Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

व्यक्तिगत विवरण अद्यावधिक गर्न नेप्सेको आग्रह

काठमाडौँ, ६ साउन । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले शेयर कारोबारका लागि व्यक्तिगत विवरण अद्यावधिक गर्न शेयर लगानीकर्तालाई आग्रह गरेको छ । पूर्ण सञ्चालित अनलाइन कारोबार प्रणाली शुरु भइसकेको सन्दर्भमा नेप्सेले शेयर दलाल कम्पनीमा सम्पर्क गरी सो विवरण अद्यावधिक गर्न आज आग्रह गरेको हो ।

स्टकले यही साउन १ गतेदेखि अनलाइन कारोबार प्रणाली शुरु गरेको हो । आजसम्म सो प्रणालीमा ५० वटै दलाल कम्पनी आबद्ध भइसकेका छन् ।

नेप्सेले भनेको छ, “व्यक्तिगत विवरण अद्यावधिक गरी युजरनेम र पासवर्ड लिई अनलाइन कारोबार प्रणालीमा जोडिन आग्रह गर्दछौँ ।” यो परीक्षण कारोबार भएकाले उपलब्ध गराइएको युजरनेम र पासवर्डमार्फत लगानीकर्ताले कारोबारको विवरण मात्र हेर्नसक्ने मात्रै व्यवस्था गरिएको छ । परीक्षण कारोबारका क्रममा सरोकार भएका व्यक्तिबाट प्राप्त भएको सुझावलाई नेप्से अनलाइन टे«डिङ सिस्टममा यथाशक्य समेटिने प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । शेयर बजार आज दोहोरो अंकले घटेको छ । स्टकका अनुसार आज कारोबार मापक नेप्से परिसूचक भने ११.७३ अंकले घटेर एक हजार १८१ बिन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.५६ बिन्दुले घटेर २४८.८६ बिन्दुमा पुगेको छ । कूल १६३ कम्पनीको छ लाख ६१ हजार २४६ कित्ता शेयर रु २१ करोड १२ लाख १३ हजार ८२८ मूल्यमा खरिद बिक्री भएको थियो । स्टकका अनुसार बैंकिङ ७.६६, होटल ३४.५७, विकास बैंक १३.४२,जलविद्युत् १३.७७, निर्जीवन बीमा ११०.७, उत्पादन ३.४१, अन्य ६.७१, माइक्रोफाइनान्स ३२.९३, बीमा ७०.२८ बिन्दुले घटेको छ भने वित्त क्षेत्र २.९९ बिन्दुले घटेको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies