Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

पर्यटकीय क्षेत्र बेदकोटमा भ्यूटावर निर्माणको कार्य अन्तिम चरणमा

कञ्चनपुर । आन्तरिक र बाह्य पर्यटकको प्रमुख गन्तव्यका रुपमा रहेको कञ्चनपुरको प्राकृतिक बेतकोट ताल क्षेत्रमा भ्यूटावर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । ठेक्का प्रक्रियाद्वारा रु ७५ लाखको लागतमा दृश्यावलोकनका लागि छ तल्ले टावर निर्माणको कार्य भइरहेको छ । पाँच तले भ्यूटावर निर्माणका लागि नगरपालिकाले कूल लागतको ३० प्रतिशत र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७० प्रतिशत रकम व्यहोर्ने गरी रु ६० लाखमा भ्यूटावर निर्माणको कार्यलाई अगाडि बढाएको हो । नगरपालिकाको नगर सभाले एक तला थप बनाउनका लागि स्वीकृति प्रदान गरेपछि टावर निर्माणाको लागत रु ७५ लाख पुगेको छ । थप रु १५ लाख नगरपालिकाले व्यहोर्ने गरी टावर निर्माणको कार्य भइरहेको नगर प्रमुख अशोककुमार चन्दले बताए । निर्माणको कार्य दु्रत गतिमा अगाडि बढेकाले एक साताभित्रै टावर निर्माणको सबै कार्य पूरा हुने उहाँले बताउनुभयो । टावर निर्माणपछि ताल क्षेत्रको दृश्यावलोकनसँगै तराई क्षेत्रको मनोरम दृश्य नियाल्न सकिने भएको छ । बेदकोट धार्मिक क्षेत्र जिल्ला सदरमुकाम महेन्द्रनगरबाट २२ किलोमिटर टाढा रहेको छ । यो क्षेत्र आन्तरिक पर्यटकका लागि वनभोग स्थलका रुपमा र बाह्य पर्यटकका लागि तराईको मनोरम दृष्य नियाल्नका लागि प्रख्यात रहेको छ । बेदकोट क्षेत्र बाह्य कोलाहलबाट टाढा रहेकाले एकान्तमा रम्न चाहनेका लागि गतिलो गन्तव्यका रुपमा रहेको छ । परापूर्वकालमा बनवासका क्रममा पाण्डवले यस क्षेत्रमा आएर बेदधुनि जगाएकाले यस क्षेत्रको नाम बेदकोट रहन गएको जनश्रुति रहेको छ । यो क्षेत्र प्राचीनकालमा ऋषिमुनिको तपोभूमिका रुपमा समेत परिचित रहेको छ । भ्यूटावरसँगै नगरपालिकाले बेदकोट तालको संरक्षणका लागि पर्खाल निर्माण, प्रवेशद्वार निर्माण, शौचालय, पिकनिकस्थलको सुधार र पर्यटकलाई जानकारी दिन सूचना केन्द्र भवन बनाइएका छन्

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies