/  Fri, August 17, 2018

डा केसीका पक्षलाई निःशर्त वार्तामा आउन वार्ता टोलीको आह्वान

काठमाडौँ, ५ साउन । सरकारी वार्ता टोलीले डा गोविन्द केसी पक्षलाई वार्ताका लागि आउन फेरि आह्वान गरेको छ । वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले आज विज्ञप्ति जारी गर्दै डा केसी पक्षलाई निःशर्त वार्तामा आउनका लागि आह्वान गर्नुभएको हो । उहाँले डा केसीका माग वार्ताबाट सम्बोधन गर्न सकिने भन्दै वार्ताका लागि आह्वान गरेको बताए ।

संसद्मा पेश भएको चिकित्सा शिक्षा विधेयक फिर्ता वा स्थगित नभएसम्म डा केसीलाई काठमाडाँै नल्याउने र विधेयक फिर्ता नलिएसम्म वार्तामा नबस्ने डा केसी पक्षको वार्ता टोलीको भनाइले वार्ता हुन नसकेको सरकारी वार्ता टोलीका संयोजक बरालले बताए ।

सरकारले असार ३२ गते शिक्षा सचिव बरालको संयोजकत्वमा डा केसीका पक्षसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको थियो ।

यसबीचमा वार्ता टोलीले तीन पटक डा केसीका पक्षसँग वार्ता गरिसकेको छ । विज्ञप्तिमा वार्ताबाट छिटो समाधान ननिस्कने देखेर नै डा केसीको स्वास्थ्य अवस्था थप बिग्रिन नदिन सरकारले उहाँलाई जुम्लाबाट काठमाडौँ ल्याई अभिभावकत्वको भूमिका निर्वाह गरेकोसमेत उल्लेख गरिएको छ । रासस

साउन ५ गते, २०७५ - २०:४८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अबको श्रम गन्तव्य युरोप

अबको श्रम गन्तव्य युरोप

अशोक घिमिरे । काठमाडौँ, १ भदौ । वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुकको अध्ययन गर्न गठित कार्यदलले...   

स्कुले विद्यार्थीले गरे एप्पलको सिस्टम “ह्याक”

सिड्नी, १ भदौ । एप्पल कम्प्युटरमा काम गर्ने “सपना” बुनेका एक अस्ट्रेलियाली स्कुले छात्रले एप्पलको...   

देश नयाँ संरचनामा गएको भन्दै लालबाबुले कर्मचारीलाई यसो भने…

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले देश नयाँ संरचनामा गएकाले पुराना...   

सडक अवरुद्ध हुँदा हेलिकोप्टर चार्टर गरेर मानसरोवर

रसुवा ३१ साउन ।  धुञ्चे भार्खु सडकखण्डको त्रिशुली खोला नजिक लगाइएको सपोट पर्खालमा पहिरोले क्षति पुर्याएपछि...   
भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको निधन

भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको निधन

नयाँ दिल्ली, भारत, ३१ साउन । भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार पाँच बजेर ५ मिनेट...   

वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन अनलाइन प्रणालीको विकास

काठमाडौँ, ३१ साउन । वैदेशिक रोजगारलाई थप व्यवस्थित बनाउन श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले...   
अमेरिकाः धर्मगुरुद्वारा १,००० बालबालिकामाथि यौन दुव्र्यवहार

अमेरिकाः धर्मगुरुद्वारा १,००० बालबालिकामाथि यौन दुव्र्यवहार

अमेरिका, ३० साउन । एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरे । अर्का धर्मगुरुले नौ वर्षका...   

मुलुकी फौजदारी संहिताः छ अपराधमा आजीवन कारावास

कालिका खड्का । काठमाडौँ, ३० साउन । मुलुकी अपराध (संहिता) ऐन, २०७४ भोलि भदौ १ गतेदेखि लागू हुनेछ । तत्कालीन...   
सौर्य प्यानलमा अमेरिकाले गरेको करबृद्धि विरुद्ध चीनको उजूरी

सौर्य प्यानलमा अमेरिकाले गरेको करबृद्धि विरुद्ध चीनको उजूरी

बेइजिङ, ३० साउन । अमेरिकाले सौर्य प्यानलमा गरेको करबृद्धि विरुद्ध चीनले विश्व व्यापार संगठन (डब्लुटीओ)...   

पहिरोका डरले स्थायी प्रहरी चौकी नै विस्थापित

डोल्पा, ३० साउन । हिमाली जिल्ला डोल्पामा पहिरोका डरले एक स्थायी प्रहरी चौकी नै विस्थापित भएको छ । ठुलीभेरी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top