Khabar Dabali Logo
  July 18, Thu

अब बिना सिम नै चल्ने भो मोबाइल

प्रविधिको क्षेत्रमा दिनानुदिन भइरहेको विकासक्रमले हाम्रो जीवन सहज मात्र बनाएको छैन अचम्ममा समेत पारिदिएको छ । नयाँ नयाँ प्रविधिले हाम्रा आवश्यकताहरू परिपूर्ति गर्न सजिलो त भएको छ साथै नयाँ नयाँ आवश्यकता समेत थपिँदै गएका छन् ।

अब मोबाइल फोनकै कुरा गरौँ- दस-पन्ध्र वर्षअगाडिसम्म विलासिताको सामग्रीको रूपमा हेरिने मोबाइल अब आम मानिसको पहुँच भित्र आइसकेको छ । त्यति मात्र होइन यसमा नयाँ नयाँ सुविधाहरू समेत थप भइरहेका छन् ।

नयाँ नयाँ पुस्ताको मोबाइल प्रविधिले भ्वाइस तथा डेटा प्रयोगको अनुभवलाई अविश्वसनीय रूपले नवीकरण गर्दै गइरहेको छ । मोबाइल प्रविधि टू-जी, थ्री-जी, फोर-जी हुँदै अब पाँचौं पुस्ता अर्थात फाइभ-जीसंम पुग्न गइरहेको छ । र जति जति प्रविधि नयाँ पुस्तातर्फ बढ्दै छ सूचनाको आदान-प्रदान त्यति नै सहज र भरपर्दो हुँदै गइरहेको छ ।

तर जेजस्तो प्रविधि आएपनि आजसम्म मोबाइल फोनमा नभइ नहुने एउटा उपकरण हो ‘सिम कार्ड ।’ ‘सिम कार्ड’ले प्रत्येक मोबाइल फोनलाई एउटा डिजिटल पहिचान उपलब्ध गराउँदछ जसको सहायताले एउटा निश्च्चित फ्रिक्वेन्सीको रेडियो संकेत उस्सम्म पुग्ने गर्दछ जसलाई समान्य शब्दमा मोबाइल नेटवर्क भनिन्छ ।

तर प्रविधि विकसित हुँदैजाँदा अब मोबाइलमा ‘सिम कार्ड’ नै राख्नु नपर्ने हुन सक्छ । एकदमै नयाँ मानिएको यस प्रविधिको नाम ‘इम्बेडेड सिम’ या ‘इ-सिम’ भनिएको छ । सन् २०१६ को वर्ल्ड मोबाइल कंग्रेसमा सार्वजनिक गरिएको उक्त प्रविधि अब धेरैदेशहरूमा एकैपटक उपलब्ध हुन सक्छ । यसो भएको खण्डमा मोबाइलभित्र अलग्गै सिम राख्ने झन्झट हट्ने छ ।

‘इ-सिम’ पनि सामान्य सिम जस्तै एक प्रकारको माइक्रो चिप्स हो जसलाई मोबाइल सेटलाई नेटवर्कसँग जोड्ने गरेर बनाइएको हुन्छ । फरक यतिमात्र हो कि यसमा मोबाइल सेवा प्रदायक फेर्न चाहेको खण्डमा सिम फेरिराख्नु पर्दैन ।

उपभोक्ताले नयाँ सेवा लिन चाहेको खण्डमा सेवा प्रदायकले उक्त ग्राहकको मोबाइलमा समान्य सफ्टवेयर अपडेट गर्दा पुछ । यसको प्रयोग एप्पल वाच र स्यामसुङले घडीहरूमा प्रयोग गरिसकेको छ ।

साउन ११ गते, २०७५ - १५:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपामा युवाको एकता अन्तिम चरणमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवाको एकता अन्तिम चरणमा पुगेको बताइएको छ...   

नेकपा एकता : कसको दावी के मा ? नीति र बाँडफाँड टुगिंयो, व्यक्ति टुंगिएन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय निकाय र विभागहरुको एकताको टुंगो लगाएको छ । मंगलबार...   
भेनेजुयलाका राष्ट्रपतिको छोरो सुटुक्क नेपालमा : केके गरे नेपाल बसाईमा ?

भेनेजुयलाका राष्ट्रपतिको छोरो सुटुक्क नेपालमा : केके गरे नेपाल बसाईमा ?

काठमाडौं । भेनेजुयलाका राष्ट्रपति मदुरोको छोरो सुटुक्क नेपालमा आएका छन् । गहिरो राजनीतिक संकटसँग...   
विप्लव वार्ता : सत्तापक्ष भन्छ एक-दुई हप्तामा सरप्राइज ! विप्लव पक्ष भन्छ – सम्भव छैन

विप्लव वार्ता : सत्तापक्ष भन्छ एक-दुई हप्तामा सरप्राइज ! विप्लव पक्ष भन्छ – सम्भव छैन

काठमाडौ । नख्खु कारागारमा जेलजीवन बिताइरहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका नेता हेमन्तप्रकाश...   
पेनाल्टी छेकेर गोलरक्षकले जिताए ! ब्राजिल सेमिफाइनलमा

पेनाल्टी छेकेर गोलरक्षकले जिताए ! ब्राजिल सेमिफाइनलमा

एजेन्सी । गोलरक्षक एलिसन बेकरले टाइब्रेकरमा उत्कृष्ट प्रदर्शन गरेपछि ब्राजिल कोपा अमेरिका २०१९...   
पाकिस्तानका बाबरले तोडे सचिन तेण्डुलकरको रेकर्ड

पाकिस्तानका बाबरले तोडे सचिन तेण्डुलकरको रेकर्ड

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत ३३औं खेलमा पाकिस्तानले न्यूजिल्याण्डलाई ६ विकेटले...   

ओलीले नेपालसँग भने–कहाँको ३३ कहाँको १३, किन माओवादीसँग सत्ता आधाआधा ?

काठमाडाैं । गत साता प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग हिसाब...   
पूर्ण पाठ पढ्नुहोस्–बहुचर्चित नेकपाको दस्तावेजमा के छ ?

पूर्ण पाठ पढ्नुहोस्–बहुचर्चित नेकपाको दस्तावेजमा के छ ?

काठमाडौं । १३ महिना भन्दा बढी समय थन्किएको नेकपाको दस्तावेजका बारेमा चौतर्फी जिज्ञासा छ । १३ महिना...   

‘प्रचण्ड निवासमा गोप्य भेला भनि आएका समाचार कपोकल्पित’

काठमाण्डौं । केही सञ्चार माध्यमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवास खुमलटारमा गुतगट...   
कहिले के भयो ? ९३६ देखि नेपालको राजनीतिक तथा एैतिहासिक घटनाक्रमको मिति हेर्नुहोस्

कहिले के भयो ? ९३६ देखि नेपालको राजनीतिक तथा एैतिहासिक घटनाक्रमको मिति हेर्नुहोस्

काठमाडौं । कहिले के भयो ? ९३६ देखि नेपालको राजनीतिक तथा एैतिहासिक घटनाक्रमको मिति याँहाहरुको सुविधाका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top