Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

नारच्याङ स्वास्थ्य चौकीको भवन निर्माण

बाबियाचौर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा एक संस्थाको सहयोगमा स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन निर्माण भएको छ । अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लबको आर्थिक सहयोगमा नारच्याङको बेँशी गाउँमा शौचालयसहित छ कोठे एक तले भवन निर्माण भएको हो । भुई ढलान र पलास्टर गरिएको पर्खाल भएको भवनको छानो जस्तापाताले छाएको छ । भवनमा नागरिक सहायता, बिरामीको स्वास्थ्य परीक्षण, प्रसूति, औषधि भण्डारण, ल्याब, प्रशासनिक कक्षका लागि आवश्यक कोठासहितको पूर्वाधार तयार पारिएको छ । लायन्स क्लब पोखराको रु ३६ लाख सहयोगमा निर्माण भएको भवनमा झ्याल ढोका, विद्युत्, पानीलगायतका पूर्वाधार व्यवस्थापन गरेर प्रयोगमा ल्याउने तयारी गरेको वडाध्यक्ष चन्द्रप्रकाश फगामीले जानकारी दिए । हाल वडा कार्यालयको भवनबाट स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको छ । भवन अभावमा प्रसूति सेवा उपलब्ध गराउन सकिएको थिएन । नारच्याङका गर्भवती प्रसूति सेवाका लागि भुरुङ तातोपानी र बेनी पुग्ने गरेका थिए । नयाँ भवनमा प्रसूति सेवा शुरु गर्ने स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका फगामीले बताए । भवन निर्माणका लागि तत्कालीन नारच्याङ गाविसले करीब रु नौ लाख खर्च गरेर तीन रोपनी जग्गा खरीद गरेको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies