/  Fri, August 17, 2018

गाउँलेको कुटपिटबाट दुई झाँक्रीको मृत्यु

मलेखु, धादिङ, ५ साउन (रासस) ः उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२ लताबमा गाउँलेको कुटपिटबाट आज बिहान दुईजना झाँक्रीको मृत्यु भएको छ ।

झाँक्रीको काम गर्दा गाउँवासीलाई धेरै दुःख दिएको आरोपमा गाउँलेले कुटपिट गर्दा लताबका ६० वर्षीय साइला तामाङ र नरुङ तामाङको मृत्यु भएको हो ।

गाउँमा घटना भएपछि गाउँलेले नै शव जलाइसकेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालयमा खबर आएपछि शनिबार साँझ घटनास्थलतर्फ प्रहरी टोली प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिनुभयो ।

घटनास्थल सदरमुकामबाट दुई दिनको पैदल दुरीमा पर्दछ । वर्षाका कारण सदरमुकामबाट प्रहरी टोली घटनास्थल पुग्न लामो समय लाग्ने भएकाले सोही गाउँपालिकाको फूलखर्क प्रहरी चौकी र खनियावास गाउँपालिकाको दार्खा इलाका प्रहरी कार्यालयबाट घटनास्थलतर्फ प्रहरी सो क्षेत्रमा गएको र थप विवरण नआएको प्रहरी उपरीक्षक विकले बताउनुभयो ।
–––

साउन ५ गते, २०७५ - २१:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अबको श्रम गन्तव्य युरोप

अबको श्रम गन्तव्य युरोप

अशोक घिमिरे । काठमाडौँ, १ भदौ । वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुकको अध्ययन गर्न गठित कार्यदलले...   

स्कुले विद्यार्थीले गरे एप्पलको सिस्टम “ह्याक”

सिड्नी, १ भदौ । एप्पल कम्प्युटरमा काम गर्ने “सपना” बुनेका एक अस्ट्रेलियाली स्कुले छात्रले एप्पलको...   

देश नयाँ संरचनामा गएको भन्दै लालबाबुले कर्मचारीलाई यसो भने…

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले देश नयाँ संरचनामा गएकाले पुराना...   

सडक अवरुद्ध हुँदा हेलिकोप्टर चार्टर गरेर मानसरोवर

रसुवा ३१ साउन ।  धुञ्चे भार्खु सडकखण्डको त्रिशुली खोला नजिक लगाइएको सपोट पर्खालमा पहिरोले क्षति पुर्याएपछि...   
भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको निधन

भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको निधन

नयाँ दिल्ली, भारत, ३१ साउन । भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार पाँच बजेर ५ मिनेट...   

वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन अनलाइन प्रणालीको विकास

काठमाडौँ, ३१ साउन । वैदेशिक रोजगारलाई थप व्यवस्थित बनाउन श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले...   
अमेरिकाः धर्मगुरुद्वारा १,००० बालबालिकामाथि यौन दुव्र्यवहार

अमेरिकाः धर्मगुरुद्वारा १,००० बालबालिकामाथि यौन दुव्र्यवहार

अमेरिका, ३० साउन । एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरे । अर्का धर्मगुरुले नौ वर्षका...   

मुलुकी फौजदारी संहिताः छ अपराधमा आजीवन कारावास

कालिका खड्का । काठमाडौँ, ३० साउन । मुलुकी अपराध (संहिता) ऐन, २०७४ भोलि भदौ १ गतेदेखि लागू हुनेछ । तत्कालीन...   
सौर्य प्यानलमा अमेरिकाले गरेको करबृद्धि विरुद्ध चीनको उजूरी

सौर्य प्यानलमा अमेरिकाले गरेको करबृद्धि विरुद्ध चीनको उजूरी

बेइजिङ, ३० साउन । अमेरिकाले सौर्य प्यानलमा गरेको करबृद्धि विरुद्ध चीनले विश्व व्यापार संगठन (डब्लुटीओ)...   

पहिरोका डरले स्थायी प्रहरी चौकी नै विस्थापित

डोल्पा, ३० साउन । हिमाली जिल्ला डोल्पामा पहिरोका डरले एक स्थायी प्रहरी चौकी नै विस्थापित भएको छ । ठुलीभेरी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top