Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

डा. केसीको अनशन २३औं दिनमा: न वार्ता, न उपचार !

काठमाडाैं । चिकित्सा शिक्षा सुधारका विविध माग राखी २३ दिनदेखि आमरण अनशन बसिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकार झन् उदासीन बनेको छ। अाजकाे नागरिक दैनिकमा याे खबर छ - जुम्लामा अनशन बसिरहेका डा. केसीको स्वास्थ्य गम्भीर बनेको भन्दै सरकारले गत बिहीबार उनलाई जबरजस्ती काठमाडौं ल्याएको थियो । तर सरकारले उनको माग सम्बोधन वार्ता प्रक्रिया सुरु गरेको छैन भने उनको स्वास्थ्य उपचारमा पनि चासो दिएको छैन। डा. केसीले आफूलाई जबरजस्ती काठमाडौं ल्याएको विरोधमा स्वास्थ्य जाँच गर्नै दिएका छैनन् । उनलाई काठमाडौं ल्याउनासाथ सरकारी पक्षले पहिला उपचार गर्ने र स्वस्थ भएपछि मात्रै वार्ता गर्ने भनेर सत्याग्रहको अपमान गरेको डा. केसी निकट चिकित्सक अभिषेक सिंहले बताए ।नेपाली सेनाको हेलिकप्टरमा त्रिवि शिक्षण अस्पतालमा लगेर छाडेपछि डा. केसीको अवस्था बुझ्न कुनै पनि सरकारी प्रतिनिधि त्रिवि शिक्षण अस्पताल पुगेका छैनन् । शनिबार सरकारी वार्ताटोलीले विज्ञप्ति निकालेर निःसर्त वार्तामा आउन आग्रह गरेको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले आइतबार साँझ ट्विटमार्फत प्रधानमन्त्रीले घटनाक्रमलाई नजिकबाट नियालिरहेको भन्दै डा. केसी स्वतन्त्र निर्णय लिन सक्ने अवस्थामा पुगेमा मात्र सरकार उनीसँग निःसर्त वार्ता गर्न तत्पर रहेको जनाएका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies