Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

यस कारण साइबर आक्रमणको नयाँ गन्तव्य बन्दै नेपाल

कम्प्युटर प्रणालीलाई सुरक्षित बनाइ उच्च सतर्कता अपनाउन नसक्दा विदेशबाटै वा नेपालमै आएर विदेशी नागरिकले साइबर आक्रमण गर्ने गरेको प्रहरी अधिकारीहरूले बताएका छन्। एटीएम कार्ड बनाएर पैसा चोर्ने र सामाजिक सञ्जालबाट ठगी जस्ता साइबर आक्रमणका गतिविधि गर्दै कतिपय विदेशी नागरिकले नेपाललाई नयाँ शैलीको अपराधको गन्तव्य बनाउन थालेको उनीहरू बताउँछन्। फेसबुकबाट मानिसहरूलाई ठगी गरेको भन्दै प्रहरीले गत चैतमा काठमाण्डूको डिल्लीबजारबाट एक भारतीय नागरिकलाई पक्राउ गर्‍यो। उनको समूहले ब्रिटेनबाट बहुमूल्य सामानसहितको पार्सल पठाइदिएको भन्दै एक करोड रुपैयाँभन्दा बढी ठगी गरेको प्रहरीले बताएको छ। केही नेपाली समेत संलग्न त्यो समूहले फेसबुकमा एक ब्रिटिश नागरिकको प्रोफाइल बनाएको थियो। त्यही प्रोफाइलबाट ब्रिटिश पाउण्ड र अमेरिकी डलरसहित पार्सल गरी पठाइदिएको सन्देश दिएको थियो। त्यो समूहका सदस्यहरूले पीडितसँग पार्सल भारतमा आइपुगे पनि त्यहाँबाट नेपाल ल्याउन भन्सार महसुल तिर्नुपर्ने भन्दै रकम माग गर्ने गरेका थिए। पछिल्ला वर्षमा उक्त समूहले जस्तै प्रविधिको दुरुपयोग गर्दै नेपालीहरूलाई ठगी गर्ने विदेशीको संख्या बढेको प्रहरी अधिकारीहरू बताउँछन्। सामाजिक सञ्जालबाट ठगी गर्ने, ब्याङ्किङ प्रणाली ह्याक गरी रकम निकाल्ने, डाटा चोरी गर्ने र अवैध रूपमा कल बाइपास गर्ने जस्ता कार्यमा विदेशी नागरिकको संलग्नता हुने गरेको उनीहरूको भनाइ छ। प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्री ठगीमा प्राविधिक जानकारी कम भएकाहरू फस्ने गरेको बताउँछन्। धेरै घटनामा चिट्ठा पर्‍यो भनेर ठगी भएको देखिन्छ। धेरै पुरुषहरू वैदेशिक रोजगारीका क्रममा विदेशमा हुने र गृहिणीहरूसँग स्मार्टफोन हुने तर चेतनाको स्तर सुरक्षाका दृष्टिकोणले उच्च नहुने भएकाले प्रविधिको दुरुपयोग भएर पनि साइबर अपराध भएको देखिन्छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार सामाजिक सञ्जाल दुरुपयोग र इन्टरनेट ठगी लगायतमा गएको सात वर्षमा ४४ वटा मुद्दा अदालतमा दर्ता गरिएका छन् भने ६२ जना पक्राउ परेका छन्। यसैगरी कल बाइपास र एटीएम ह्याकसम्बन्धी आरोपमा हालसम्म ५२ जना विदेशी नागरिक पक्राउ परेका छन्। पहिले-पहिले महत्त्वपूर्ण तथा व्यक्तिका निजी सूचना वा डाटा चोरी गर्ने उद्देश्यले साइबर हमला हुने गरेकामा अहिले भने रकम असुल्नकै लागि यस्तो हमला हुन थालेको साइबर सुपरिवेक्षण गर्ने एक कम्पनीका सञ्चालक सरोज लामिछाने बताउँछन्। साइबर आक्रमणहरू अन्तर्राष्ट्रियस्तरको हुन्छ। बाहिर जस्तो खालको आक्रमण हुने गर्छ त्यसै खालको यहाँ आउँछ। रोकथामका उपाय बाहिरकै जस्तो हुनुपर्ने हो। तर त्यस्तो नभइसकेकोले समस्या भएको हो । साइबर सुरक्षा चुनौतीपूर्ण बन्दै गएपछि प्रहरीले छुट्टै साइबर अपराध अनुसन्धान ब्यूरो स्थापना गर्ने तयारी गरेको प्रहरी अधिकारीहरूले बताएका छन्। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies