Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

काँचो मासु वा बन्दा खानुहुन्छ भने सावधान ! यस्तो रोग लाग्ला नि

भारतमा एक आठ वर्षीया बालिकाको मस्तिष्कमा टेपवर्म अर्थात् नाम्लेकीराका एक सयभन्दा बढी फुल भेटिए।

ती बालिकाले प्रत्येक दिन टाउको दुख्ने र बेलाबेला रिङ्गटा लाग्ने गुनासो गर्ने गर्थिन्। उनमा यो समस्या झन्डै छ महिना देखियो। समस्याको कारण थाहा पाएपछि अभिभावकहरू पत्याउनै सकिरहेका थिएनन्। \"बालिकाको मस्तिष्कमा नाम्ले किराका सयवटा भन्दा बढी फुलहरू थिए। ती साना-साना समूहमा थिए।\" दिल्लीको गुडगाँवस्थित फोर्टिस अस्पतालको न्यूरोलोजी विभागका निर्देशक डा. प्रवीण गुप्ताको निगरानीमा बालिकाको उपचार भइरहेको छ। डा. गुप्ताले भने, \"हामीसँग आउनुअघि बालिकाको उपचार भइरहेको थियो। उसलाई निकै टाउको दुख्ने र सुन्निने समस्या थियो।\" सुन्निने समस्या कम गर्नका लागि दिने गरिएको स्टेरोइड्सका कारण बालिकाको तौल ४० किलोबाट बढेर ६० किलो पुग्यो। तौल बढेपछि बालिकालाई झनै गाह्रो भयो। उनी पूर्ण रूपमा स्टेरोइड्समा निर्भर भइन्। त्यसपछि अभिभावकले बालिकालाई डा. गुप्ताकहाँ लगे जहाँ बालिकाको सीटी स्क्यान गरियो।

औषधि

डा. गुप्ताले भने, \"बालिकालाई मकहाँ ल्याइँदा उनी अचेत थिइन्। सीटी स्क्यान गर्दा उनको मस्तिष्कमा सेता धब्बा देखिए। ती धब्बा अरू केही नभएर नाम्लेका फुल थिए। र, फुलहरू एउटा वा दुइटा नभई सयभन्दा बढी थिए।\" उनलाई डा. गुप्ताकहाँ लग्ने बेलासम्म नाम्लेका फुलहरूले गर्दा ती बालिकाको मस्तिष्कले पूर्ण रूपमा काम गर्न सकिरहेको थिएन। डा. गुप्ता भन्छन्, \"सबैभन्दा पहिले हामीले औषधि दिएर बालिकाको मस्तिष्कको सन्तुलन ल्याउने काम गर्‍यौँ।\" हाल ती बालिकाको मस्तिष्कमा रहेका नाम्लेकिराका फुल नष्ट पार्ने औषधि दिइँदैछ। डा. गुप्ताका अनुसार नाम्लेका फुलमा लगातार वृद्धि भइरहन्छ। डा. गुप्ताका अनुसार राम्रोसँग नपकाइएका र राम्ररी नपखालिएका तरकारी खाँदा नाम्ले नाम्लेको फुल पेटमा पुग्छ र त्यहाँबाट रगतमार्फत् शरीरका विभिन्न भागमा फैलिन्छ।

के हो नाम्ले ?

नाम्ले एक प्रकारको परजीवी हो। पोषणका लागि यो अरू जीवमा निर्भर हुन्छ। यसका पाँच हजारभन्दा बढी प्रजाति छन्। तिनीहरू एक मिलिमिटरदेखि १५ मिटरसम्म लामो हुन सक्छ। यसको जीव खण्ड-खण्डमा बाँडिएको हुन्छ र फित्ताजस्तो देखिन्छ। यसको शरीरमा बल्छी जस्तो संरचना हुन्छ जसका सहयोगमा यो आफूले आश्रय लिने जीवको अङ्गसँग टाँसिइरहन्छ। शरीरको सतहमा हुने \'क्युटिकल\'बाट उसले आफूलाई चाहिने खाद्यपदार्थ सोसेर लिन्छ। आफ्नो शरीरभित्र पाचन प्रक्रिया नहुने भएकोले यसले पचाइसकेको खाद्यपदार्थ मात्रै सोस्ने गर्छ।

कसरी फैलिन्छ ?

नाम्ले चेप्टो, रिबन जस्तो हुन्छ। शरीरमा प्रवेश गरेपछि यो जुका आन्द्रामा बस्न थाल्छन्। तर सधैँ त्यहीँ नबसेर रगतको माध्यमबाट शरीरका अरू अङ्गमा पनि पुग्छ। कहिलेकाहीँ आँखा र मस्तिष्कमा पनि पुग्छ। एशियाको तुलनामा युरोपेली देशहरूमा यसको खतरा कम हुन्छ। एनएचएसका अनुसार शरीरभित्र नाम्ले हुँदैमा कुनै लक्षण देखिन्छ भन्ने छैन। तर शरीरका संवेदनशील अङ्गमा पुगेपछि खतरा हुन्छ। तर यसको उपचार धेरै कठिन हुँदैन। दिल्लीस्थित गङ्गाराम अस्पतालका पेट रोग विशेषज्ञ डा. नरेल बंसलका अनुसार नाम्ले जुका प्राणघातक नभए पनि बेवास्ता गरिए खतरनाक हुनसक्छ।

कारण

सुङ्गुर अवथा गाईको अधकल्चो मासु र पूरै नपाकेको माछा खाँदा मानिसको शरीरभित्र नाम्ले पुग्नसक्छ। खासमा यी जीवमा नाम्लेको लार्भा हुन्छ। यस्तो अवस्थामा राम्रोसँग नपकाएर खाएमा शरीरभित्र नाम्ले पुग्नसक्छ।
  • दूषित पानी पिउनाले
  • काँचो वा अधकल्चो बन्दागोभी र पालुङ्गो खानाले
  • पानी वा माटोमा उम्रने तरकारी राम्रोसँग नपखालेर खानाले

लक्षण

  • सामान्यतया स्पष्ट लक्षण देखिँदैन। तर शरीरभित्र नाम्ले जुका भएपछि दिसामा देखिनसक्छ।
  • त्यसबाहेक पेट देख्ने, बान्ता हुने, कमजोरी र झाडापखालाको समस्या देखिनसक्छ।
  • शरीरमा नाम्लेको सङ्ख्या बढी भएका रिङ्गटा लाग्ने, छाला पहेँलो हुने, हेर्न गाह्रो हुने लगायत समस्या पनि देखिनसक्छ।

बच्ने उपाय

शरीरमा नाम्ले परेपछि औषधिले ठिक हुनसक्छ। तर केही सावधानी अपनाउँदा सङ्क्रमणबाट बच्न सकिन्छः
  • राम्ररी नपकाएको कुनै प्रकारको मासु नखाने
  • राम्ररी नपखालेका फलफूल तथा सागसब्जी नखाने
  • खाना खानुअघि साबुनपानीले हात धुने र शौचपछि राम्रोसँग नङ पनि सफा गर्ने
  • सधैँ सफा पानी पिउने
डा. बंसल भन्छन् नाम्ले प्राणघातक नभए पनि त्यसलाई गम्भीरतापूर्वक लिनुपर्छ । शरीरको जुनसुकै भागमा पुग्नसक्ने भएकोले शरीरको त्यो हिस्सामा पक्षघात पनि हुनसक्छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies