Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

यी हुन् उत्कृष्ट १० ब्याट्मेन, नम्बर १ मा विराट कोहली

काठमाडौं। भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली आइसीसी विश्व वरियताको शीर्ष स्थानमा पुग्न सफल भएका छन् । हालै इंल्याण्ड भ्रमणमा भएको खेलमा कोहलीको उत्कृष्ट प्रदर्शनले उनी आइसीसी विश्व वरियताको शीर्ष स्थानमा पुग्न सफल भएका हुन् । यही प्रतियोगितामा उत्कृष्ट बलिङ गरेका भारतीय युवा स्पिन बलर कुलदीप यादवलाई पहिलो पटक टप टेन बलरको सूचीमा पुगेका छन्। भारतले इंल्याण्डसँग सिरिज २ १ ले हारे पनि खेलिएका तीन वानडेमा विराटले ७५, ४५ र ७१ रन बनाउँदै उक्त्कृष्ट पारी खेलेका थिए। तीन खेलबाट १९१ रन बनाएका उनको औषत रन ६३।६६ रहेको छ। यसैको सहयोगले विराटलाई वान डे ब्याटिङ र्‍याङ्किङमा नम्बर एक बनाएको छ। सँगै उनले आफ्नो करियरकै सबैभन्दा उत्कृष्ट अंक ९११ पाएका छन्। विराटले एकदिवसीय वरियतामा आफूलाई झन बढी मजबुत बनाउँदै करिअरकै सर्वश्रेष्ठ ९ सय ११ अंक हात पार्ने क्रममा एकदिवसीय वरियतामा आफूलाई बलियो स्थितिमा पुर्‍याएका हुन्। यसअघि एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै अंक अस्ट्रेलियाका डिन जोन्सको नाममा थियो। जोन्सले १९९१ मा ९ सय १८ अंक बटुलेका थिए। एकदिवसीयमा इङ्ल्यान्ड १ सय २७ अंकसहित शीर्ष स्थानमा छ। भारत एक अंकले इङ्ल्यान्डभन्दा तल छ। भारत १ सय २१ अंकका साथ दोस्रो स्थानमा छ। चाइनामेन कुलदीप यादव पहिलो पल्ट एकदिवसीयको शीर्ष १० स्थानभित्र प्रवेश गर्न सफल भएका हुन्। सूचीको दोस्रो स्थानमा इंग्ल्याडका लागि निर्णायक खेलमा सतक प्रहार गरेका जोय रूट छन्। रूटले लर्ड्समा ११३ रनको उत्कृष्ट पारी खेलेका थिए। यसै प्रतियोगिताबाट उनी छैठौ स्थानबाट एकै पटक दोस्रो स्थानमा फड्को मारेका हुन्। रूटको कुल अंक ८१८ छ। यस्तै तेस्रो स्थानमा पाकिस्तानी खेलाडी बाबर अजाम छन्। तेस्रो स्थानमा रहेका अष्ट्रेलियाका डेविड वार्नर तेस्रो स्थानबाट पाँचौमा धकेलिएका छन्। चौथो स्थानमा रोहित शर्मा छन् भने न्यूजीलैंडका रस ट्रेलर छैठौं स्थानमा छन्। यस्तै बलिङतर्फ जसप्रित बुमराह ७७५ अंकसहित शीर्ष स्थानमा यथावत छन्। अफगानी स्पिनर राशिद खान ७६३ अंकसहित दोस्रो स्थानमा रहँदा पाकिस्तानी बलर हसन अली ७५० अंकसहित तेस्रो स्थानमा छन्। इंग्ल्याण्ड भ्रमणमा उत्कृष्ट प्रदर्शन गरेका कुलदीप यादव ६८४ अंकसहित छैठौं स्थानमा आएका छन्। उनी पहिलो पटक आइसिसि विश्व बलिङ र्‍याङ्किङमा टप टेन भित्र परेका हुन्। यस्तै चौथो स्थानमा न्यूजिल्याण्डका ट्रेन्ड बोल्ट र पाँचौ स्थानमा अष्ट्रेलियाका जोश हेजलवुड छन्। यी हुन् उत्कृष्ट १० ब्याट्मेन १. विराट कोहली २. जोए रूट ३. बाबर आजम ४. रोहित शर्मा ५. डेविड वार्नर ६. रोस टेलर ७. क्विटन डे कक ८. फाफ डुप्लेसी ९. केन विलियम्सन १०. शिखर धवन बलिङमा उत्कृष्ट कोको रु हेर्नुस्( १. जसप्रीत बुमराह २. राशिद खान ३. हसन अली ४. ट्रेन्ट बोल्ट ५. जोश हेजलवुड ६. कुलदीप यादव ७. इमरान ताहिर ८. आदिल रशीद ९. कगिसो रबाडा १०. युजवेन्द्र चहल -एजेन्सी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies