Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

लुरे मुग्लान र रातो बाकस

ठीक एक बर्ष पछी ......... मेरो कथाले अर्कै मोड लियो ।आमा बेला बेला फोन गरीरहनु हुन्थ्यो । खाना खाईस् खाजा खाईस्रु कस्तो दुब्लाएछस् पिर मानेर बस्छस् की के होरु भन्नुहुन्थ्यो । म काम मा हुँन्थे । गगन चुम्बी महल को बिचमा डोरीमा झुन्डीएर मह सिकार गरेझैँ काम गरीरहेको हुँन्थेँ । मनका पिर मन भित्रै लुकाएर मुसा कुदीरहेको पेटलाई सान्त्वना दीँदै म टन्न छु आमा भन्दै साथमा ल्याएको सुख्खा पाऊरोटी चपाऊँथे ।यक माना पानी पिएर डकार्दै भोक मेट्थेँ । टन्न खाना त बेलुका मात्रै ! दुई रियल को पानी किनेर खान लाग्दा घरको बा आमा सम्झन्थेँ के खाए होलारु मनमा पिर भईरहन्थ्यो । हामी बस्ने कन्टेनरको ठीक अगाडी अरबी हरूको बाक्लो बस्ती । अरबी हरू सुन चाँदी को सार्है सौखीन ! गाऊँमा भैँसीलाई बाँध्ने दाम्लो जत्रो सुनको सिक्री लगाएर हीँड्थे । धनी तर धेरै सौखीन मेरो मनले भन्थ्यो प्राकृतीक रूपमा स्वर्ग मेरो ऊब्जाऊ हुने जमीन भयको देस पछाडी पर्नु र यो देख्दै ऊराठ लाग्दो खन्डहर जस्तो मरूभूमी नै मरूभूमी को सहर कसरी यत्रो प्रगती भयो होलारु म यो कुरा सोचीरहन्थेँ । छुट्टी हुन्थ्यो हरेक सुक्रवार !  एऊटा अरबी दुईवटा तल देखी माथी सम्म कालो कपडा लगाएको आँखा सम्म छोपेको जन्तु लिएर हीँड्थ्यो । म अचम्म मा परेँ आखीर के हो त्यो जन्तुरु र कीन सबै कालो लगाएका छन् मनमा खुल्दुली भयो । बेलुका त्रिलोचन लाई सोधेँ ।आज मैले अरवी ले अचम्म को जन्तु लिएर हीँडेको देखेँ ! कस्तो जन्तु भन् नरु त्रिलोचनले अचम्म मान्दै सोध्यो स्वरूप मान्छेको छ । तल देखी माथी सम्म कालो कपडा लगाएको छ । आखाँपनी देखाएको छैन त्यो के जन्तु होलारु मेरो कुरा सक्न नपाऊँदै त्रिलोचन खित्का छोडेर हाँस्न थाल्यो । अरे मुर्ख तँ कती सोझो छस् है ।त्यो जन्तु हैन अरवी को छोरीहरू हुन् नेपाल मा जस्तो छाडा लागेर हीँड्न पाऊँदैनन् याहाँ छोरीहरूले१ सबै नियम ईस्लाम धर्म अनुसार चल्छ ।जस्ले नियम मान्दैन ऊसलाई कुटी कुटी मारीन्छ याहाँ सबैको अगाडी नांगै बनाएर ! त्यो कालो कपडा बुर्का हो ।छोरी मान्छे घर बाट बाहीर निक्लदा अनिवार्य यो लगाईनु पर्छ ।याहाँको यस्तै नियम छ ।म दंगदास परेँ म मा ऊत्सुक्ता झन् बढ्यो । कीन की म गाऊँले सोझो केटा लाई मुस्लिम हरूको त्यस्तो हुन्छ भन्ने थाहा थियन । अर्को हप्ताको सुक्रवार म त्यही ठाऊँमा सदा भन्दा अगाड़ी गएर बसेँ कीनकी मेरो कौतूहलता मेट्नु जो थियो । अरबी तेसै गरी आयो त्यो बुर्का धारी मानवहरू लिएर मेरो मन अमीलो भयो । आखिर किन होला मान्छे लाई एस्तो पशु जस्तो गरेकोरु पसुको त स्वतन्त्र बाँच्ने अधिकार हुन्छ ईनीहरू त मान्छे ।बिचरी हरूको मनमा कती रहर हुँदो हो ईच्छ्या हूँदो हो । चलचित्र हेर्दा हुन् हिरोईनी हरूले छोटा छोटा कपडा लगाएर नाचेको देख्दा ईनीहरूको मनमा ईच्छ्या हरू जाग्छ की जाग्दैन होलारु म त यस्तो पो सोच्न पुगेछु ऊनीहरू कटीसकेछन् पर पर..... अरबी को दुईटी छोरी एऊटी हाम्रो कन्टेनर को बसाई भएकै बाटो हीँड्थी ।कीन की नजीकै रहेछ ऊसको अफीस त्यसैले हीँडेरै आऊजाऊ गर्थी ।त्यही बाटो भएर १मैले ऊसलाई अघीपछी त देखे जस्तो लाग्दैन ।सायद याद नभएर होला । ऊ अफीस जाँदा बुर्का हैन ।पाईन्ट जस्तै देखीने ट्राऊजर लगाऊ़ँथी कपाल र मुहार पुरै छोपेको हुन्थ्यो ।तर सबै कालो रातो बन्देज थियो ।पहीलो चोटी ऊसलाई बिना बुर्का मा देखेँ मैले म त हेरेको हेर्यै कती राम्री राम्री साँच्चै भन्दा स्वर्ग की अप्सरा जस्तै गोरो चामल को पिठो झैँ मुहार !  झन् त्यसभित्र लुकेको सुन्दरता त झन् कुरै नगरौँ म ख्याऊटे नामै लुरे ! न ज्यान थियो न रूप तर म आफुुले आफुलाई कोही भन्दा कम सोचीन ।तर मेरो कन्या रासी मुस्कान ले केटी फीदा हुन्छन् तेरो भन्थ्यो ज्वतीस ले !  हुन त चिनीमायाँ पनी मुस्कान ले नै फीदा भएकी थीई ! आज अरबी को छोरी संग आँखा जुध्यो खै मलाई के भयो हजारौँ भोल्टेज करेन्ट लागे झैँ भान भयो म मुसुक्क मुस्कुराएँ । ऊ पनी म पट्टी फर्कीएर मुसुक्क मुस्काई अनी मलाई हेर्दै नहेरी लागी बाटो १मेरो दीन चर्या हरेक दीन यस्तै हुन लाग्यो ।मेरो र ऊसको अफीस र काम निक्लने समय संधै यऊटै लगातार दुई महीना सम्म मुस्कान आदान प्रदान भईरह्यो । ? तर कीन त्यो मलाई पनी थाहा थिएन । ऊ संग पनी जवाफ थिएन होला साएद ! जुन महीना रमजान को अन्तीम दीन ईद थियो ।आकास मा रंगीचंगी पटाका पड्कीरहेको थियो ।सबै मुस्लिम हरू अल्लाह अकबर भन्दै रमाईलो गरीरहेका थिए मैले आज आँट गरेर ऊ संग बोल्ने साहास बटुलेँ यो मुस्लीम देसमा केटी संग बोल्न खोज्नु यमराज लाई निम्ता गर्नु हो भन्थ्यो त्रिलोचन ले १म अझ सजक भयँ ।आखाँ माथी नीलो आईस्याडो पोटीलो गाला सुन्दर मुहार आहा यो मान्छेको नाम के होलारु मेरो मनले मलाई प्रश्न गर्थ्यो ।ऊ मेरो नजीकै आई साहास गरेर भनेँ ।हेलो जवाफ आयो हाई! can you spiking English? मैले सोधेँ जवाफ आयो yes of course मलाई धेरै अंग्रेजी नआऊने आठ त कनीकुथी पास गरेको धन्न त्यती भएपनी बोलेछु ।आफैले आफैलाई धन्यवाद दीयँ । go to market sarry i see you tomorrow  उसले हतार जनाई मैले हुन्छ भनेँ ऊसले बिदाई का हात हल्लाएर बाई भन्दै म बाट ओझेल भई । दीनहरू एसरी नै चलीरह्यो ऋतु गयो दीन गयो रात गय तर ऊसको मेरो सम्बन्ध झनै प्रगाढ हुँदै गयो। थाहा नपाई ऊसलाई मन पराऊन पुगेछु । हुन त प्रेम भन्ने कुरा थाहा नै नपाई हुन्छ भन्ने मैले सुनेको थियँ। मेरो पनी त्यस्तै भयो ।अब दैनिक भेटेर कुराकानी हुन थाल्यो ।ऊसले सानो पेपर मा लेखेर ऊसको फोन नं र फेसबुक को आईडी मलाई दी १बेलुका कोठा गएर फेसबुक मा साथी बन्ने अनुरोध गरेँ ऊसले तुरून्तै स्वीकार गरी १फोन गरेँ के बोल्ने बोल्नै सकीन त्यसमाथी ऊसको भासा म नजान्ने मेरो भासा ऊसले । प्रेममा जस्तो सुकै परीस्थीती त सामना गरीन्छ भने जाबो भासा के हो ररु मैले सोचेँ जानी नजानी अङ्रेजी मा हामी भोली भेटऊँ भनेँ ।त्यै पनी डीस्नेरी मा यक यक सब्द को अर्थ हेरेर१ऊसको ऊत्तर आयो वोके । शुक्रबार को दीन दमाम सहर भन्दा परको मरूभूमी तातो हावा यकतमास ले लागीरहेको थियो ।लाग्थ्यो हावाले आगो संगै बोकेर ल्याईरहेको छ ।अरबी केटी हरूले जाहाँपायो त्यहीँ हिड्न नपाऊने हीँडे पनी बुर्का लगाएर हीँड्नु पर्ने बाहीर जान ऊसले घरमा म साथीको घर जान्छु भनेर आएकी रहेछ ।म खजूर को बोट मुनी ऊसलाई कुरीरहेँको थियँ ।ऊ कालो बुर्कामा । आएकी थी बुर्का माथी सारेर ऊस्ले पुरै मुहार देखाई!धपक्क बलेको हँसीलो मुहार !त्यस्तो राम्रो मुहार बुर्का ले छोप्दा त कसम पुर्णीमा को रातमा ग्रहण लागेझैँ हुने रहेछ । ऊ मेरो नजीकै आई sorry im late ऊसले मुसुक्क मुस्कूराऊँदै भनी मैले OK OK भनेँ खजुर को बोट मुनी दुबैजना टाँसीएर बस्यौँ ।म प्रेम प्रस्ताव राख्ने दाऊमा थियँ। तर ऊसले भनी आई टल्क यु वान वोेर्ड मैले सहमती जनाएँ र टाऊको हल्लाएँ i love u मेरो खुसीको सिमा रहेन ।ढूङ्गा खोज्दा देऊता मीलेझैँ भयो ढीला नगरी i love u too भनेँर अंगालो मा बाँधेँ ऊ पनी चुम्बक टाँसीएझैँ मेरो अंगालो मा बसीरही ।दीन भरी अड्की अड्की मिठा मिठा प्रेमका कुरा गर्दै हामी छुट्टीयौँ ।यो प्रेम पनी अचम्म को हुँदो रहेछ यसले न जात हेर्दो रहेछ नत रूप न त धर्म न भासा नै संसार को अजीब चीज त प्रेम पो रहेछ ।ऊ कट्टर मुस्लिम को छोरी म म यऊटा हिन्दु एऊटा बाहुन को छोरो त्यही पनी नेपाली !कुन अल्लाह ले जुरायो कुन भगवान ले जूरायो यो जोडी? मानिसहरूका लागी अचम्म हुने १साँच्चै अचम्म को थियो हाम्रो प्रेम१ हरेक रात म ऊ संगै हराऊन थालेँ काम म पनी जान मन लाग्दैनथियो ।साथीभाई त्रिलोचन हरू सबै भन्थे के भो तँलाईरुकाम मा पनी जाँदैनस् ।बोल्न नी कम बोल्छस् । खाना पनी खादैनस् ।कसरी भनौ प्रेम भो भनेर ऊसलाई अब हाम्रो प्रेम ऊच्च बिन्दु मा पुगीसकेको थियो ।मलाई ऊ भन्थी मलाई बिहे गर र तेरो देस तेरो घर लिएर जा १कीनकी हीन्दु नारी हरूलाई स्वतन्त्रता धेरै हुन्छ रे रुम स्वतन्त्र भएर तँ संगै ज़िन्दगी बिताऊन चाहान्छु ऊसले भनेकी थी १मैले जस्तो सुकै परीस्थीती मा तिमीलाई नलीई जान्न भनेको थियँ ।ऊ मलाई भन्थी छीट्टै मलाई सगरमाथा को त्यो सुन्दर देसमा लैजाऊ है ।नेपाल प्रतीको ऊसको आसा ऊत्साह देखेर म चै अलमल्ल परेँ ।ऊ एऊटी अरबी केटी तर संधै नेपाल को गुणगान गाईरहन्थी खै के मन पर्यो कुन्नी नेपालको  समय बितेको पत्तै भएन प्रेम बसेको यक बर्ष पुगेछ। एक दीन ऊसले फेरी भेट्न बोलाई ! हामी लुक्दै लुक्दै मरूभूमी को स साना थुम्का पछाडी को एकान्त कुना मानीस हरूको चिहान नै चिहान भएको ठाऊँमा गयौँ ।त्याहाँ अरू मान्छे आऊन सम्भव थिएन । ऊसले भोकाएको सिंहीनी ले झैँ मेरो ओठमाथी ओठ जोडेर बिस्तारै टोकी तर मलाई अफ्टेरो भएको थियो ।कीनकी मेरो पहीलो नारी अंगको ईस्पर्स र चुम्बन थियो त्यो । प्रेम त चिनीमायाँ संग पनी परेकै हो तर मैले छोएको सम्म पनी थिईन ऊसलाई ! कहीले काँही रोमान्टीक भएर एसो कपाल सुम्सुम्यायो भने बिहे अगाडी मलाई यस्तो मन पर्दैन भनेर रिसाऊँथी तर यसले आज ओठ नै टोक्दा मेरो शरीर मा करेन्ट लागेझैँ सिरीङ्ग भयो त्यसमाथी २० २२ बर्ष को लक्का जवान आगोको अगाडी राखेपछी घ्यु त पग्लीहाल्छ नी म पनी ऊत्तेजना मा आईहालेँ ऊस्को ओठमा मेरो ओठ मेरो ओठ मा ऊसको ओठ भित्र हामी दुईका जिब्रो हरू सल्बलाई रहे ।मोजको अन्तीम बिन्दुमा पुगेर मध्य दीऊँसो ऊखरमाऊलो गर्मी मानीसको चिहान को कुनामा हामी बिच शारीरिक सम्बन्ध भयो । क्रमशः नोटः-आगामी हप्ता अर्को भाग पढ्न नबिर्सनु होला ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies