हामी भारत–चीनलाई जित्न चाहन्छौं । हार्न चाहदैनौँ । प्रतिस्पर्धा गर्दै लगानी भित्र्याउन चाहन्छौँ । उत्पादन भएको नेपाली वस्तुको पहिलो ग्राहक नेपाली जनता नै हुन चाहन्छौँ । प्रयोग गरेर बढी भएको वस्तु निर्यात गर्दा चीन–भारत एग्रीमेन्टको आधारमा दोस्रो ग्राहक र बजार बनाउन चाहन्छौँ । त्यसपछि तेस्रो ग्राहक र बजारमा युरोप–अमेरिका, शक्ति महाराष्ट्रहरुलाई सम्झन चाहन्छौँ । त्यसैले, एउटा सियो, सलाई उत्पादन नगर्ने, गर्न नसक्ने, नसोच्ने तर राष्ट्रवादी भनेर छिमेकीलाई सत्तो–सराप्दै आफुलाई स्वभिमानी, महान ठान्दै पुरातनपन्थीको अहङ्कारी घोडामा सवार हुनेहरुलाई गिज्याउदै नयाँशक्तिका अभियानताले उदाहरण पेश गर्न कम्मर कस्नैपर्ने हुन्छ ।राजनैतिक पार्टी धर्मशाला पाटी हुदै होइन । जहाँ सात जना मानिस भेला भएर आठ थरि कुरा सुनाउँछन । राजनैतिक पार्टी त्यो हो, जहाँ सङ्गठन विचारको पुञ्ज हुन्छ । विचारमा मतभिन्नता, काम–कार्यवाहीमा एकरुपता हुन्छ । विशेषतः पार्टीको आइडोलोजी र एजेण्डा ग्राउण्डमा एकसाथ सबैले सजिलै डेलिभरि गर्छन । व्यक्तिको नभई पार्टीको आधिकारिक विचार, धारणा सम्प्रेषण गर्छन । त्यतिखेर मात्रै पार्टी राजनैतिक पार्टीजस्तो हुन जान्छ । नयाँ बन्नलाई नयाँ साङ्गठनिक नाम, विचार र सिद्धान्त लोकप्रिय भएरमात्रै पनि हुदैन । किनभने, नयाँसंविधान थुप्रै अपूर्णता र असहमति छिचोल्दै समर्थन र विरोधवीच जारी भएयता नेपाली राजनैतिक इतिहासमा नयाँ युगको एप चल्न सुरुआत भईसकेको छ । यो आधुनिक र रङ्गीन डिजिटल सफ्टवेयर एप हो । आमजनताको इच्छा–आकाङ्क्षा र चाहना वमोजिम निर्माण गर्न खोजिएको भएपनि केही महत्वपूर्ण त्रुटिहरु रह्यो । यद्यपि, यसलाई समयसापेक्ष परिमार्जन र अपग्रेड गर्दै लान सक्दै नसकिने भन्ने त्यस्तो केही छैन । तर, पुरानै थोत्रो सामन्ती श्यामश्वेत सादासेटमा कामचलाउ भर्सनहरुको क्राउडका कारण केही साना–तिना उल्झन, बाधा र समस्य भएको छ । तसर्थ, समृद्धि–शान्ति र देशप्रेमी आमजनता दिग्भ्रमित छन । चिन्तित छन । यहाँ के सहि के गलत ? छुट्टयाउन कठिन बनाइदै छ । युगसापेक्ष यस्ता भ्रमलाई चिर्दै वर्तमान विकराल राजनितिलाई सुदृढ पार्दै कसरी निरन्तर सुब्यवस्थित समृद्धितिर डो¥याउन सकिन्छ ? राजनितिको लागी फगत राजनिति नभएर राष्ट्र, समाज र मानवजीवनको बाधा–वन्धन र अपरिहार्यता एवं इच्छा–चाहनालाई परिपूर्ति गर्न कसरी राजनितिलाई उपयोगी र अभियानलाई प्रभावकारी एवं शक्तिशाली बनाउदै निश्चित आकार दिन सकिन्छ ? यसबारे विचार–विमर्शको सतही नभई गहिराईमा पुृगेर ठोसरुपमा कार्यन्वायन गर्नुपर्ने हुन्छ । ठूल्ठुला सफलता हासिल गर्न साना–साना कुराहरुको ख्याल गर्नु आवश्यक हुन्छ भनेझै थुप्रै कुराहरुमा सजग रहदै वस्तुतःब्यवहारिक र वैज्ञानिक विधिको अवलम्बन गर्नैपर्ने हुन्छ । साथसाथै यसको तीव्ररुपमा्र विकास गर्दै हरतरहले चुस्तदुरुस्त, पारदर्शी र सुरक्षित राख्दै सदुपयोगी ढङ्गले विधिवत प्रयोग गर्दै निरन्तर अगाडी लगेर पुस्तान्तरण गर्नु महान उपलब्धि हुनजान्छ । यो एतिहासिक असाधारण कार्यभारको जिम्मेवारी परिस्थिति र समयबोध भएका साधारण यूवापुस्तालाई सुम्पने नवयुगले फरमान जारी गरिसकेको छ । [caption id=\"attachment_121536\" align=\"alignleft\" width=\"235\"] लेखक[/caption] यसकारण, यसको सम्बन्ध पुरानै श्यामश्वेत सादा पुरातन, प्रतिगामी सोच राख्ने यूवाहरुसङ्ग हुन सक्तैन । देशभक्तिको फोस्रो मन्त्र जप्ने, अरुलाई सत्तो–सरापेर आफु चोखिदै सिन्को नभाँची महानतम अनुभूति गर्ने, आफ्नो आकार–प्रकार र वास्तविकतालाई बिर्सेझै गरेर अन्धोराष्ट्रवादी बन्ने, भ्रम छर्ने र प्रत्याक्ष–अप्रत्याक्ष स्थिर, प्रतिगमनलाई सघाउने, कुरा गर्नुपर्दा दसहात अघिसर्ने र काम गर्नुपर्दा दसहात पछिपर्ने वा काममा हाजिर नै नहुनेहरु नयाँशक्तिको हिमायती हुनै सक्दैनन् । यस्तासङ्ग नयाँशक्तिको सम्बन्ध रहनै सक्दैन । सत्यको आधारमा तथ्य खोज्दै, तथ्यको आधारमा आफ्नो वास्तविक धरातलको पहिचान गरेर प्राप्त साधन–स्रोतको अधिकतम प्रयोग गर्दै आन्तरिक निरभरता, सम्पन्नता, पूर्णलोकतान्त्रिक मूल्य–मान्यताको अङ्गीकार गर्दै समानुपातिक, समावेशीता, सुशासन र मैत्रीपूर्ण अन्तरदेशीय, अन्तराष्ट्रिय सुमधुर कुटनितिक सम्बन्ध कायम गर्दै सगरमाथाको चमत्कारको रुपमा तीव्ररुपमा देश–विकास र समृद्धि प्राप्त गरेर सूखी–सम्पन्न नेपाल निर्माण गर्ने अठोटकासाथ आफ्नो रुची–दक्षता र पायकपर्ने कार्यक्षेत्रमा तुरुन्त प्रभावकारी ढङ्गले उदाहरणीय रुपमा निरन्तर खटिने अग्रगामी, सचेत देशप्रेमी, विवेकी, परिश्रमी , सुशील–शालीन यूवापुस्ता यस अभियानमा स्वतः समावेश हुनेछन । सामेल गर्न सक्नु पर्दछ । नयाँशक्तिले नयाँसुत्र प्रयोग गरेर विचारमा मत भिन्नता र काम–कारवाहीमा सम्पूर्ण देशभक्त नेपालीको एकरुपता कायम गर्दै राष्ट्रिय स्वधीनता र समृद्धिको मार्ग हरतरहले प्रशस्त खुला गर्नु पर्दछ । त्यसो हुन सकेमात्र यसको सार्थकता रहन्छ । त्यो गर्न सक्ने यो अभियान प्रवल सामथ्र्य राख्दछ । नयाँबन्ने सङ्गठनमा विभिन्न जेल–नेल, आन्दोलन, युद्ध–सङ्घर्षको अनुभव र भोगाई–खटाईको मापदण्डभन्दा पनि कार्यक्षेत्रको दक्षता–विज्ञता र श्रमजीवी मजदूर र विशेषतः यूवाको सन्तुलित सङ्गठन अपरिहार्य छ । नयाँशक्तिले पूँजीवादी युगको उच्चतम प्रयोग गर्दै समुन्नत समाजवादसम्म पुग्न दिशानिर्देश गर्न सक्छ । त्यसो हुननसके लक्ष्यप्राप्ति संभव छैन । नत्र, समाजवादी विचार र लक्ष्य बोकेका दुई–तीन दर्जन नेपालका समाजवादी दलहरु उहिल्यै समृद्धिउन्मूख हुन्थे । सफलता प्राप्त गर्थे । जनताले यो दुर्गति भोग्नु पर्ने थिएन । अहिले नयाँ शक्तिको आवश्यकता पनि पर्ने थिएन । त्यसकारण, वैज्ञानिक विधि प्रयोग गरेर कसरी अघि बढ्न सकिन्छ ? यस बिषयमा सजगता अपनाउदै अघि बढ्नु नै वुद्धिमताभित्र पर्दछ । मानिसलाई आवश्यकताभन्दा बढी फुर्सदिलो समयप्राप्त भयोभने धेरैलाई नकरात्मक विचारहरु प्रायः उत्पन्न हुने गर्दछ । यो सन्दर्भमा विश्वकै हाई ¥याङ्किङमा नेपालपनि पर्दछ । त्यसैले नराम्रा कुराको नकरात्मक प्रतिक्रिया स्वभाविक हो । अझ रचनात्मक र सिर्जनात्मक हुनसके नकरात्मक टिप्पणीपनि शिक्षाप्रद हुन्छ । तर, राम्रा र सकरात्मक कुराहरुको पनि अन्जानमै भावावेश प्रकटगर्दै निर्लज्जताको पराकाष्ठा नाघेर नकरात्मक प्रतिक्रिया प्रवाह गर्नु पनि ठूलै रोग हो । यो रोगको शल्याक्रिया उपचार गर्ने चिकित्सक स्वयं रोगीबाहेक अरु हुन सक्तैन । त्यसैले, नयाँ हुनलाई बरु पुरानै नामहोस तर, नयाँकार्यशैली, नयाँभाव, नयाँयोजना, संरचना, विचार, ब्यावहार स्पष्ट हुनुपर्दछ । जनस्तरमा पनि चेतनाको विकास क्रमशः हुदै जानेछ । दृढसङ्कल्प र समृद्धिको नमुना नेपालीमात्रै नभएर दुनियामा दुई खुट्टाले उभिने हरेक मानिस निकै अचम्मका हुन्छौँ । समुद्र वा नदी–खोलामा डुबेपछि पानीलाई दोष दिन्छौँ । आँगन होस वा ढिस्को–छाङ्गाबाट लडेपछि ढुङ्गालाई दोष दिन्छौँ र आफ्नो थैली बलियो कस्दैनौँ । समान हराएपछि अरुलाई दोष दिछौँ । अनि, जीवनमा असफलता भएर केही गर्न सक्दैनौँ भने भाग्यलाई दोष दिन्छौँ । त्यसअनुरुप नेपाल अविकास, अस्थिरता र द्धन्दतिर धकेलिदै गएकोबेला नेतालाई मात्रै दोष दिन्छौँ । नागरिकको भूमिका बिर्सिन्छौँ । स्वयं आफ्नो भूमिका बिर्सिन्छौँ । आफ्नो दोष देख्दैनौँ । आफ्नो भूमिका केहीपनि देख्दैनौँ । अझ आजभोलीको विकसित संस्कार त जत्तिसक्दो एकले अर्कोपक्षलाई जान–अन्जान गाली–गलौज र आरोप थोप¥यो, त्यो सबैभन्दा चोखो, असल र महान कोही छैन भन्ने हिसाबले अन्धोसमर्थन गर्न पुग्छौँ । नगरीनहुने कसैले गर्नैनसक्ने कार्य भनेको निर्लज्ज भएर गाली गर्नुृ थियो, आरोप लगाउनु थियो–त्यो पुरा ग¥यौ भनेर खूब वधाईसमेत दिन पुग्छौँ ।अब, यस्तो असभ्य आडम्बर र पाखण्ड विचार–संस्कार निरुत्साहित गर्दै विधि र सभ्यताको जग बसाल्नै पर्दछ । तसर्थ, अब नागरिक स्वयंले सक्षमता प्रस्तुत गर्दै समृद्धितिर लम्कने दृढ सङ्कल्प गर्नु पर्नेबेला हुर्कदै आएको छ । देशलाई तीव्रगतिमा विकास गर्ने हो भने सधैं राजनिति गर्ने संस्कारको अन्त्य गरेर एकपटक सबै सचेत नागरिकले छोटो समयको लागि नयाँफ्रेम–संरचनासहितको राजनितिमा महत्वपूर्ण भूमिका–योगदान गर्ने सङ्कल्प गर्नैपर्ने हुन्छ । सबैभन्दा पहिले समाजमा रहेका असमान समस्यको हदैसम्म खुलस्त भएर वैज्ञानिक निराकरण गर्नुपर्ने हुन्छ । किन कि, स्थायी शान्ति नै समृद्धिको पहिलो खुड्किला हो । यो युग भनेको मुढे बलले मात्रै होइन, अद्भुत विवेक र प्रविधि प्रयोग गरेर सत्ता–सरकार मात्रै होइन, संसार हात लिन सकिने कुराको यथार्थता भुल्नु हुदैन । स्थायी शान्तिको वातावरणपछि स्थानीय उपलब्ध साधन–स्रोतको परिचालन, प्रयोगसङ्गै दुई छिमेकी विकसित शक्तिशाली महाराष्ट्रको सम्बन्ध सुदृढ पार्दै नेपालको राष्टिय स्वधीनता अक्षुग्न राख्दै भरपुर उपयोग गर्नु वुद्धिमानी र वैज्ञानिक हुन्छ । त्यसको लागी भारत र चीनसङ्ग बिलाटेरल इन्भेष्टमेन्ट प्रोमोसन एण्ड प्रोटेक्सन एग्रीमेन्ट गर्नु पहिलो आवश्यकता हो । किन कि,युग यस्तो मोडमा आईपुग्यो कि हार–जितको फर्मुला पुरानो काम नलाग्ने भयो । अब, दुनिया वीन–वीन गेम अर्थात दुवैपक्ष जित्ने खेल खेल्न चाहन्छ । हामी भारत–चीनलाई जित्न चाहन्छौं । हार्न चाहदैनौँ । प्रतिस्पर्धा गर्दै लगानी भित्र्याउन चाहन्छौँ । उत्पादन भएको नेपाली वस्तुको पहिलो ग्राहक नेपाली जनता नै हुन चाहन्छौँ । प्रयोग गरेर बढी भएको वस्तु निर्यात गर्दा चीन–भारत एग्रीमेन्टको आधारमा दोस्रो ग्राहक र बजार बनाउन चाहन्छौँ । त्यसपछि तेस्रो ग्राहक र बजारमा युरोप–अमेरिका, शक्ति महाराष्ट्रहरुलाई सम्झन चाहन्छौँ । त्यसैले, एउटा सियो, सलाई उत्पादन नगर्ने, गर्न नसक्ने, नसोच्ने तर राष्ट्रवादी भनेर छिमेकीलाई सत्तो–सराप्दै आफुलाई स्वभिमानी, महान ठान्दै पुरातनपन्थीको अहङ्कारी घोडामा सवार हुनेहरुलाई गिज्याउदै नयाँशक्तिका अभियानताले उदाहरण पेश गर्न कम्मर कस्नैपर्ने हुन्छ । देशैभरि छायाँ सरकार सञ्चालन गरेर स्थानीय साधन–स्रोतको अधिकतम प्रयोग र सञ्चालनमा ल्याउन सरकारलाई सहयोग गर्ने र सरकारको गलत कार्य र निर्णयको भद्रविरोध र भण्डाफोर गर्न सुरुआत गर्नु पर्दछ । विचार र भावनामा मात्रै एकरुपता नभई खानपान, जीवन–शैली, सम्बन्ध–ब्यावहार र शिष्टाचार, हरेक वस्तु र क्षेत्रको विशिष्टता पहिचान गर्दै विशाल अर्थ वाणिज्य र बहुराष्ट्रिय कम्पनी, कल–कारखानाको विस्तारसङ्गै सहकार्यलाई जोड दिएर समाजसुधारको दिशामा हरेक नागरिक सङ्गसङ्गै सुदृढीकरणको मार्ग पहिल्याउने र समान रेखाबाट समृद्धितिर लम्कने वातावरण बनाइनु पर्दछ । त्यतिखेर, अहिलेको जिज्ञासा, शङ्का र सङ्कीर्णताको हदैसम्मको जवाफ प्राप्त भईसकेको हुनेछ । मूलुकले समुन्नत समाजवाद समाजको मार्ग प्रशस्त तया गरेर धेरैखाले मानवताविरोधी सामाजिक र भौगोलिक रेखाहरु मेटिने छन । सुविधासम्पन्न स्वतन्त्रताको स्वर्ग यही माटोमा पाएर भावी– भविष्यका सन्ततिहरु गर्व र श्रद्धाकासाथ वीर–सहिद, समृद्धिका अभियानता पूखाहर्रुप्रति नतमस्तक हुनेछन । ती पूर्खाहरु हामी पनि हौँ वा हुनसक्छौँ । सन्ततिहरु त्यही सम्पन्नताको जगमा उभिएर साहसकासाथ विश्वलाई हत्केलामा राख्दै अर्को सुन्दर संसार निर्माण गर्न लम्कनेछन । (लेखकः नयाँ शक्ति पार्टी नेपाल राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य तथा एशिया प्यासिफिक जिल्ला संयोजक हुन् । )
प्रतिकृया लेख्नुहोस्: