Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

कामपालाई करदातामैत्री बनाउन अभियान

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले औपचारिक शिक्षालाई व्यावहारिक बनाउन र राजस्व प्रशासन करदातामैत्री बनाउन अभियान शुरु गरेको छ । यसै आर्थिक वर्षको शुरुवातसँगै राजस्व प्रशासनलाई करदातामैत्री बनाउन कामपाले अभियान थालेको हो । यसका लागि जनप्रतिनिधि र कर्मचारीका लागि अभिमुखीकरण शुरुवात बुधबारदेखि भइसकेको छ । प्रत्येक जनप्रतिनिधिलाई यस किसिमको अभियानमा सहभागी गराएर सम्बन्धित वडाका नगरवासीलाई जानकारी गराउनुपर्नेछ । त्यसैले शुरुवातको समयमा प्रशासनका कर्मचारी र जनप्रतिनिधिलाई यस अभियानमा सहभागी गराइएको छ । बुधबार अभियानको शुभारम्भ गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नगरसभाबाट स्वीकृत विधेयकका व्यवस्थाका विषयमा जनप्रतिनिधि र कर्मचारीका बीच एउटै बुझाई हुन आवश्यक रहेकाले अभियान शुरु गरेको जानकारी दिए । नगरसभाले आव २०७५/०७६ का लागि स्वीकृत गरेको आर्थिक विधेयकको व्यवस्थाका विषयमा जनप्रतिनिधि र कर्मचारीका बीच द्विविधा उत्पन्न नहोस् भन्ने उद्देश्यले अभिमुखीकरण शुरुवात गरिएको पनि प्रमुख शाक्यले जानकारी दिए । कामपाका उपप्रमुख हरिप्रभा खड्गीले नागरिकलाई सम्बन्धित शीर्षकमा कर तिर्नका लागि जिम्मेवार बनाउन र लिएको कर खर्च भएको शीर्षक देखाउन पनि यस्ता अभियानको आवश्यकता परेको धारणा राखे । महानगरले ठूलो संख्यामा एकैपटक तथा सानो सानो समूहमा गरी पटकपटक अभिमुखीकरण गरेर राजस्व प्रशासनलाई मजबुत बनाउने लक्ष्य राखेको छ । विगतका ऐन र कानूनी व्यवस्थालाई विस्थापित गर्दै नयाँ व्यवस्था शुरुवात भएकाले पनि यस प्रकारको कार्यक्रमको आवश्यकता देखिएको कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी गराए । अभियानमा जनप्रतिनिधि कामपाका कर्मचारी र व्यवस्थापन विषयमा अध्ययनरत विद्यार्थी सहभागी रहेका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies