Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

तीन दिनदेखि पुरिएको बस अझै माटैमुनी

रोल्पा।  रोल्पाको परिवर्तन गाउँपालिका–६ चप्कामा बाटो माथिबाट आएको पहिरोमा पुरिएको यात्रुबाहक बस अझै निकालिएको छैन । दाङको घोराहीबाट शहीदमार्ग हुँदै रुकुमको चुनवाङ जाँदै गरेको ना ४ ख ५०६० नम्बरको सो बस तीन दिन अघि सो स्थानमा पुरिएको थियो । पहिरो झर्ने क्रम अझै नरोकिएकाले बस पुरिएको स्थानमा एस्काभेटर जान नमानेका कारण बस निकाल्न नसकिएको प्रहरीले बताएको छ । बस पुरिएको स्थानमाथिबाट ठूलो ढिस्को खस्ने सम्भावना रहेकाले एस्काभेटर बस पुरिएको स्थानमा जान मानिरहेका छैनन्, जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले भने । मौसममा सुधार आए वा पहिरो झर्न रोकिने बित्तिकै बस निकालेर अवरुद्ध सडक खुलाउने काम गर्छौं फुयाँलले भने । बसमा रहेका यात्रु तथा सामानमा भने कुनै क्षति नभएको बताइएको छ । पहिरो आउनु पूर्व नै यात्रु र सामान निकालिएका कारण भौतिक तथा मानवीय क्षति भएन, प्रहरी नायब उपरीक्षक फुयाँलले भनेृ । पहिरो झर्ने क्रम अझै रोकिएको छैन भने पहिरो बगेर नजिकै रहेको सविता पुनको गोठमा समेत क्षति पुगेको छ, प्रहरी नायब उपरीक्षक फुयाँलले भने । सोही पहिरोका कारण सडक अवरुद्ध हुँदा जिल्ला सदरमुकाम लिवाङ, दाङ तथा काठमाडौँबाट उत्तरी रोल्पाको थवाङ, मिरुल, कुरेली, इरिवाङ र रुकुमको चुनवाङतर्फ चल्ने कुनै पनि सवारीसाधन चल्न नसक्दा हजारौँ यात्रु विचल्ली परेका छन् । साउने संक्रान्ति मान्न हिँडेका धेरै यात्रु विचल्ली परेको बताइएको छ । केही दिनयता परेको अविरल वर्षात्का कारण जिल्लाका दर्जनौँ भित्री सडकसमेत पहिरो खसेर अवरुद्ध भएका छन् । सदरमुकाम लिवाङबाट ह्वामा, धवाङ, जंकोट, कोर्चवाङ, जेद्वाङतर्फ चल्ने सडक अवरुद्ध भएको जलजला यातायात प्रालिका अध्यक्ष नन्दबहादुर पुनले जानकारी दिए । पूर्वी रोल्पाका विभिन्न स्थानमा चल्ने सवारीसाधनसमेत अवरुद्ध भएको बताइएको छ । सुलिचौरबाट गाम, फगाम तथा थवाङ जाने सडकसमेत अवरुद्ध भएका कारण यात्रुलाई गन्तव्यमा पु¥याउन समस्या भइरहेको जलजला यातायात व्यवसायी समिति रोल्पाका प्रशासन इञ्चार्ज यज्ञश्वर आचार्यले जानकारी दिए । व्यवस्थित इञ्जिनियरिङ डिजाइन बिना उपभोक्ता समितिले आफूखुशी बनाएका सडकका कारण सामान्य वर्षात् हुँदा पनि बाटो अवरुद्ध हुने गरेको जिल्लावासीले गुनासो गरेका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies