Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

एक महिनामा ३ सुत्केरीको मृत्यु,विरोध भएपछि प्रसूति वार्ड एक हप्ता बन्द

विराटनगर । विराटनगरमा रहेको नोबेल मेडिकल कलेजमा गएको असार महिनामा तीनजना सुत्केरी र एकजना नवजात शिशुको मृत्यु भएको छ । मृतकका आफन्तले चिकित्सकको लापरबाहीले सुत्केरी र शिशुको मृत्यु भएको आरोप लगाएका छन् । अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ - गएको २५ असारमा प्रसूति गराउन नोबेल अस्पतालमा भर्ना भएकी धनकुुटा महालक्ष्मी–४ चानुवाकी निर्मला खड्काको मृत्यु भएको हो । छोरीलाई जन्म दिएपछि खड्काको मृत्यु भएको थियो । २३ असारमा प्रसूति गराउन अस्पतालमा भर्ना भएकी सुनसरी गढी गाउ“पालिका–४ छिटहाकी २६ वर्षीया चाँदनी मेहता र उनको नवजात शिशुको पनि मृत्यु भयो । ९ असारमा प्रसूतिको क्रममा कञ्चनरूप नगरपालिका–८ सप्तरीकी २८ वर्षीया अनु सोनीको पनि मृत्यु भएको थियो । धेरै सुत्केरी गराउने होडबाजीले सेवा गुणस्तरहीन आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिरहेको अस्पतालले धेरै प्रसूति गराउने होडबाजीले गर्दा बिरामीको उपचारमा हेलचेक्र्याइँ गर्ने गरेको जानकारहरूले बताएका छन् । जसका कारण अस्पतालमा आमा र शिशुको मृत्युदर बढेको हो । लगालग सुत्केरीको मृत्यु हुँदा अस्पतालमा नारा–जुलुससमेत भएको थियो । कतिपय पीडितलाई अस्पताल प्रशासनले क्षतिपूर्तिसमेत दिएको छ । विरोधको स्वरलाई मत्थर पार्न प्रसूति वार्ड बन्द गरिएको हुन सक्ने स्थानीयले बताएका छन् । अब एक दिनमा २५ जनालाई मात्र भर्ना गरिने अस्पताल प्रशासनले अब दिनमा २५ जना महिलालाई मात्र प्रसूतिका लागि भर्ना लिने जनाएको छ । गुणस्तरीय सेवा दिन अब एक दिनमा २५ जनाभन्दा बढी महिलालाई प्रसूतिका लागि भर्ना नलिने अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए । ‘विगतमा क्षमताभन्दा बढी र अन्तबाट रिफर भएर आएका गम्भीर बिरामीलाई पनि भर्ना लिँदा उपचार भरपर्दो भएन,’ अधिकृत दाहालले भने, ‘धेरै बिरामी आएका कारण उपचारमा समस्या भएको हो कि भनेर अब दैनिक २५ जनाभन्दा बढी महिलालाई प्रसूतिका लागि भर्ना नलिने नीति बनाएका छाैँ ।’ प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अब विराटनगर क्षेत्रका सबै अस्पताल र प्रसूति गृहको नियमित अनुगमन गरिने बताए । विनाजानकारी वार्ड बन्द चिकित्सक र स्वास्थ्यकर्मीको लापरबाहीले आमा र शिशुको मृत्यु भएको भन्दै मृतकका आफन्तले चर्को विरोध गरे । सुत्केरी र नवजात शिशुको मृत्यु हुने क्रम नरोकिएपछि अस्पतालले प्रसूति वार्ड एक हप्ता बन्द गरेको छ । असार २६ गतेदेखि ३२ गतेसम्म प्रसूति वार्ड बन्द भएको हो । एक हप्ता बन्द भएको प्रसूति वार्ड १ असारबाट पुनः सञ्चालनमा आएको छ । प्रसूति वार्ड बन्द गर्दा नियमनकारी निकायलाई जानकारी गराउनुपर्ने प्रावधान छ । तर, नोबेलले कसैलाई जानकारी नगराई र सार्वजनिक सूचना पनि नगरी प्रसूति वार्ड बन्द गरेको हो । विनासूचना प्रसूति वार्ड एक हप्तासम्म बन्द हुँदा सुत्केरी हुन आएका सयौँ महिला त्यसै फर्किन बाध्य भएका थिए । प्रसूति वार्ड एक हप्ता बन्द भएको विषयमा विराटनगर महानगरपालिकाको स्वास्थ्य शाखा, जिल्ला जनस्वास्थ्य कार्यालय, क्षेत्रीय स्वास्थ्य निर्देशनालय बेखबर छन् । प्रसूति वार्ड बन्द गरे पनि नोबेलले प्रसूति वार्ड निरन्तर चलिरहेको दाबी गरेको छ । विराटनगर महानगरपालिका स्वास्थ्य शाखाकी अधिकृत ललिता मगरले प्रसूति वार्ड बन्द भएको विषयमा अनभिज्ञता प्रकट गरिन् । ‘सेवा बन्द भएको जानकारी मलाई छैन,’ उनले भनिन्, ‘एकदुई दिन वार्डमा ‘स्प्रे’ गर्न माथिल्लो तलामा सारेर सेवा सञ्चालन गरिएको मात्र मलाई जानकारी दिइएको छ ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies