Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सरकार भर्सेस डा.केसीः नाङ्गै भएको पत्तो नपाइएला नि !

गत एक/डेढ महिनाको अन्तरालमा नेपाली संचारमाध्यमको मुख्य समाचार विश्व कपका, मेस्सी र नेपालका डा.गोविन्द के.सी.ले भरीएका छन् । स्वास्थ्य क्षेत्रको सुधारका लागि वर्षौदेखी अनवरत रुपमा लडिरहेका डा.केसीको सत्याग्रहको लडाई जारी छ । केसीको जिवनी अध्ययन गर्ने हो भने, उनले हालसम्म १०५ औँ पटक अनसन बसेको र सो मध्ये चिकित्सा क्षेत्र सुधारको माग गर्दै जारी आन्दोलनको १५ औँ संस्करणको जुम्ला आन्दोलन १५ औँ दिन सम्म जुम्ला सदरमुकाममा जारी थियो तर पछिल्लो पटक सरकार पक्ष र आन्दोलनरत् पक्ष वीच साम्प्रदायिक द्वन्द बढ्न सक्ने खतराले गर्दा डा.केसी हालै राजधानी आईपुगेका छन् । \"\" सरकारले धेरैपटक आग्रह गर्दा पनि केसी चन्दननाथ बाबाको काखमा नै बरु जिवन त्याग गर्नेछु तर यो अन्तिम लडाई हुनेछ भनि लडिरहेका थिए । जब प्रदर्शनकारी र प्रहरी विच बारम्बार झडपको अवस्था सुजना भयो तव अवस्था प्रतिकुल हुनसक्ने भयले गर्दा केसी काठ्मान्डौ आएन तयार भए । उनमा मानविय संवेदना प्रखर मात्रामा रहेको हामी देख्न सक्छौ । काठ्मान्डौ आउनासाथ उनको त्रि.वि. शिक्षण अस्पताल महाराजगंजमा उपचार भईरहेको र उपचारकै क्रममा उनले ८ औँ दिन देखि आफ्नो निष्ठाको लडाई भने लडिरहेका छन।इतिहास अध्ययन गर्नेहो भने डा. केसी अन्याय र अत्याचार विरुद्ध सधै नै लड्ने गरेको पाइन्छ चाहे त्यो विद्यार्थीकालमा होस या विदेसमा अध्ययन गर्ने ताका होस् उनले अत्याचारलाई स्विकारेनन् । जिवनभर दिनदुखी र गरीब निमुखा जनताहरुको सेवामा निश्वार्थरुपमा खटिदै आएका डा. केसी हालसम्म पनि अविवाहित रही राष्ट्रसेवामा तल्लिन छन् । कोशीको वाढी होस या जाजरकोटको हैजा होस् या विनासकारी भुकम्प होस् यात, नेपाली जनताहरुको हरेक आपत विपदमा“इम्प्याथी” का साथ अग्रपङतीमा पिडितको घरमा पुग्ने व्यक्ति हुन् डा.केसी. । त्यति ठुला अस्पतालका बरिष्ठ प्राध्यापक एवं ठुला सरकारी हाकिम भएर पनि कहील्यै उनले सुख सयलको वास्ता गरेनन् न त कुनै लोभ–लालचमा अल्झिए । साना साना बेथितिबिरुद्ध लड्दै आएका डा.के.सी. को सादगीपन र निश्वार्थ सेवाले गर्दा वहुसंख्यक सर्वसाधारण उनको पक्षमा अडिएर साथ सहयोग गर्दै उनलाई हौसला प्रदाल गरेपश्चात केसीलाई प्रोत्साहन मिलेको हनाले उनले पछील्लो समय नितिगत भ्रष्ट्राचारको विरुद्धमा लडाई लडदै आएका छन । उनि एक सादगी पुरुष भएको कारण उनको लडाई हातहतियारको नभई सत्याग्रहको लडाइको सहारा लिनपुगे । इतिहासले सिद्ध गरीसकेको छ कि, सत्याग्रह त्यस्तो लडाई हो जसको शक्तिले धेरै निरंकुशतन्त्र र साम्राज्यवादी शक्तिहरु समेत पराजित् भएका थिए । भारतमा सत्याग्रहकै आडमा साम्राज्यवादी बेलायति शासन पतन भएको इतिहास हामीले वाल्यकालमा अध्ययन गरेका थियौ, बम बारुदले सम्भव नभएका ठुल्–ठुला युद्धहरु सत्याग्रहकै कारण सफल भएका थिए र छन् पनि । डा.केसीले चिकित्सा क्षेत्रमा राज्यका संचालकहरुले मनपरी हिजाजत प्रदान गर्दाको सिर्जित विकशित रुप हो भनेर यसमा जवसम्म सुधार हुदैन तवसम्म वार्ता नगर्ने र माथेमा आयागको प्रतिवेदन अक्षरस लागु गर्नुपर्ने भनेर दृढ संकल्प गरी अस्पतालमै जुन अनसन गरेका छन् सो विषयमा प्रतिपक्ष इतरका आश्था राख्नेहरुमात्र नभई सर्वसाधारणको मुद्धा बोकेका कारण हुन सक्छ कि के.सी.पट्टी जनमतको पल्ला भारी भएको हामी देख्न सक्छौ ।माथेमा आयोगको प्रतिवेदन भनेरधेरैको सुगा रटाई सुनियो तर के रहेछ त त्यसमा भनेर कमैले बुझेका होलान सायद । धेरैको मुखवाट “माथेमा– माथेमा” सुन्दा मैले पनि सो वारे जानकारी लिन सो प्रतिवेदन “चिकित्सा शिक्षा सम्बन्धि राष्ट्रिय निति तर्जुमा, उच्च स्तरीय कार्यदलको प्रतिवेदन २०७२” ल्याई अध्ययन गरे जहाँ केदारभक्त माथेमाको संयोजकत्वमा डा. सुरेशराज सर्मा, डा. अर्जुन कार्की, डा. मदन उपाध्याय, डा. रमेसकान्त अधिकारी, डा. भगवान कोइराला, डा. गुणराज लोहनी एवं डा. हरी प्रसाद लम्साल लगायतका विज्ञहरुको टोलीले ६ महिना लगाई ११० पृष्ठ लामो प्रतिवेदन तयार गरी सरकार समक्ष पेश गरेका रहेछन जहा स्पष्ट रुपमा हाम्रो स्वास्थ्य शिक्षाको वर्तमान अवस्था , सो मा भएका समस्या, सोको समाधानको उपाय उल्लेख गरीएको रहेछ । जुन माथेमा आयागले विद्यमान चिकित्सा शिक्षा क्षेत्रका समस्याहरुलाई सुक्ष्म अनुसन्धान गरी सो लाई व्यवस्थीत वनाउन स्पष्ट रोडम्याप सहित्को सुझाव आफ्नो प्रतिवेदनको परिच्छेद ७मा स्पष्ट रुपमा अगाडी सारेका छन् । सोही सुझावलाई नै अक्षरस लागु गरिनुपर्दछ भनेर सत्याग्रह लसुरु गरेका हुन् गोविन्द केसीले । [caption id=\"attachment_196501\" align=\"alignleft\" width=\"850\"]\"\" डाक्टरहरू अस्पतालका सेवा बन्द गरेर डा. केसीको समर्थन अान्दोलनमा गएपछि अस्पतालमा लाठि जुलस निकाल्दै बिरामीका अाफन्त[/caption] यो आलेख तयार पार्ने समय सम्म १५ औँ पटकको अनसनको तेइसौ दिन सम्म पनि यो समस्या सुल्झाउन सरकारले गरेको सारा पर्यत्न असफल भएको छ । के.सी आफ्नो अडानमा पछि हट्नेवाला छैनन् भने यता सरकार यस मामलामा टसमस पनि भएको छैन । पटक–पटक को अनसनले उनको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक अवस्थामा पुगेको छ भने उनको समर्थनमा नेपाल चिकित्सक संघ पनि आन्दोलनमा उत्रदा विरामिहरुले अस्पतालमा सेवा पाईरहेका छैनन् । स्वास्थ्य सेवा हाल लथालिङ्ग अवस्थामा छ । कयौ बिरामी अस्पतालमा उपचार नपाएर छट्पटिएर बसिरहेका छन् भने सक्ने जतिले भारत लगाएतका सिमावर्ती अस्पतालहरुमा उपचार गराउन लागिरहेको दृष्य टेलिभिजन, पत्रपत्रिकामा हामी दिनहुदेखी रहेका छौ । यस्ता भयावह परिस्थितिको सामान्यिकरण गर्न आन्दोलनकारी र राज्यपक्षले आ–आफले अगाडि सारेका सर्त पुरा नहुदा सम्म यो समस्या ज्युँ का त्युँ नै रहने हँुदा यस विषम परिस्थितिको समयावधि कम नहुने अवस्था बढ्दो छ । राज्यपक्षले डा.केसीलाई माफियाद्वारा संचालित, कांग्रेसको गोटी र नौटंकिवाजको आरोप लगाउनमै उद्यत छ । [caption id=\"attachment_196797\" align=\"alignleft\" width=\"850\"]\"\" प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले डा. केसीको समर्थनमा निकालेको जुलुस[/caption] उता प्रतिपक्ष दलले भने उनका साना साना र सुन्दा पनि जगत हास्ने इलजिकल तर्क पेश गरी डा.केसीको यस सत्याग्रहलाई भ¥याङ्ग बनाई सरकारलाई अफ्ठ्यारो बनाउने र गलाउने रणनीति अगाडि सारी सवै भन्दा चर्को स्वरमा अधिकारवादी बनी नारा फलाक्दै छ । हाम्रो राजनैतिक संस्कार यस्तो घिनलाग्दो गतिमा प्रस्तुत हुने गर्दछ कि, जुन देख्दा हामी जस्ता सर्वसाधारण जनताको समेत कन्सिरीका रौँ तातेर आउँछ ।सत्तामा छउन्जेल भारत संग लम्पसार परी उसको चाकरी गरी उसैको लय रभाकामा“बन्दे मातरम्” गाउने राजनैतिक दलहरु सत्ता वाहिर पुगनासाथ पब्लिक सेन्टिमेन्टको लागि सवैभन्दा चर्को स्वरले सक्तोसराप गरी असल राष्ट्रभक्त बनेको ढोङ्ग देखाउछन् । हालडा.के.सी. प्रतिको प्रतिपक्षहरुको हारगुहार केवल गोहीको आँशु र “फलाम तातेकै बेलामानै हो साईजमा ल्याउने”भनी धमिलो पानीमा माछामार्ने दरिद्र मानसिकताबाहेक अरु हुन सक्दैन ।   \"\" पब्लिक वाही–वाही बटुलेर राजनीतिक दुनो भजाउने जुनरोग नेपाली राजनिति वृत्त मा देखा परेको छ, त्यस्ले कालान्तरमा उसैलाई फाईदा पुर्याउँदैन। मलाई व्यत्तिगत रुपमा मन पर्ने व्यक्तित्व भएका नेता हुन गगन थापा, केपी ओली, गिरीराजमणी पोखरेल । तर पछिल्ला समय गगन थापाको वक्तव्य,पारा,नारा र शैली देख्दा उनी प्रतिको आदरभाव शुन्यतामा परिणत् भएको छ । स्वास्थ्य मंन्त्री भएका बेला उन्ले स्वास्थ्य क्षेत्रमा धेरैकाम राम्रो गरेकै हुन् तर जसरी डा.के.सी. को अहिलेकै यीनै ऐजन ऐजन समस्या उनको ब्रह्मले देख्न सकेन तर आज सवै भन्दा ठुलो मुख उनैले बाईरहेका छन्। त्यसो भन्दैमा हालको सत्तापक्ष पनि दुधले नुहाएका पक्कै होइन ।जसरी अहिले कांग्रसले चर्को स्वरमा डा.केसीको मानबअधिकाररक्षाको कुरा गरी मुख बाइरहेको छ ,हिजोसत्ता वाहिर छँदाठिक त्यसै गरी हालका यिनै सत्ता पक्षहरु सवैभन्दा अगाडि उनको गाला छाम्न टिचिङ्ग अस्पतालमा पुगेका थिए ।कम्युनिष्टहरु सत्ता वाहिर हँुदा यो माग अत्यन्त जायज थिए तर अहिले नाजायज लागेका छन् । भलै होला सरकारी एक कर्मचारीले विदा स्विकृत नगराई जुम्लामा गई अनसन बस्नु उनको प्रकृयागत गल्ति होल तर त्यसको फल त पक्कै गलत नहोलानि । “डाक्टर पढ्न सर्वसाधारण हरुले सक्तैनन् तसर्थ शुल्क कम गर्नु प¥यो, सबै शिक्षण अस्पताल काठ्मान्डौमा मात्र हुने हो भने अन्य क्षेत्रको विकास हुदैन तसर्थ वाहिर लगेर खोल्नु प¥यो, शिक्षा तथा स्वास्थ्य संस्थामा राजनैतिक हस्तक्षेपले त्यसको प्रभावकारीता घटाउँदछ तसर्थ यसमा राजनितिक नियुक्ति प्रक्रिया खारेज हुनु प¥यो २० रुपैया पर्ने औषधि लाई ३९५ रुपैयामा जनताहरुले खरीद गरीरहेका छन् सो हटाउनु प¥यो, स्वास्थ्य क्षत्रमा माफियातन्त्रले राज गरेका छन् सो निमुल गर्नु प¥यो, सर्वसाधारण जनतालाई स्वास्थ्य सेवामा पहुच स्थापना गर्नको लागि निति निर्माण बनाई सो लाई अक्षरस पालना गनु प¥यो र गरिव तथा विपन्न नागरिकहरुको स्वास्थ्यको हक सुनिश्चित हुनु पर्ने”भनेर भनेर उनले सुरु गरेको सत्याग्रह के सरकारका विरुद्धमा हो त ? पक्कै होईन, यो बहु संख्यक नेपाली हरुको भविष्य सँग जोडिएको मुद्दा हो । \"\" वर्तमान प्रधामन्त्री केपी शर्मा ओलीले अगाडि सारेका “सुखी नेपाल समृद्ध नपाल” को स्लोगनलाई नै सफल बनाउन सहयोग पु¥याउने एक महत्वपुर्ण अभियान हो यो । मलाई थाह छ कि, हाम्रा प्रधानमन्त्री “काइन्ड हार्टेड” छन, सर्वसाधारणको समस्याहरु उनले सजिलै बुझ्न सक्दछन । तर उनलाई उनलाई सल्लाह दिने र खवर पु¥याउने एउट यस्तो टिम छ बालुवाटारमा, जुन “फेक डाटा, फेक इन्फरमेसन, फेक व्रिफिङ”ले प्रधानमन्त्रीलाई रुमल्याई रहेका छन् । सल्लाहकारहरु आफुलाई पनि प्रधानमन्त्री नै ठानिरहेका छन्, सर्वसाधारण हरुको पहुँच छैन बालुवाटारमा । केही दिन अगाडि बालुवाटार पश्चिमको जिल्लाबाट जिल्ला तहका एक नेताले दर्शन भेटका लागि धाएको ९ दिन भएको र त्यतिन्जेल सम्म पनि बालुवाटारका अन्य धेरै “सल्लाहकार” नामका प्रधानमन्त्रीहरुले वेवास्ता गरी भेट गर्न वञ्चित् भएर खिन्न मन गरी घर फर्कन लागेको कुरा वाहिर आएको थियो । स्वकिय सचिवालयमा रहेका पिएहरु प्रधानमन्त्री भन्दा बढी व्यस्त भएको ढर्रा दर्शाउने गर्दछन् । अत्यन्तै भद्दा र अस्तव्यस्त छ प्रधानमन्त्रीको सचिवालय । [caption id=\"attachment_195337\" align=\"alignleft\" width=\"397\"]\"\" लेखक[/caption] सर्वसाधारण र शुभचिन्तकहरुको प्रत्यक्ष सम्पर्क र समन्वय हुन नसक्दा जनता र सरकार विचको दुरी वढ्दै जान्छ र कालान्तरमा शेर बहादुर देउवाको हाल हुन बेर छैन । सल्लाहकार हरुको गलत् सुचना, गलत रिपोर्टिङ्ग ले गर्दाजसले गर्दा हाम्रा प्रधानमन्त्रीको साख सर्वसाधारण जनताको नजरबाट गिर्दो क्रममा छ । यस समस्याको समाधान गर्न प्रधानमन्त्रीले नसकेको तितो यथार्थ र प्रमुख सरोकारवाला मन्त्रालय सन्चालन् गर्ने उपेन्द्र यादवको मौनता ले लाग्छ, यादव यो पछि अपजस् व्यहोर्न राजी छैनन् । ‘मैलेत सरकारमा हुँदा ताका नै केहि बोलेको थिईन’ भनेर पानी माथिको ओभानो बन्ने रणनीतिमा यादव लागेका छन् भने सरकारको पक्ष लिने अन्य सर्वसाधारणहरु पनि ‘ह्विप’ को कारण डा.केसी सही छन् भनेर बोल्ने आट गर्न सकेका छैनन् । ‘नाङ्गोलाई कुरीकुरी नभने पनि कपडा फुस्किएछ’ भनेर भन्ने आँट समेत गर्न नसक्दा डा.केसी को यस माग पुरा नहुने पो होकि भन्ने संसय व्याप्त छ । सरकारमा रहेकाहरुले यो बुझ्नु पर्दछ कि, सर्वसाधारण जनताहरु जहिल्यैे पनि सत्य कै पक्षमा हुन्छन् । हिजो पनि असत्य माथि सत्यको विजय गराई आफ्ना अमुल्य मतले तिनै सर्वसाधारण जनताले नै हो अनुमोदन गरी अहिलेका सत्तासिन दलहरुलाई वहुमत् दिलाएका । बहुमत् एक अमानत हो र यसको निश्चित आयु हुन्छ । जस्लाई नविकरण गर्न पुनः सर्वसाधारण कै शरणमा पुग्नुपर्ने हुन्छ र राम्रा काम गरिएन भने सर्वसाधारण जनताहरुले रातो वत्ति वालिदिन्छन् भन्ने हेक्का सम्पुर्ण राजनैतिक दलमा हुनुपर्दछ । उता हालका राज्य संचालकहरुले यो भयावह परिस्थितिको बेलैमा गम्भिर रुपमा ममन् गरि सामान्यिकरण गरेनन् र पब्लिक इन्ट्रेष्ट एवम लोकमत र जनचाहना कतातिर छ, सो को ख्याल गर्न सकेनन् भने परिस्थिति विकराल हुने निश्चित छ भने प्रतिपक्षहरुलेपनि “फलाम तातेकै बेलामा नै हो साईजमा ल्याउने” भनी धमिलो पानीमा माछा मार्न थाल्दछन् । अन्ततःसरकारको लोकप्रियताको पल्ला निश्चिय नै हल्का हुनेछ । मेरो बुझाईमा डा.केसीको यस सत्याग्रह र उनले उठाएका मुद्दाको समाधानका लागि हामी ले आ–आफ्नो बालहट त्याग देहाय अनुसारको भुमिका खेल्नसकेमात्र यस विषय परिस्थितिको समाधान हुन सक्दछः १– दिर्घकालिन निकासका लागि सरकार पनि डा.केसी को माग प्रति लचिलो हुनुपर्द छ । जनमत् कतातिर छन सो को हेक्का राख्नुपर्दछ । हिजो यातायातको सिन्डिकेट ताड्न जनताहरुले साथ सरकारको दिएकै थिए । यस वेला गरिव सर्वसाधारण जनता र सरकार विच गहिरो खाडल भएको छ, त्यसलाई नेतृत्वगणले वेलैमा सम्वोधन गर्नु पर्दछ । २– जतिवेला सरकारमा रहदा नेपाली काँग्रसले शिक्षा र स्थास्थ्यमा निजिकरण ऐन लगाएर विना पुर्वाधार धेरै मेडिकल कलेज स्थापना गर्न दिईएको हुँदा उसले यो बिषय परिस्थितिमा आगोमा घ्यु थपी पानी माथिको ओभानो बन्न खोज्नु हुदैन । कांग्रसले आफ्नो खारिएको अनुभव लाई सहि रुपमा सदुपयोग गरी समस्या समाधानको मिलनविन्दु भेट्टाउन अग्रसर देखाउनु पर्दछ । ३– दस वर्ष सम्ममा कलेजले थप सम्वन्धता नपाउदा विगतमा सम्वन्धता पाएका कलेजहरुले खडा गरेको सिण्किेट अकल्पनिय हुने र यहाँ पढ्न नपाएर विद्यार्थीहरु वाहिरी देशमा जाने लहर तिर पनि डा.केसी ले ध्यान पु¥याउनु आवश्यक हुन्छ । साथै सरकारी कोटामा छात्रवृत्तिमा पढेका र राज्यले लगानी गरेका डाक्टरहरुले पढाई पश्चात ५ वर्ष दुर्गम क्षेत्रमा अनिवार्य काम गर्नै पर्ने वाध्यकारि नियम लाई डा.केसी ले २ वर्षमा झार्नु पर्दछ भनेर लिएको अडान वाट पछि हट्नु पर्दछ । ४– राज्य संचालन गर्नेहरुले पनि डा.केसी लाई र उनका समर्थकहरु लाई झन चिड्याउने र एउटा व्यक्तिले अनसन वसेकै भरमा सरकारको दाल गल्दैन भनेर सार्वजनिक वक्तव्य वाजि गर्नु राम्रो हुदैन । ५– बौद्धिक जमात, सर्वसाधारण तथा सरकारभन्दा वाहिर भएकाहरुले पनि डा.केसी सँगै सतिजाने सोच राखी आवश्यकता भन्दा वढी बूर्इ वोक्नु हुन्न र उचाल्ने पछार्ने जस्ता क्रियाकलाप बन्द गनुपर्छ । ६– चाहे डा.केसी ओलि होस् वा प्रचण्ड कसैलाई पनि आवश्यकता भन्दा वढि देवात्वकरण गरि जय जयकार गर्नु घातक हुन सक्छ तसर्थ तथ्यमा आधारित् भई काम गर्न÷गराउन सल्लाह सुझाव प्रदान गर्नु पर्दछ । ७– एउट विश्वविद्यालयले ५ वटा भन्दा वढि सम्बन्धन दिन पाउनुहुन्न भन्ने डा. केसी ले सो मागमा लचिलो हुनु पर्दछ । ८– पुर्वाधार पुग्दै नपुगेका कलेजलाई पनि पुगेको भनि सिफरिश गर्नेहरु पत्ता लगाई कारवाहि अगाडि बढाउनु पर्दछ । फर्जि प्रतिवेदन बनाई अनुगमन् तथा मुल्याङ्कन गरी कारवाहि प्रकृया अगाडि बढाउनु पर्दछ । ९– स्वास्थ्य शिक्षा लाई संविधान अनुसार र माथेमा प्रतिवेदनका राम्रा–राम्रा भागहरुलाई स्विकारगरी त्यसलाई समयानुकुल बनाउनु पर्दछ । चिकित्सा क्षेत्रमा बढदो विचौलिया र माफिया रोक्न सरकार तयार हुनुपर्दछ । सम्बन्धन पाईसकेका र लगानी गरी सकेका कलेजका लगानिकर्ताको लगानी डुव्न नदिन समालोचनात्मक ढंगले सोचि सोहि अनुरुप गरिनु पर्दछ । १०– स्वास्थ्य क्षेत्र एक अत्यन्तै संवेदनसिल क्षेत्र भएको कारण त्यसका विचौलिया एवं कालोवजारी हटाउन प्रभावकारी कदम चालिनु पर्दछ र कम दरपर्ने औषधि लाई वढि रुपैयामा जनताहरुले खरीद गरीरहेका छन् सो हटाउनु पर्दछ। ११ डा.के.सी.लेपनि यस सत्याग्रहलाई प्रतिपक्ष दलले भ¥याङ्ग बनाई सरकारलाई अफ्ठ्यारो बनाउने रणनिति बनाएकाले सो को बेलैमा भेउ पाइ यो मुद्दालाइ राजनितिकरण हुन दिनुहुन्न । अतः माथि उल्लेखित ११ वुदे समाधानको उपाय अपनाएमा डा.केसी फेरी अनसन बस्नु पर्ने छैन र सरकारले अघिसारेको सुखी नेपाल समृद्ध नेपालको नाराले सार्थकता पाउने छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies