Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

'भानुभक्तीय रामायण’लाई विश्वसम्पदा सूचीमा राख्न सुझाव

काठमाडौँ। आदिकवि भानुभक्त आचार्य विषयमा विद्यावारिधि गर्ने भारतका एक साहित्यकारले ‘भानुभक्तीय रामायण’लाई विश्वसम्पदा सूचीमा राख्न सकिने बताएका छन् । दुई सय पाँचौँ भानुजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा तीन दिन आयोजित प्रथम ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ मा नेपाल आउनुभएकी सिक्किम विश्वविद्यालय नेपाली विभागका सहप्राध्यापक डा कविता लामाले ‘भाषिक साहित्यिक विश्वसम्पदाका सन्दर्भमा भानुभक्त’ शीर्षक कार्यपत्र प्रस्तुत गर्दै विभिन्न भाषामा अनुदित ‘रामायण’को प्रकाशन, भारत तथा विश्वका नेपाली डायस्पोरा समाजमा ‘रामायण’को महत्व र भानुजयन्ती, भारतमा भानु शालिकको स्थापना, ‘रामायण’ अडियो क्यासेटको निर्माण, भानुभक्तमाथि निर्मित पहिलो नेपाली चलचित्र, उनीमाथि गरिएका विभिन्न विद्यावारिधि आदि कारणले सो कुरा पुष्टि हुन सक्ने बताएका छन् । खरसाङ निवासी डा लामाले भानुभक्त आचार्यका काव्यकृतिको भाषिक अध्ययन विषयमा वनारस विश्वविद्यालयबाट सन् १९९७(विसं २०५४तिर) विद्यावारिधि पूरा गरेका थिए । सिक्किम विश्वविद्यालयको स्कूल अफ ल्याङ्ग्वेजेस एण्ड लिटरेचरमा उनी हालै डीनका रुपमा नियुक्त गरिएको छ । “हिन्दी, असमेली, बंगला, मैथिली, भोजपुरी र अंग्रेजीमा भानुभक्तको रामायणको अनुवाद हुनु भनेको सो कृति विश्वस्तरमा पुग्नु हो, अनि कविलाई विश्व कवि मात्र नभनेर विश्वसम्पदाका रुपमा नै आधिकारिक तौरले स्थापित गर्ने प्रयास गर्नु हो”, कार्यपत्रमा भनिएको छ । डा लामाले नेपाली भाषा साहित्य र समाजमा कवि भानुभक्त विश्वसम्पदाका रुपमा स्थापित भइसकेकाले उनको महान् साहित्यिक सम्पदा ‘भानुभक्तीय रामायण’ लाई पनि राष्ट्रिय अनि अन्तर्राष्ट्रिय संरक्षण प्रदान गराउन तथा विश्व धरोहरका रुपमा स्थापित गर्न आधिकारिक रुपमा पहल हुनुपर्नेमा उनले जोड दिए । यसका लागि नेपाल र भारत सरकार दुवैले राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन(युनेस्को)सित पत्राचार गर्न उनले सुझाव दिएका छन् । सन् २०१४ मा युनेस्कोले नेपालबाट विश्व धरोहरका सूचीमा राखेका लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज, काठमाडौँ उपत्यका, सगरमाथा राष्ट्रिय निकुञ्जलाई जस्तै ऐतिहासिक र वैश्विक मूल्यका दृष्टिले आदिकवि भानुभक्तको जन्मस्थल चुँदी रम्घा पनि सांस्कृतिक सम्पदाका सूचीमा सामेल गर्न सकिने उनको तर्क छ । सो प्रक्रियामा सरकारलाई सहयोग गर्ने संस्थामा दुवै मुलुकका नेपाल प्रज्ञा –प्रतिष्ठान, नेपाली साहित्य अकादमी भारत, अन्तर्राष्ट्रियस्तरमा गठित नेपाल गैरआवासीय संस्था, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, विश्व भुटानी साहित्य संगठन, विश्व नेपाली साहित्य महासंघ आदिले यसमा सहयोगको हात बढाउन सकेमा व्यावहारिक अनि आधिकारिक रुपमा भानुलाई विश्व सम्पदाका रुपमा स्थापना गर्न सफल हुने उनको विश्वास छ । नेपाली भाषा साहित्यका सन्दर्भमा आदिकवि भानुभक्तलाई विश्व कविका रुपमा स्थापित गर्न, विश्व धरोहर घोषित गर्न तथा ज्ञान समाजको प्रमुख हिस्सा बनाउन आजको युवा पुस्ता अघि आउनुपर्ने सुझाव पनि उनको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies