Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

हिनामिना गरिएको रकमबारे छानबिन

\"\"डडेल्धुरा। डडेल्धुरामा रहेका मुक्त हलियाका रकम हिनामिना भएको भन्दै जिल्ला प्रशासनमा परेका उजुरीका बारेमा छानबिन गरिने भएको छ । मालपोत कार्यालय डडेल्धुराका कर्मचारीले मुक्त हलियाबाट खाएको रकम फिर्ता गरेपछि उजुरी गर्नेको संख्या बढेको जिल्ला प्रशासनले जनाएको छ । मालपोत कार्यालय डडेल्धुरामार्फत कार्यान्वयन भइरहेको मुक्त हलिया पुनःस्थापना कार्यक्रममा भएको आर्थिक अनियमितता प्रकरणको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने भएको छ । मुक्त हलिया पुनःस्थापना कार्यक्रमका लाभान्वित व्यक्तिहरुले जग्गा खरिद, घर मर्मत र घर निर्माणका लागि प्राप्त अनुदान रकममा घुस मागेको भन्दै मुक्तहलियाहरुले उजुरी दिन थालेका हुन् । मालपोत कार्यालय डडेल्धुराका कर्मचारी, राष्ट्रिय हलिया मुक्ति समाज महासंघ सम्बद्ध व्यक्तिहरुका नाममा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन थालेका हुन् । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले प्रारम्भिक छानबिन गरी थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा प्राप्त लिखित तथा मौखिक उजुरीका आधारमा घुस लिएका व्यक्तिसँग स्पष्टीकरण माग गरी ठाडो बयान लिएर थप कारवाहीका लागि अख्तियारमा पठाइएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । मुक्त हलियाबाट विभिन्न बहानामा रु २० हजारदेखि ५६ हजार घुस लिइएको उजुरीमा उल्लेख गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय महेन्द्रनगरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले जिल्ला प्रशासन कार्यालय डडेल्धुरामार्फत प्राप्त उजुरी र अन्य सूचनाका आधारमा सो प्रकरणको विस्तृत छानविन भइरहेको बताए । अनुसन्धानमा सबैको सहयोग पाइएमा दोषीहरु नउम्किने उनको भनाइ छ । मुक्त हलियाका नाममा प्राप्त अनुदान रकममा कमिसन लिएको प्रकरणमा निकै नाटक भइरहेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । घुस खाएको भन्दै किटानी उजुरी गरेका व्यक्तिहरु उजुरी फिर्ता लिन आग्रह गर्दै पुनः निवदेन दिन थालेका प्रमुख जोशीले जानकारी गराए । डडेल्धुरा जिल्लामा कूल दुई हजार ५५१ जना मुक्त हलिया छन् । जसमध्ये एक हजार ८९५ जना प्रमाणीकरण भइसकेका छन् । मुक्त हलिया परिवारलाई जग्गा खरिदका लागि रु दुई लाख, घर मर्मत सम्भारका लागि रु एक लाख २५ हजार र घर निर्माणका लागि रु तीन लाख २५ हजार अनुदान उपलब्ध गराइने मालपोत कार्यालय डडेल्धुराले जनाएको छ । आर्थिक वर्ष २०७१/७२ बाट कार्यान्वयन भइरहेको मुक्तहलिया पुनःस्थापना कार्यक्रममार्फत पहिलो वर्ष घर निर्माणका लागि २८, घर मर्मतसम्भारका लागि २० र जग्गा खरिदका लागि १५ जनाले अनुदान प्राप्त गरेका थिए भने आव २०७२/७३ मा जग्गा खरिदका लागि १५, घर निर्माणका लागि ३० र घर मर्मतका लागि ४० जनाले अनुदान प्राप्त गरेका थिए । यसैगरी आव २०७३/७४ मा जग्गा खरिदका लागि ६८, घर निर्माणका लागि २३ र घर मर्मतका लागि ७२ जनाले अनुदान प्राप्त गरेका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies