशु आमाको दूध नियमित रूपमा खाएर स्वस्थ रहन्छन् । ‘स्तनपान ः जीवनको मूल’ आधार भन्ने नाराका साथ यसवर्ष स्तनपान दिवश साताव्यापि रुपमा मनाइँदै छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies